कोरियाको रोजगारीमा १ सय १३ नेपालीको मृत्यु

निकुञ्ज तिवारी

नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म १ सय १३ जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा सबैभन्दा धेरै २२ जनाको विभिन्न कारण मृत्यु भएको थियो भने २०१६ मा २० जनाको मृत्यु भएको छ ।

सन् २०१६ मा ७ जना नेपालीले कोरियामा आत्महत्या गरे । त्यस्तै, कम्पनीमा भएको दुर्घटनामा ५ जनाको ज्यान गयो । सुतेकै अवस्थामा ४ जनाको निधन भयो । हृदयघातका कारण एक जनाको मृत्यु भयो । २ जनाले सडक दुर्घटनामा ज्यान गुमाए भने १ जनाको बिरामी भएका कारण मृत्यु भयो ।

आत्महत्या
४ वर्षअगाडि स्याङ्जा पञ्चमूलबाट कोरिया आएका गनेशराज चापागाईं (२४) ले फेब्रुअरी १७ को राति आत्महत्या गरे । उनले कम्पनी नजिकैको रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।

२ वर्षअगाडि कोरिया आएका गुल्मी अर्खलेका विजय खत्रीले कम्पनीको क्वार्टरमा झुण्डिएर आत्महत्या गरे । मार्च ६ तारिख दिउँसोपख मृत भेटिएका उनी ख्वान्जुस्थित टेक्स्टाइल कम्पनीमा कार्यरत थिए ।

९ महिनाअगाडि कोरिया आएका कञ्चनपुरका मोहनसिंह बुढापाल (३४) ले कम्पनीको बिममा झुण्डिएर आत्महत्या गरे । मार्च ६ तारिख आइतबार मृत भेटिएका उनी आन्सानस्थित एक फलाम कम्पनीमा कार्यरत थिए ।

उता, यान्फ्याङस्थित फर्निचर कम्पनीमा कार्यरत २८ वर्षीय गोविन्द कँडेलले कम्पनीको स्टोर रुममा पासो लगाई आत्महत्या गरे । ३५ महिनाअगाडि कोरिया आएका कँडेलले मे १८ मा किन आत्महत्या गरे भन्नेबारेमा खुल्न सकेन ।

भोजपुरका ४३ वर्षीय लोकबहादुर राई झुण्डिएको अवस्थामा मृत भेटिए । मे २० तारिखको रात उनी झुण्डिएका थिए ।

सेप्टेम्बर २० मा दक्षिण कोरियाको राजधानी सउलमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका मनोज डाँगी मृत भेटिए । कोरियामा लामो समयदेखि व्यवसाय गर्दै आएका डाँगी नेपाली साहित्यमा पनि कलम चलाउँदै आइरहेका थिए ।

अक्टोबर ३ सोमबार बिहान ३० वर्षीय नारायण पाण्डेले कम्पनीको गोदाममा बिजुलीको तारले पासो लगाई आत्महत्या गरे । गुल्मी लुम्पेक घर भएका पाण्डे ४ महिनाअगाडि कृषि भिसामा ईपीएसमार्फत आएका थिए ।

कम्पनी दुर्घटना
कुखुराको मासु काट्ने कम्पनीमा कार्यरत गोरखा बक्रामकी २९ वर्षीया सिर्जना पन्त कार्कीको ज्यान गयो । मे ६ शुक्रबार साँझ करिब ५ बजे काम सकिने बेला मेसिनमा च्यापिएर उनको मृत्यु भएको बताइएको थियो ।

जुन एक बुधबार पाल्पाका यामबहादुर थापामगरको कम्पनी दुर्घटनामा निधन भयो । ईपीएसमार्फत करिब २३ महिनाअगाडि आएका उनी थेगुस्थित एक पेपर कम्पनीमा कार्यरत थिए ।

ख्वन्जुकोे थेसोस्तिथ थर्मद इन्सुलेसन कम्पनीमा कार्यरत रुपन्देही मण्ग्रिामका ३९ वर्षीय नुभराज भुषालको चलिरहेको मेसिनले च्यापिएर अक्टोबर २९ मा ज्यान गएको हो ।

छल्लानाम्दो ख्वान्जुस्थित एक कम्पनीमा कार्यरत सुर्खेत साटापानीका २४ वर्षीय उत्तम पंगालीको कम्पनी दुर्घटनामा परी डिसेम्बर १३ मा निधन भएको थियो । फारानस्थित एक कम्पनीमा कार्यरत झापाका नविन राई (२३) को कम्पनीको सामान झार्ने क्रममा सोही कम्पनीको ट्रकले ठक्कर दिँदा डिसेम्बर २३ मा मृत्यु भयो ।

सुतेकै अवस्थामा मृत्यु
६ महिनाअगाडि कोरिया आएका बुटवल घर भएका ३४ वर्षीय लोक भट्टटराई मार्च ८ तारिख बिहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । उनी छल्लानाम्दोस्थित एक टमाटर फार्ममा कार्यरत थिए ।

किम्फुस्थित एक सिएन्सी कम्पनीमा कार्यरत पाँचथरका जय राईको सुतेकै अवस्थामा मे १३ का बिहान मृत्यु भयो । उनी एक वर्षअगाडि कोरिया आएका थिए । बागलुङका हिरा पुनको जुन १८ रातमा सुतेकै अवस्थामा मृत्यु भएको भयो । उनी फेन्तेकस्थित एक कम्पनीमा कार्यरत थिए ।

सउलबाट उत्तरतर्फ किम्फोस्थित एक मेटल कम्पनीमा कार्यरत तेह्रथुमका ३४ वर्षीय दुधराम लिम्बुको सेप्टेम्बर १८ को राति सुतेकै अवस्थामा मृत्यु भएको थियो । उनी तीन महिनाअगाडि कोरिया आएका थिए ।

हृदयघात
संखुवासभा मानेभञ्ज्याङका ३४ वर्षीय ठाकुरप्रसाद याम्फु राईको २०१६ जनवरी १० को राति सुतेको अवस्थामा मृत्यु भएको थियो । कोरिया आएको ७ महिनामै उनको मृत्यु भएको थियो । छल्लानाम्दोस्थित एक बंगुर फार्ममा कार्यरत उनको मृत्युको कारण हृदयघात भएको बताइएको थियो ।

सडक दुर्घटना
दक्षिण कोरियाको इन्छनमा मे ५ बिहीबारको रातमा कारले ठक्कर दिँदा ईश्वर गुरुङको घटनास्थलमै निधन भएको थियो । त्यसैगरी, जुलाई ३० मा कार दुर्घटनामा परी पाल्पाका हेमन्त आचार्य (३०) को घटनास्थलमै निधन भएको थियो ।

बिरामी
कोरियन नागरिकसँग विवाह गरी आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको फेब्रुअरी ३ तारिखका दिन निधन भएको थियो । उनको बोनम्यारो अभाव भएपछि सुवनस्थित आजु अस्पतालमा उपचार भइरहेको थियो ।

सन् २०१५ मा ८ जनाले आत्महत्या गरे । कम्पनी दुर्घटनामा ४ जना मारिए । सुतेकै अवस्थामा २ जनाको निधन भयो । हृदयघातका कारण ४ जनाको निधन भयो । ३ जनाको मृत्युको कारण खुल्न सकेन र एक जनाको हत्या भयो ।

दक्षिण कोरियामा रोजगारी र घरजममा आएका २००७ देखि हालसम्म ११३ जना नेपालीको मृत्यु भएको छ । नेपाली दूतावास स्थापना भएयता ४ महिलासहित १११ पुरुषको मृत्यु भएको छ । कोरियामा करिब ४० हजारको हाराहारीमा नेपालीको बसोबास छ । सउलस्थित नेपाली दूतावासका अनुसार सन् २०१४ मा ८ जनाले ज्यान गुमाएका थिए ।

सन् २०१३ मा १८ नेपालीले ज्यान गुमाएका थिए । दूतावासको तथ्यांकमा मृत्युका कारण आत्महत्या, कम्पनी दुर्घटना, हृदयघात, बिरामी र कारण खुल्न नसकेको उल्लेख छ ।

दूतावासको तथ्यांकअनुसार १० वर्षको अवधिमा सुतेकै अवस्थामा मृत्यु हुने र आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । दैनिक कामको ओभरलोड धेरै र सुताइ वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइमात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट, जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् ।

कोरियाको थेगुस्थित थेगु दोङसान अस्पतालमा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशीले भने दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । आत्महत्या डिप्रेसनका कारण गरेको उल्लेख छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको उल्लेख छ ।

त्यस्तै, ज्यान गुमाउनुको मुख्य कारण पारिवारिक तनाव, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन गर्नु र नियमित स्वास्थ जाँच नगाराउनु आदि हुन् ।

प्रकाशित मिति : २०७३ पौष २६ (January 11, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियान

• सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ

• कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउ

• कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट

• कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारी

• उत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका

• भ्रष्टाचारको आरोप लागेका सामसङ इलोक्ट्रिनिक्सका उपाध्यक्ष माथि फेरी अर्को बयान

• अमेरिकी राष्ट्रपति ट्रपलाई उत्तर कोरियाले दियो कडा जवाफ, पुर्वी सागरबाट गर्यो बिहानै मिसाइल परिक्षण

• कोरियामा प्रबासी मजदुरको आँखा रसाउने दुखद घटनाको दशौँ बर्ष पुरा ,मजदुर युनियन द्वारा सप्ताह ब्यापी कार्यक्रम

• दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपतिको लोकप्रियता बढ्दो

• कोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनु

• कोरियामा एक पछी अर्को रोगको संक्रमण , फेरी देखापर्यो गाइ वाट सर्ने रोगको महामारी

• कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा

• कोरिया र जापानबीच कुटनीतिक तनाब ल्याइदिने एउटा त्यस्तो सालिक, जुन बुसानमा छ ।

• त्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरी

• कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु

• कोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ

• कोरियाको सरकारी टेलिभिजनको मूल्यांकन समितिमा डा. राजेशचन्द्र जोशी

• बान की मुन दक्षिण कोरियाको राष्ट्रपति पदमा नउठ्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियानसामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटकोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीउत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटबिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Santalal Tamang Santalal Tamang
Date of Birth : 01 March, 1994
Address: Lakhanpur-4, Timaldanda
Hometown : Ramechhap
Occupation : writer
Hobbies : littireture and jurnalist
E-mail : sntllmds@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal