LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

'काव्य सुधा' मा न्यानो स्पर्श

हेनेको संवददाता, दक्षिण कोरिया

हिउँको चिसो गम्सा बेरेर बसिरहेको राजधानी सौललाई आईतबार चार युवाकविले आफ्ना कविता सुनाएर न्यायो प्रदान गरे। अन्तर्राष्ट्रिय साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको 'काव्य सुधा' नामक कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ्ग, बोनम प्रताप र यल्जी विवसले आफ्ना उत्कृष्ट पाँच पाँच कविता सुनाए।

अनेसासका उपाध्यक्ष बलदेव भट्टराईको उद्घोषणबाट शुरु भएको कविता वाचनमा कार्यक्रममा संयोजक सरोज सर्वहाराले कार्यक्रमबारे प्रकाश पार्दै अतिथि र कविहरुलाई स्वागत गरेका थिए। काव्यसुधाको पहिलो खण्डमा चार कविहरूले कविता वाचन गरे।

"जहिले देखि थाहा पाएँ,
बक्रा र चिसाङ खोलाभन्दा क्षितिज टाढा छ
जिन्दगी जटिल त्यँही देखि त भएको हो"...
म नि सुन्दर थिएँ नि शिर्षकको कविताबाट बोनम प्रतापले दर्शकबाट वाही वाही पाए। उनले बाउ र फूल, आँशु, फ्ल्यासब्याकमा बूढो मान्छे र ओ समयलाई कमजोर नसम्झ शिर्षकका कविता सुनाए।

"बरु सबैलाई गाएर सुनाईदिनु
बुद्धको एक अन्तरा गीत
र भन्नु तिमीले अरूलाईपनि
हामी जहाँ रहेपनि जति टाढा भएपनि
सबैभन्दा नजिक हुनुपर्छ आमा माटो र देश।"
कवि जीवन खत्रीले आग्रह शिर्षकको यो कविता सुनाईरहँदा उपस्थित सबै भावुक देखिए र आफ्नो देश सम्झिए। उनले अरु थप आमाहरूको गन्थन, एउटा खस्रो चित्र, बालुवाको मरूभूमिबाट र बदला शिर्षकका कविता सुनाए।

"म कुर्सी प्रदान देश,
बेमौसममै आली लाग्छु,
बेमौसममै बाली लाग्छु।"
अर्का कवि प्रमोद सारङ्ग सुनाउँदै थिए, देशको सरकार फेरिरहने विषयलाई व्याङ्ग्य गरेर, म कुर्ची प्रदान देश शिर्षक कविता। उनले पिडाको रंग, आमा र देश, समयपथ, नाथे भोक शिर्षकका कविता पनि वाचन गरे।
लगत्तै यल्जी विवसले समय शिर्षक कविता सुनाए,

म उड्दा, मेरो पखेटा ठोकिन्छ,
यो साँघुरो आकासको भित्तामा।
म बस्दा अण्डा जस्तै फुट्न खोज्छ-
यो कमजोर पृथ्वी...

त्यसपछि उनले काठमाण्डौ, सबै उसैको हो, ज्योती र दुई देश शिर्षक कविता लगातार सुनाए। श्रृङृखलाबद्ध रुपमा सञ्चालन गरिने कव्य सुधा अन्तर्गतको पहिलो कार्यक्रममा कविता वाचन गर्ने चार कवि, प्रम‍ोद सारङ्ग, जीवन खत्री, बोनम प्रताप र यल्जी विवसलाई अनेसास काव्य पुरस्कार - २०१६ समेत प्रदान गरियो।

कार्यक्रममा नेपाली भाषा साहित्यलाई प्रवासमा रहेर पनि निरन्तर योगदान दिएको भन्दै कवि जीवन खत्रीलाई अनेसास देवकोटा पदक, बिनोद एकलभ्यलाई अनेसास साहित्य सम्मान, समाजसेवी जुनु गुरुङलाईलाई अनेसास सम्मान, बिदुर शर्मालाई अनेसास काव्य सम्मान प्रदान गरियो। नेपाली भाषा साहित्यलाई माया गर्ने कविहरूलाई कविता वाचन कार्यक्रम राखेर सम्मान समेत गरेकामा कवि मञ्जु गुरुङ, पत्रकार ऐश्वर्य श्रेष्ठ लगायत अतिथिहरूले खुसी व्यक्त गरे।

कार्यक्रमको दोस्रो खण्डमा जितेन्द्र बानियाँ, विनोद परिवर्तीत, समीर कार्की, पूर्वेली गाउँले, कमल परियार, विनोद एकलभ्य, सरोज सर्वहारा, दिपेन्द्र भट्टराई, डि आर न्यौपाने, गणेश पौड्याल लगायतले कविता, गजल, मुक्तक वाचन गरे। उनीहरूका रचनामा जीवनजगत, देशप्रेम ,प्रवासका पीडा जस्ता समसामयिक परिवेश समावेश थिए ।

अनेसास कोरिया लिङ्ग,जात,भाषा र क्षेत्रको प्रभावबाहिर रहेर साहित्य साधकहरूलाई स्थान र सम्मान गर्दै नेपाली वाङ्मयको सेवामा सधैं समर्पित हुन पाएकोमा खुसी हुदैँ संस्थाका अध्यक्ष्य क्रिस गुल्मेली बाबुले केही महिना भित्रै बिभिन्न देशका नेपाली स्रष्टाहरू बोलाएर कोरियामा नेपाली साहित्यको कुम्भ मेला गर्न लागेको जानकारी दिए। संस्थाले यसअघि पनि थुप्रै साहित्यिक कार्यक्रमहरू गरीसकेको छ।

 

प्रकाशित मिति : २०७३ पौष २५ (January 09, 2017)

सम्बन्धित तस्विरहरु





Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दक्षिण कोरिया आए उत्तर कोरियाली नेता किम जोङ उन

• दुइ कोरियाबीचको सम्बन्धले ऐतिहासिक छलाङ मार्दै, राष्ट्र प्रमूखबीच भोली शिखर वार्ता

• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal