LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले कामदारको हकहितका लागि संकलित रकमबाट गाडी खरिद गरेको छ । उक्त शाखाले एक थान सवारी साधन हुदाहुदै राष्ट्रिय योजना आयोगबाट कार्यक्रम स्वीकृति समेत नगराई थप एक थान स्कारपियो जिप खरिद गरी ५६ लाख ६० हजार खर्च लेखेको महालेखापरीक्षकको कार्यालयद्वारा पछिल्लोपटक जारी प्रतिवेदनमा उल्लेख छ । उक्त जिप महानिर्देशकको प्रयोजनका लागि खरिद गरिएको बताइएको छ । तर कामदारको हकहितका लागि संकलित रकमबाट सम्बन्धित निकायका लागि सवारीसाधन खरिद गर्न नमिल्ने महालेखापरीक्षकको कार्यालयले जनाएको छ । त्यस्तै पोशाक खरिदमा समेत अनियामितता गरेको पाइएको छ ।

इपिएस शाखाबाट ७ हजार ४ सय ६६ जनालाई ज्याकेट र टोपी वितरण भएको देखिएको छ तर प्रवेशाज्ञा शुल्क बुझाउने तथा ज्याकेट र टोपी लिने कामदार संख्या १ हजार ३ सय ७७ जना बढी देखिएको छ । प्रवेशाज्ञा प्राप्त कामदारभन्दा १ हजार ३ सय ७७ जना बढीलाई बुझाइ खर्च देखाएको र प्रतिव्यक्ति ४ हजार ८ सय ६२ का दरले ६६ लाख ९५ हजार फरक परेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कोरियामा जाने कामदारका लागि आर्थिक वर्ष २०७२/७३ मा ज्याकेट तथा टोपी खरिद गर्न १ करोड ३२ लाख ६१ हजार लागत अनुमान तयार गरी बोलपत्र आवाहृन गर्दा घटी अंक कबोल गर्ने एक आपूर्तिकर्ताको १ करोड २५ लाख ७७ हजार बोलपत्र स्वीकृत भएकोमा १ करोड ४३ लाख ७३ हजार भुक्तानी भएको देखिएकाले १७ लाख ९६ हजार बढी भुक्तानी भएको पाइएको हो ।

आर्थिक वर्ष २०७३/७४ देखि कोरिया जाने कामदारले भिसा शुल्कवापत प्रतिव्यक्ति ६ हजार कामदरले ६ हजार ८९ जनाको प्राप्त भएकामा ६ हजार ४१ जनाको ३ करोड ६२ लाख ४६ हजार कोरियन दूतावास काठमाडौंलाई बुझाएको र ४८ जनाको ३६ लाख ५३ हजार दूतावासलाई भुक्तानी हुन बाँकी देखिएको छ ।

इपिएस प्रणालीमार्फत् कोरिया जाने नेपाली कामदारको संख्या सन् २००८ मा २ हजार ८ सय १४ रहेकामा सन् २०१७ सेप्टेम्बरसम्ममा यो संख्या ४८ हजार ४८८ पुगेको छ । सोमध्ये महिला ३ हजार ३१ र पुरुष कामदार ४५ हजार ४ सय ५७ रहेका छन् । कोरिया जाने कामदारमध्ये पूर्ण अवधि कोरियामा काम गरेका र बीचैमा काम छोडी स्वदेश फर्किएकाको अभिलेख छैन ।

कोरिया जाने कामदारमध्ये कार्यालयको अभिलेखअनुसार सन् २०१७ सेप्टेम्बरसम्ममा ७८ कामदारको मृत्यु भएको देखिएको छ । मुत्यु भएकामध्ये १६ ले आत्महत्या, १७ सुतेकै अवस्थामा मृत्यु, ९ कार्यस्थलमा दुर्घटना तथा तेस्रो पक्षबाट भएको हत्यालगायतका अन्य कारणबाट ३६ को मृत्यु भएको देखिएको छ । मृत्युको मुख्य कारणमा जोखिमपूर्ण काम, सहकर्मी तथा रोजगारदाताबाट हुने दुव्र्यवहार, कम्पनी परिवर्तन गर्न नपाउने प्रावधान, शैक्षिक योग्यता र कामको बेमेल रहेका छन् । मलेसिया तथा खाडी मुलुकमा समेत सोही अवस्था छ । नागरिकको संरक्षण गर्नुपर्ने जिम्मेवारी सरकारको पनि भएकाले कामदारको कार्य अवस्था, रोजगारी र जीवनको सुरक्षाका सम्बन्धमा नियमित अनुगमन गरी कामदारको आत्मसम्मानमा वृद्धि गर्ने सूचकको पहिचान र प्रयोग गरी वैदेशिक रोजगारलाई सुरक्षित गर्नुपर्नेमा महालेखाले जोड दिएको छ ।

सरकारले एक सय १० देशमा वैदेशिक रोजगारीका लागि पठाउन खुल्ला गरेकोमा हाल इराक र लिबिया रोक्का रहेको छ । आर्थिक वर्ष २०७१÷७२ मा ७ लाख ३ हजार ८३० जना, आर्थिक वर्ष २०७२÷०७३ मा ६ लाख ४२ हजार ५ सय ७७ जना र आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ४३ हजार १६५ व्यक्ति रोजगारीका लागि विदेशमा गएको प्रतिवदेनमा उल्लेख छ । रोजगारीका लागि एक सय आठ राष्ट्र खुला गरेकामा २०७३÷७४ मा पाँच राष्ट्रमा रोजगारीका लागि नगएको, पाँच राष्ट्रमा ५० जना, चार राष्ट्रमा एक सयजना, ६ राष्ट्रमा एक हजार, ४ राष्ट्रमा पाँच हजार रोजगारीका लागि गएको देखिएको छ । वार्षिक ५० हजारभन्दा माथि रोजगारीमा जाने देशको संख्या चार रहेको छ ।

वैदेशिक रोजगारीका सम्बन्धमा राजदूतावासमार्फत् सम्भाव्यता र उपयुक्तताको जानकारी लिई रोजगारीमा जाने व्यक्ति तथा व्यवसाय सञ्चालकलाई जानकारी दिने र अभिमुखीकरण गर्ने तथा सिपयुक्त एवं पेसागत जनशक्तिमार्फत् वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्ने महालेखाको सुझाव रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम इजाजत प्रदान गर्न तथा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कामदार पठाउन पूर्व तथा अन्तिम स्वीकृति दिन विभागअन्तर्गत काठमाडौं कार्यालय, मलेसिया शाखा, साउदी अरब शाखा, कतार शाखा, इपीएस कोरियासमेत पाँच कार्यालय सञ्चालनमा रहेका छन् । स्थलगत अनुगमनका क्रममा उल्लेखित कार्यालयहरूमा सेवाग्राहीको अव्यवस्थित भीड लागेको, पहिले आउनेले पहिले सेवा पाउने पद्धति नरहेको, सेवा पाउन पेस गर्नुपर्ने कागजात सम्बन्धमा अन्योल भएको, सेवा लिन लाइन बस्नुपर्ने स्थान आदि सम्बन्धमा सेवाग्राहीमा अन्योलता देखिएकामा सहजीकरण गर्ने पद्धति नरहेको, बिचौलियामार्फत् सेवा लिनुपर्ने अवस्था रहेकोलगायतको गुनासो सेवाग्राहीको रहेको थियो । सुशासन नियमावली २०६५ को नियम ४० अनुसार मन्त्रालय र विभागले उल्लेखित कार्यालयको सम्पादन भएका कामको गुणस्तर, सेवाग्राहीका समस्या, गुनासो आदि सम्बन्धमा समस्या सम्बोधन हुने गरी प्रभावकारी निरीक्षण तथा अनुगमन व्यवस्था गरेको नदेखिएको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

- हिमालय टाइम्स

प्रकाशित मिति : २०७५ वैशाख १० (April 23, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal