भाषा परीक्षा कम्प्युटर प्रणालीबाट दिने व्यवस्था मिलाउन सुविधा सम्पन्न भवन बनाउने काम शुरु

हेनेको संवददाता

कोरिया सरकारले भाषा परीक्षा कम्प्युटर प्रणालीबाट दिने व्यवस्था मिलाउन नेपाल सरकारलाई सुविधा सम्पन्न भवन बनाउन अनुरोध गरेपछि यसका लागि काम शुरु गरिएको हो । कोरिया सरकारको अनुरोधअनुसार सरकारले ललितपुरको भैंसेपाटीमा सन् २०१८ जुन महिनासम्म भवन बनाई सक्नुपर्ने छ ।

सन् २०१९ देखि कोरियन भाषा परीक्षा कम्प्युटरको माध्यमबाट दिने व्यवस्था मिलाउन कोरियाले नेपाललाई सो अवधीभित्र निर्माण सक्न अनुरोध गरेको ईपीएस शाखा नेपालका अधिकृत शोभाकर भण्डारी जानकारी दिए ।

सरकारले हाललाई ११ करोड रूपैयाँको लगानीमा सुविधा सम्पन्न परीक्षा हल बनाउने र कोरिया पक्षले त्यसका लागि आवश्यक पर्ने डेकोरेसन र परीक्षाका लागि आवश्यक पर्ने सबै कम्प्युटरको व्यवस्था गर्ने जनाएको छ ।

कोरिया सरकारले परीक्षाका लागि आवश्यक गर्ने कम्प्युटर लगायतका प्राविधिक क्षेत्रमा सहयोग गर्ने भएपछि एक सिफ्टमा २०० विद्यार्थीले परीक्षा दिन मिल्ने भवन बनाउन लागिएको हो ।

सन् २०१९ देखि कोरिया सरकारले नयाँ परीक्षार्थीलाई कम्प्युटर बेस टेस (सिबिटी) मा आधारित परीक्षा लिने भएपछि कोरिया सरकारको अनुरोधमा सुविधा सम्पन्न परीक्षा हल बनाइने भएको हो । हालसम्म नयाँ कोरियन भाषा परीक्षार्थीले पेपर बेस टेष्ट (पिबिटी) कागजको माध्यमबाट परीक्षा दिँदै आएका छन् ।

रोजगारीका लागि कोरिया जान प्रत्येक वर्ष ५० हजारभन्दा बढी नेपाली युवायुवती परीक्षामा सहभागी हुँदै आएका छन् । भवन निर्माणपछि बर्षभरी जुनसुकै बेला परीक्षा भइरहने छ । हाल कामदारको आवश्यकता हेरेर कोरियाले वार्षिक रूपमा परीक्षा लिँदै आएको छ । यसरी परीक्षा लिँदा धेरै जनशक्ति, लगानी र समय लाग्दै आएको छ ।

५ महिनाअघि ईपीएस सिबिटी परीक्षा भवन व्यवस्थापन सुझाव कार्यदले एक हप्ता अध्ययन गरेर व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा आयोजना परिसर भैंसेपाटी ललितपुर परिसरमा भवन बनाउन सरकारलाई सुझाव दिएको थियो ।

हाल श्रम विभागको नाममा दर्र्ता रहेको साबिक सैंबु गाविस–२ को जग्गामध्ये पूर्वतर्फ रहेको खाली जग्गा पहिचान गरी भवन बनाउन सरकारलाई कार्यदलले सुझाब दिएको थियो ।
भवन निर्माण कार्यदलले भाषा परीक्षाका लागि आफ्नै भवन बनाउन सके दीर्घकालीन हिसाबले दीगो तथा मितव्ययी हुन सक्ने सुझाव दिएपछि त्यसलाई मनन गरी सरकारले कार्यान्वयन गर्न लागेको हो ।

कार्यदलले सो जग्गामा प्राविधिक दृष्टिले उपयुक्त हुने नहुने भन्ने सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय ललितपुरलाई पत्र लेखि अनुरोध गरेको थियो ।

सो कार्यालयले यसअघि नै माटो परीक्षणसमेत भइसकेको सो खाली जग्गामा मापदण्ड बमोजिम प्रतिसिफ्ट २०० जनासम्मले परीक्षा दिन सक्ने गरी आवश्यक भवन बनाउन उपयुक्त देखिएको जनाएपछि काम अघि बढाइएको हो । सिबिटी हल निर्माण गर्न १० करोड ९७ लाख ७५ हजार ८ सय ७२ रुपियाँ लाग्ने प्रारम्भिक अनुमान र प्रारम्भिक डिजाईनसमेत भइसकेको छ ।

अनुमानित लागत बमोजिमको रकममध्ये ईपिएस कामदारको अभिमुखीकरण तालिम शीर्षकमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटीमा जम्मा भएको ५ करोड रुपियाँसम्म उपलव्ध गराइने भएको छ ।

त्यसैगरी थप ईपिएस कोरिया शाखाको ईपिएस सञ्चालन कोषमा रहेको रकम मध्येबाट ५ करोड ९७ हजार ७५ हजार ८७२  नियमानुसार उपलव्ध गराउन सकिने प्रतिवद्धता प्राप्त भएको ईपीएस शाखाले जनाएको छ । सम्बन्धीत निकायबाट तदारुकताका साथ काम हुने हो भने सन् २०१७ अर्थात् डेढ वर्षभित्र भवन निर्माणको काम सकिने छ ।

प्रकाशित मिति : २०७३ पौष १२ (December 27, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विदेशमा नेपाली कामदारले ज्यान गुमाए परिवारलाई ७ लाख रुपैयाँ: कोरिया जाने कामदारसँग बढी शुल्क असुल गर्ने प्रस्ताव

• तीनसय जना भन्दा धेरै स्कूले बालबालिकाको ज्यान लिएको सेवल जहाज दुर्घटनामा हराइरहेका केहि यात्रुको को अस्तिपंजर फेला

• कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

• कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुम

• कोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो

• रबिन्द्र मिश्रको साझा पार्टीको लागि कोरियामा साझा सद्भाव समुह ख्यान्गीदो गठन

• सामाजिक सञ्जाल सगूनमा लगानी गर्नेमा अमेरिका पछि कोरियाका नेपालीहरु धेरै

• मुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरण

• कोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय बौद्ध मेला शुरु, नेपालको पनि सहभागिता

• कोरिया आएर उर्जा मन्त्रीले भने , जलबिधुतमा लगानी गर्नुस सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ

• रबिन्द्र मिश्रको साझा पार्टी प्रति युवाको आकर्षण किन ?

• अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारी

• उर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा

• कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए

• कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्ने

• कोरियाबाट उर्जामा लागनीको नयाँ बाटो खोलिने, आगामी आइतबार सउलमा उर्जा लगानी सम्मेलन

• कोरियामा राष्ट्रपतिय निर्वाचनको तिथि घोषणा, मे ९ तारिखमा मतदान हुने

• कोरियाको बिरोजगारी दर बिगत ७ बर्ष यताकै उच्च

• कोरियामा साझा पार्टीको साझा सद्भाव समुह गठन गर्न सउलमा बृहत भेला

• कोरिया पुग्ने युवाको संख्या ४३ हजार भन्दा बढी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेकोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुमअनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Sherpa pasang Sherpa pasang
Date of Birth : 20 December, 1987
Address: Ansan
Hometown : Ramechhap
Occupation : Student
Hobbies : Listing music singing dancing n traveling new place.. i am a hunger hunt thats why love too eat
E-mail : Pinasapasang@yahoo.con
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal