LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियाले विछिप्त पारेको मन

बिमल सिटौला

आजभोलि काजि हतासिदै काम गर्ने ठाऊमा ठिग्रिगं पुगेर उभिन्छ l मात्र र मनमनै याचना गर्छ, सकेसम्म ऊसैले अह्याईदियोस आजको काम पनि ।नत्र त हिजो अस्तीको जस्तै कोकोहोलो मचिन्छ यहाँ ।सारा कामदारहरु छिनभरमै भेला हुन्छन गाउँमा अकस्मिक बस्ने कचढि जस्तै ,र तथानाम गालिका बर्षा बर्षाऊछन ।
एऊटाले भन्छ ,"के भो?"
अर्को आईपुग्छ र सोध्छ ,"आज पनि त्यस्तै गर्यो ?"
अर्को आईपुग्छ ,आईपुग्न साथ अपचिलो शब्दले वाण हान्छ ,"ए कुकुर !राम्ररि गर्दैनस्?
तलाई नेपाल पठाईदिन्छु।बिचार गर कुकुर!"
फेरि अर्को आउछ र ओठ लेप्र्याउदै आखाँ तर्छ ।
अर्को आउछ ,नमज्जाले चिढिन्छ र भुनभुनिन्छ ।
अर्को आउछ,सोझै थर्कमान बनाउछ।यसैगरि आउने लहर जारि रहन्छ।काजि निष्प्रभ र अवाक भई लुरुक्क पर्छ।छिनभरमै ओठ सुख्खा हुन्छन र निमेशमै कलेटि पर्छन।ऊसलाई थुक निल्न पनि हम्मेहम्मे पर्छ।घाटिमा अकास्मत खडेरि लाग्छ ।ऊ जब्बरजस्ति घुटुक्क थुक निल्दै शिर निहुराऊछ।मानौ शिर निहुराउनु ऊसको दैनिकि जस्तै हो। क्षणभरमै भएजति सबै काम छाडि टाकान टुकुन टुप्लुक्क आईपुग्छन।आए मात्र त हुने हो नि।हरेकले केहि न केहि बोकेर आऊछन र काजितिर नमज्जाले हुत्याउछन अनि जान्छन ।देखाउनेलाई यति नै खेर बडेमान भई देखाउनु पर्या हुन्छ।पर्नेलाई यतिखेरै खपिनसक्नु हुन्छ।आखिरमा त्यस्तो जघन्य कसुर भएको भने केहि नै हुदैन।नबिन कामदार भएकाले थोरै तलको माथि भएको हुन्छ।तलको माथि भएपछि माथिको पनि तल भएको हुन्छ ।हात बस्दै छ ।मगज चल्दैछ।अझँ भनौ ,काजिका ईन्द्रियहरु सबै तल्लिन छन ।यस्तै त हो सिकाईमा।एकैचोटि सबै कहाँ सिकिन्छ र ?तर काजिको मनले लगातार एकोहोरो गुनासो पोखिरहन्छ ।परिणामस्वरुप कहिलेकाहि अन्तस्करणबाटै बल गलाएर ओठ खोल्ने  चेष्टा पनि गर्छ।अफसोच ,यहाँका मानिसहरुले ज्यान जाला कहिल्यै बुझेनन र सुनेनन ऊसको कुरो। एकैचोटिमा सबै सिक्नुपर्छ रे !नत्र हुदैन रे !काजिलाई छिनछिनमा झ्वाक चल्छ र फेरि बुझाउने प्रयत्न गर्छ।तर बुझाऊन लगातार असफल हुन्छ ।एकमनले त ऊसलाई यस्तो लाग्छ,यिनिहरु त बुझ्नै चाहदैनन।किनकि यिनिहरु काम भन्दा बढि गसिप रुचाउँछन।अर्काको चियो र चर्चो गर्न पाउँदा रमाउछन र दैनिक प्राय यसै गरिरहन मन पराऊछन ।अर्काको प्रत्यक्ष र अप्रतक्क्ष रुपमा खिल्ली उडाउँछन ।अर्काको कमि कमजोरिको फाईदा बढुल्छन र आफु चै सधैभरि पानि माथिको ओभानो हुने यत्न गरिरहन्छन ।गजब छैन त दुनिया ?
एकाध महिना गुज्रिदैछ काजिको आगमन।शुरुताकामा करुणारुपि सिकाईको माध्यमबाट सिक्न सुरु गरेको उसले आजका दिनमा सिकाई प्रकिया ठिक बिपरित ध्रुबमा छ ।ऊ आफै पनि आश्चर्यमा छ ।हकार्दै र थर्काऊदै सिकाउने प्रकृयाले झिनो सिक्नु त के ,उल्टै सिकेको पनि झिनो स्मृतिमा छैन ऊसलाई।तरपनि हरेक दिन सिक्ने र सिकाउने क्रम चलिरहेछ ।सोध्ने र रिसाउने क्रम पनि चलिरहेछ ।त्यस्तै पुन सोध्ने र सातो लिने क्रम पनि रोकिएको छैन।कहिलेसम्म हो,अत्तोपत्तो छैन अर्थात काजि भिरमा फलेको फर्सिजस्तै भाछ।परिणाममा ऊ सुस्तरि मानसिक रुपमा कमजोर हुदै छ।मनोबलमा पुरै ह्रास आएको छ ।कुनै आवाज सुन्न साथ तर्सिने र झस्किने रोगजस्तै लागेको छ।अबिछिन्न चोईटिदै र चर्किदै हजारचोटि भाचिएको ऊसको मन अब थाम्न र समाल्न हम्मेहम्मे भाछ । खुकेर खण्डहर सरह भएको छ। ।छुने बित्तिकै मुजुक्क पर्ने बनस्पति जस्तै भाछ,कुनै आबाजको दायरामा पर्नै हुदैन।सुतेपछि भोलिको कामको तनाबले भतभति छाति पोल्छ ।पोलेको छातिले सम्पुर्ण शरिरलाई तताऊछ।त्यहि तातो रापमा निदाउने चेष्टा गर्छ ऊ।बिचरो कति सुतोस मध्यरातमा ?फेरि सुतेपनि देखिने दृष्यहरु तीनै हुन, जुन प्रतिदिन भोगिन्छ। "अरे !दिन हो कि रात ?रात हो कि दिन ?"ऊ छिनछिनमा झुक्किन्छ र आत्तिन्छ।अब के गर्ने ?कसलाई भन्ने ?कसले बुझ्छ मेरो मर्म?साथिलाई भनु?फेरि कायर ठान्दो हो।बेकामे ठान्दो हो।अरुलाई सुनाउदो हो।खिल्लि उडाऊदो हो ।घरमा भनु ?बुढा बा-आमा रातदिन चिन्तित हुदाँ हुन।आमाले त फर्कि भन्दि हुन।कुन चेहरा लिएर फर्कनु म दुई महिनामै?बुढीलाई भनु ?धुरुधुरु रुदि हो।पिडामा विह्वल हुदि हो।बोल्नै नसक्दि हो।दाजुलाई भनु ?बोलचाल छैन ।अन्यलाई भनु ?अन्य कसलाई ?कसलाई भन्ने ?काजि यस्तै दोसाधमा विचलित छ।बेचैनको प्रसब पिडामा छटपटाईरहेछ ।मझँधारमा परिरहेछ।गहिरो भासमा भासिरहेछ।देश छाडेर कोरिया आएको केहि महिनामै उसको सोचाईमा कायापलट आएको छ।जिबनशैलिमा उथलपुथल भएको छ।लाग्दछ ,मनोदशा बिग्रिएका छन ।सपनाहरु चकनाचुर भएका छन।काजि पागल जस्तै भा'छ।पागलजस्तै पागल ।पागल ।

प्रकाशित मिति : २०७४ कार्तिक २० (November 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

• नेपाली याेङ्मुदो खेलाडी टोलि कोरियामा

• कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै

• दूतावासद्धारा गर्भनर डां चिरञ्जीवि नेपालसँगको अन्र्तक्रिया कार्यक्रमको आयोजना, उपस्थितिका लागि सम्पुर्ण नेपालीलाई आह्वान

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भनेपालीबाटै पिडित छन कोरियामा नेपाली बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal