कोरियामा नेपालीको काम राम्रो

गोपाल संग्रौला

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया गएका नेपाली कामदारको कार्यसम्पादन राम्रो देखिएको छ । कोरियामा नेपाली कामदारको व्यवहार अन्य १५ राष्ट्रका कामदारको तुलनामा सन्तोषजनक रहेको विभिन्न सुचकांकले देखाएको हो ।

यसैगरी कोरिया कामदार पठाउँदा नेपाल सरकारले अवलम्बन गरेको प्रक्रियासमेत अन्य देशको भन्दा राम्रो छ । नेपाल सरकारले ईपीएस कार्यालय स्थापना गरेर सर्वसुलभ र छिटोछरितो कामदार पठाएपछि कोरिया सरकारले नेपाललाई तीनपटक सम्मानसमेत गरिसकेको छ ।

नेपालले कामदार पठाउने मात्र नभई नेपाली युवाले कोरियाका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेर लगनशील कामदारको सम्मानसमेत पाइसकेका छन् । अन्य १५ देशको तुलनामा कोरियाका एउटै कम्पनीमा लगातार ४ वर्ष १० महिना काम गरेर पुनः प्रवेश पाउने ‘कमिटेट वर्कर’ हरूमा नेपालीको संख्या धेरै छ ।

एउटै रोजगारदातासँग लगातार कार्यअवधिसम्म काम गर्ने विदेशी कामदारलाई कोरियाले पुनः रोजगारीको अवसर खुल्ला गरेको छ । कोरियामा छिटोछरितो कामदार पठाउने मुलुक, कम अवैधानिक र कम लागतको सुचकांकमा नेपाल अग्रस्थानमा छ भने धेरै कामदार पठाउने देशमा नेपाल दोस्रो स्थानमा छ ।

कोरियामा कामदार पठाउँदै आएका १६ राष्ट्रमध्ये अवैधानिक बस्ने विदेशी कामदारको संख्या गणना गर्दा नेपाली सबैभन्दा कम छन् । कोरिया सरकारले कामदार पठाउने देशका अवैधानिक कामदारको संख्या हेरर कोटा थपघट गर्ने गरेको छ । कोरियामा जुन देशका कामदारको अवैधानिक बस्ने संख्या कम छ सोही देशलाई कोटा थप गर्दै आएका कारण नेपाललाई दिने कोटा बढ्दै गइरहेको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले बताए ।

“कोरिया सरकारले यो वर्ष स्वेच्छिक स्वदेश फर्कने विदेशी कामदारलाई पुनः रोजगारीको अवसर दिने जनाएको छ,” उनले भने, “स्वेच्छिक रूपमा फर्केका केही कामदार पुनः कोरिया जाने अवसर बुझ्न आइरहेका छन् ।” यसरी नै शाखाले कोरियामा बसेर फर्केका कामदारलाई पुनः रोजगारीमा जानका लागि ३/३ महिना कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) पनि सञ्चालन भइरहेको जनाएको छ ।

कोरियाले नेपाली कामदार लिन नेपालसँग सन् २००८ देखि श्रम सम्झौता गदै आएको छ । यो श्रम सम्झौता प्रत्येक २ वर्षमा नवीकरण गरिँदै आएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवायुवतीको संख्या बर्सेनि बढ्दै छ ।

कोरिया सरकारले ईपीएस प्रणाली लागू हुनु अघिदेखि नै कामदारको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने गरेका कारण पनि त्यहाँ जाने नेपालीले अन्य देशको तुलनामा राम्रो आम्दानी गर्ने गरेको अधिकृत भण्डारी बताउँछन् ।

प्रकाशित मिति : २०७३ पौष २६ (January 11, 2017)

प्रतिक्रियाहरु


kancha sherpa wrote on 12 January, 2017
Maile 4 time try garda ni naam niskena yesma ma chintit xu
dhan lal mahatara wrote on 11 February, 2017
Hoina nepali le ta korea ma ramro gayra vayeta kotha pani badi aauthyo hola paxillo barsa ma ghaan kotha kam hudai aayeko xa ta yes barsa pani kamai ta hola yo news aanusar ta kotha badnu parnu parne hoina ra .barsa ma 60000 jana manxe lai almaliraheko matra xa

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरिया आएका कृषि प्राबिधिक टोलि भन्छन ,कोरियाको कृषि प्रणाली नेपालमा लागु गर्नु पर्छ

• कोरियामा ६८ प्रतिशत भन्दा धेरै बिदेशी कामदारले दुर्घटना बिमा नपाउने गरेको खुलासा

• कोरियन भाषा परीक्षामा बढि अंक ल्याएका प्राथमिकतामा, स्किल टेष्ट नलिइने

• कोरियामा रहेका धेरै महिला दिदिबहिनिहरुको साथ, सहयोग र समर्थन छ - अन्जु केसी

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुतकोरियामा अर्को दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal