कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गर्ने

लिलु डुम्रे, दक्षिण कोरिया

सिबिटी पास गरि  फर्कने युवाहरुको  संख्या बढेपछि दक्षिण कोरियाले २०१७ का लागि सिबिटी परिक्षा स्थगित गर्ने भएको छ । पुनः प्रवेशका लागि सिबिटी पास गरि प्रतिक्षा सुचीमा धेरै कामदारहरु  रहेकोले यस बर्षका लागि सिबिटी रोक्ने निर्णय गरिएको हो  ।

सिबिटी पास गरेर लामो समय  रोस्टरमा रहेका युवाहरु कोरिया प्रवेश गर्न असमर्थ रहेकोले श्रम मन्त्रालयले इपिएस लागु गरिएका १६ देशमा सिबिटी परिक्षा  रोक्ने निर्णय गरेको हो । सिबिटी पास गरेको  दुइ बर्ष भित्रमा कम्पनीबाट माग नभएको अवस्थामा रोस्टरबाट स्वत नाम हटाउने गरिएको छ । दुइ पटक स्वास्थ्य परिक्षण गरि कामदारहरु प्रतिक्षारत छन ।

तिन बर्ष कोरिया बसेर फर्केकाहरुको लागि २०१३ देखि   सिबिटी परिक्षा प्रणाली शुरु गरिएको थियो । हालसम्म १५ चरणमा सिबिटी परिक्षा भएको छ । इपिएस कार्यलयका दिएको जानकारी अनुसार एक हजार दुइ सय भन्दा  बढी कामदारहरु  वेटिंग लिस्टमा छन । १६ देशमा संचालित सिबिटी परिक्षाबाट पास भएर प्रतिक्षा सुचीमा रहेकाहरुलाई २०१७ मा कोरिया फर्कन अवसर दिने मन्त्रालयको तयारी छ ।

सिबिटी परिक्षा २०१७ को लागि स्थगित गर्ने निर्णयमा मन्त्रालय पुगेपनि मातहतका बिभाग तथा विदेश स्थित इपिएस कार्यलयलाई जानकारी केहि दिन पछि गराउने जनाइएको छ । प्रवाशी मजदुर युनियनका अध्यक्ष उदय राईले   मन्त्रालय तहमा निर्णय भइ परिपत्रको प्रक्रियामा रहेको जानकारी प्राप्त भएको बताए । राइका अनुसार औपचारिक जानकारी एच आर डी कार्यालयलाई पनि हालसम्म  पठाइएको  छैन  ।

इपिएस कार्यालयले सिबिटी रोकिएको आधिकारिक पत्र प्राप्त नभएको जानकारी गराएको छ । इपिएस कार्यालय निर्देशक बाबुराम खतिवडाले सिबिटी परिक्षा २०१७ का लागि स्थगित बारे औपचारिक तथा अनौपचारिक जानकारी नआएको बताए । उनले भने १५ औ चरणको सिबिटी परीक्षा पश्चात १६ औ चरणको परिक्षा संचालन गर्ने नगर्ने बिषयमा जानकारी दिईएको छैन ।

सिबिटी स्थगितको कारणले अवैधानिक नेपाली बढ्नसक्ने प्रति खतिवडाले चिन्ता व्यक्त गरे । बैदेशिक कामदार नीति निर्धारण समितिले नेपालीहरु सबैभन्दा कम गैरकानुनी रुपमा बसेको गत महिना तथ्यांक निकालेको थियो ।  अवैधानिक  नेपाली  कामदारहरु  सात  सय ७३ जना  रहेको  उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०७३ पौष २६ (January 10, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरिया आएका कृषि प्राबिधिक टोलि भन्छन ,कोरियाको कृषि प्रणाली नेपालमा लागु गर्नु पर्छ

• कोरियामा ६८ प्रतिशत भन्दा धेरै बिदेशी कामदारले दुर्घटना बिमा नपाउने गरेको खुलासा

• कोरियन भाषा परीक्षामा बढि अंक ल्याएका प्राथमिकतामा, स्किल टेष्ट नलिइने

• कोरियामा रहेका धेरै महिला दिदिबहिनिहरुको साथ, सहयोग र समर्थन छ - अन्जु केसी

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुतकोरियामा अर्को दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal