LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

आगामी वर्ष कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत ७ हजार १ सय जना नेपालीका लागि कोटा निर्धारण गरिएको छ । जसमध्ये उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ८ सय र कृषि क्षेत्रतर्फ २ हजार ३ सय जना जान पाउनेछन् ।

जेठ २६ र २७ गते हुने भाषा परीक्षामा विद्यार्थीलाई कोरियन भाषा पास गर्ने गरी तयारी गर्नु चुनौतिपूर्ण छ । पहिले पढेर छाडेकाहरुलाई भने पास हुने आशा अली बढी छ । तयारी गरिरहेकाहरु भने उत्साहित छन् ।कोरियन भाषा परीक्षाको चुनौति पार लगाउने उपायसहितका टिप्स यस्ता छन्ः-

१ गतिलो इन्सिच्युट र प्रशिक्षक छान्नुस्

कोरियन भाषा तरिका लगाएएर पढ्ने र सिक्न खोज्नेका लागि यो छिचोल्नै नसकिने पहाड हैन । भाषा सिक्नका लागि कक्षा लिनु त अनिवार्यजस्तै छ । त्यसैले भाषा सिक्दा राम्रो इन्सिच्युट रोज्नु पनि विद्यार्थीको पहिलो बुद्धिमतापूर्ण निर्णय हुन्छ ।

दक्ष भाषा प्रशिक्षक र संस्थाको खोजी गर्नुपर्छ ।इन्सिच्युटमा कस्ता भाषा प्रशिक्षक छन् र यसअघि संस्थाको रिजल्ट कस्तो थियो भनेर सुरुमै खोजी गर्नुपर्छ । तोकिएको पाठ्यक्रममा पढाइ हुन्छ कि हुँदैन भनेर पनि याद गर्नुपर्छ ।

केहीइन्सिच्युटको नियत अहिले कमाउने मात्रै देखिँदा विद्यार्थीको समय र लगानी त्यसैखेर जाने पनि गरेको छ । त्यसैले उत्तम प्रशिक्षक भएको र पढाउँदा बढी प्राक्टिकलमा जोड दिने भाषा सिकाउने केन्द्रको पहिचान गर्नु विद्यार्थीको पहिलो काम हुन्छ । फेरि क्लासकै भरमा मात्रै भाषा परीक्षा पास भइन्छ भन्ने सोचियो भने त्यो मूर्खता हुन्छ । आफ्नो लगनशीलता नै त्यसपछिको मुख्य हतियार हो ।

२ बोल्नुस् , सुन्नुस्, युट्युब हेर्नुस्

कोरियन भाषामा ‘बाह्रखरी’ जस्तै सिक्नु पहिलो चरणको काम हो । त्यसपछि शब्दार्थ घोक्नतर्फ लाग्नुपर्छ । सुरु(सुरुमा शब्दार्थ नघोकी सुखै छैन ।

त्यसपछि भने अडियो सुन्ने र भाषा नै बोल्ने अभ्यास नै कोरियन सिक्ने सबैभन्दा सरल उपाय हो ।

भाषाका शब्दार्थलाई सम्झने वा घोक्नमा धेरै केन्द्रित हुनैपर्छ । कोरियन भाषामा द्वीअर्थी शब्दहरुबारे पनि क्लियर हुनुपर्छ । कक्षामा पढेका विषयलाई बारम्बार दोहोर्‍याएर पढ्नुपर्छ ।

कोरियन भाषाका लागि परीक्षा आउनुअघिको दुई महिना सबैभन्दा महत्वपूर्ण हुन्छ । यो समयमा भाषामा निपुर्ण हुन सकियो भने पास गर्न निकै सहज हुन्छ ।

जुनसुकै समयमा पनि भाषा सिक्ने गरी तारतम्य मिलाउन सक्नुपर्छ । बसमा चढ्दा पनि कोरियन भाषाका मोबाइलमार्फत अडियोहरु सुनेर हिँड्नुपर्छ ।

टीभी हेर्दा पनि कोरियन फिल्महरु हेर्नुपर्छ । यसका लागि इन्टरनेटको पनि प्रयोग गर्न सकिन्छ । युट्युबमा पनि कोरियन भाषा सिक्ने विभिन्न भिडियो तथा अडियोहरु उपलब्ध हुन्छन् । कोरियन फिल्म तथा गीत सुनेर पनि भाषालाई सुधार्न सकिन्छ । अरुका अगाडि बोल्न लजाउनुभयो वा लुकाएर पढेर नै पास गर्छु भन्नुभयो भने तपाईं सफल हुन सक्नुहुन्न ।

तपाईं कोरियन भाषालाई जति धेरै दैनिकीमा प्रयोगमा ल्याउनुहुन्छ त्यो नै तपाईंको पास गर्ने धारिलो हतियार बन्ने छ । यसो गर्दा अरुलाई दिक्क चाहिँ नलागोस् भन्नेमा सचेत भने हुनैपर्छ ।

३ एप प्रयोग गर्नुस्

अहिले स्मार्टफोनमा मोबाइल एप्समार्फत पनि तपाईं कोरियन भाषा सिक्न सक्नुहुन्छ । कोरियन भाषाका विभिन्न एप्सहरु उपलब्ध छन् । त्यसलाई मोबाइलमा डाउनलोड गरेर सिक्न सकिन्छ । सबैभन्दा प्रभावकारी पनि यही नै हुनेछ । किनभने अभ्यासमा लागि यस्ता एप्सहरु निकै उपयोगी हुन्छन् ।

एपहरुमा विभिन्न किसिमका भाषा सिकाइका विधिहरु हुन्छन् । अभ्यासका लागि पनि त्यहाँ प्रशस्तै ‘कन्टेन्ट’ हुन्छन् । रमाइलो गर्दै भाषा सिकिने भएकाले यो गेम खेल्नुजस्तै हुनेछ ।

त्यसैले यस्ता एप डानलोड गर्नुस् र फुर्सदमा यसमा रमाउनुस् । भाषा सिक्न यो निकै उपयोगी हुन्छ ।

४ साथीभाइ र आफन्तको सहयोग लिनुस्

धेरैले कोरियन भाषा परीक्षामा सबैभन्दा अप्ठेरो सुनेर चिन्ह लगाउनुपर्ने परीक्षालाई मान्छन् । पर्याप्त सुन्ने र त्यसलाई मनन गर्ने अभ्यास अत्यावश्यक हुन्छ ।

विशेष गरी उच्चारण ख्याल गर्न नसक्दा धेरै विद्यार्थीहरु यसमा चुक्छन् । तर, विभिन्न माध्यमबाट कोरियन भाषा बोलेको सुनियो र हेरियो भने विस्तारै त्यसमा अभ्यस्त भइन्छ ।

घरमै पटक(पटक परीक्षाको ट्रायल गर्ने गरेमा पनि निकै सहज हुन्छ । भाषा परीक्षाकै तयारी गरिरहेको अर्को साथीसँग पालैपालो भाषा बोल्ने, सुन्ने र परीक्षा दिने अभ्यास गर्नुपर्छ । यसले पनि निकै सहयोग पुग्छ ।

आफ्ना साथी भाइ, आफन्तसँग पनि भेट्दा सकेसम्म कोरियन भाषा बोल्न प्रयास गर्नुपर्छ । यसका लागि साथीभाइ र अन्यको सहयोग पनि माग्न सकिन्छ ।

५ परीक्षाको पूर्वयोजना बनाउनुस्

कोरियन भाषा परीक्षाको पद्दतिबारे पनि तपाईं अपडेट हुनुपर्छ । कुनै कन्फ्युजनहरु छन् भने पहिले नै हटाउनुपर्छ । त्यसैअनुसार तपाईंले परीक्षाको पूर्वयोजना बनाउनुपर्छ ।

कोरियन भाषा परीक्षामा सबै प्रश्न अप्सनसहित हुन्छ । दुई सय अंकको परीक्षामा ५० प्रश्न सोधिन्छ । २५ वटा प्रश्न पढेर र बुझेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।
प्रश्नको र उत्तरका लागि फरक(फरक सीट दिइएको हुन्छ । २५ वटा प्रश्नको भने अडियो सुनेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।

कोरियन भाषा परीक्षाको परीक्षामा ५० प्रश्नको उत्तर ७० मिनेटभित्रै दिनुपर्छ । यही नै सबैभन्दा चुनौतिपूर्ण हुन्छ । तर, धेरैले हतार गरे उत्तर दिने गर्छन् ।

हतारले भन्दा पनि परीक्षामा होसले काम लिनुपर्छ । हतारमा जानेकै प्रश्नको उत्तर पनि गलत भइदिन सक्छ । हतारमा लतारपतार हुन नदिन विद्यार्थी निकै सजग हुनुपर्छ । यसको मतलब डराउने हैन । अत्माविश्वास लिएर चनाखो हुने बानीको विकास गर्नुपर्छ ।

यो परीक्षामा उत्तर लेख्नु नपर्ने भएकाले धेरै हतार गर्नुपर्दैन । तर, समयको ख्याल भने गर्नैपर्छ । चित्र हेरेर र संकेत चिनेर लेख्ने प्रश्नहरुमा विशेष चनाखो हुनुपर्छ । कतिपय अवस्थामा उत्तर निकै सजिलो भए पनि परीक्षार्थीलाई साना कुरामा दिमाख लगाउन लगाइएको हुन्छ । त्यसतर्फ आफूले निकै ध्यान पुर्‍याउनुपर्छ ।

बोल्ने, बुझ्ने, सुन्ने र लगातार अभ्यास गर्नेलाई परीक्षामा कम्तिमा ४५ वटा प्रश्नको उत्तर मिलाउन ठूलो कठिनाइ पर्दैन । तर, यी कुनैमध्ये एउटा पक्षमा मात्रै कमजोर भए परीक्षा बिग्रन सक्छ ।

६ सम्भावित कन्फ्युनलाई अभ्यासले चिर्नुस्

त्यसैले यो भाषा परीक्षाको तयारीलाई ब्यवहारिक बनाउनुपर्छ । कण्ठ गर्नेले मात्रै भाषा परीक्षा पास गर्नै सक्दैन । भाषालाई सुनेर बुझ्ने अनि नहडबडाई उत्तर ‘क्याच’ गर्न सक्नु नै महत्वपूर्ण हुन्छ ।

अर्को महत्वपूर्ण कुरा, परीक्षामा प्रश्नको उत्तरको संरचना र बनोट लगभग एकै प्रकृतिको हुन्छ । विशेष ‘लिसनिङ’मा उस्तै उस्तै उच्चारण भएका शब्दसहित उत्तरहरु राखिन्छ । त्यसले नै परीक्षार्थीलाई धेरै कन्फ्युज गर्छ ।

त्यसैले त्यस्तै मोडलमा सुन्ने र बुझ्ने अभ्यास परीक्षा पूर्व नै मज्जाले गर्नुपर्छ । परीक्षामा हुन सक्ने कन्फ्युजनलाई अभ्यासबाटै चिर्नुपर्छ । यसका लागि भाषा प्रशिक्षकसँग सहयोग माग्न सकिन्छ । आइडिया लिन भाषा गुरुसँग समय माग्ने र पाएको समयमा त्यसलाई भरपुर उपयोग गर्ने गर्नुपर्छ ।

एउटै प्रश्नमा धेरैबेर अल्भिmनु पनि उपयुक्त हुँदैन । पछि समयको अभावले जानेको प्रश्नको उत्तर पनि बिग्रने खतरा हुन्छ ।

७ चिटिङको मानसिकता त्याग्नुस्

भाषा परीक्षामा छेउछाउमा बसेकाबाट चिटिङ गर्छु भन्ने मानसिकताले फेल मात्रै गराउँछ । कुनैपनि तरिकाले चिटिङ गर्छु भन्ने सोच्नुभएको छ भने त्यसलाई त्याग गर्नुभए हुन्छ ।

कोरियाकै मानव संशाधन विभागले परीक्षामा सीट सेटिङ गर्छ । एउटै ‘रो’ र बेञ्चमा बसेकालाई पनि प्रश्न नम्बर फरक(फरक पारेर प्रश्नपत्र वितरण गरिएको हुन्छ ।

समग्रमा एउटै प्रश्नहरु राखिए पनि प्रश्न नम्बरहरु फरक(फरक राखिएको हुन्छ । परीक्षामा पनि निकै कसिलो ब्यवस्थापन गरिएको हुन्छ । त्यसैले चिटिङको कुनै सम्भावना नै हुँदैन । यसैलाई आत्मसात गरेर परीक्षाको तयारी गर्नुपर्छ ।

कोरियाले कम्प्युटर प्रणालीबाट कपी जाँच्ने भएकाले कसैलाई आर्थिक प्रलोभनमा पारेर भाषा परीक्षा पास हुन सकिँदैन ।

८ काम र पढाइ नछाड्नुस्, ब्यवस्थापन गर्नुस्

भाषा परीक्षामा अहिलेसम्मको नतिजालाई केलाउने हो भने २३ देखि ३० वर्षसम्मका युवाले बढी भाषा परीक्षा पास गर्न सकका छन् । कुनै समयमा थोरै प्रश्न मिलाए पनि पास हुने अवस्था थियो । अहिले भने त्यो अवस्था फिटिक्कै छैन । त्यसैले तयारीलाई बेतोड गर्नुपर्छ । भाषा परीक्षा पास गर्ने धुनमा सबैथोक छाडेर लाग्नुपनि उपयुक्त होइन ।

भाषा परीक्षा पास भएका सबैले कोरिया जान पाउँदैनन् । त्यसैले आफ्नो काम र पढाईलाई ब्यवस्थापन गर्दै भाषा बढ्नुपर्छ । यसलाई छाडेर पढ्ने धेरैले पछि भिसा नआउँदा समस्या भोगेका छन् ।

लगातारको मिहेनत त पास हुनका लागि लागि आवश्य पर्छ नै, तर बुद्धिमतापूर्ण रुपमा भाषाको अभ्यास गर्ने र दैनिकीलाई नै सिक्ने अवसर बनाउने सीप भएकाहरुलाई पास गर्न बिघ्न अप्ठेरो पर्नेछैन ।

परीक्षाको तयारी गर्ने सबैलाई शुभकामना ।

प्रकाशित मिति : २०७५ वैशाख १३ (April 26, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal