LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव


सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ

श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् । ‘कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्छ,’ मन्त्री बिष्टको भनाइलाई उद्धृत गर्दै भेटमा सहभागी ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने ।

कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारले पहल गर्ने बताएका छन् ।कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने खनाल बताउँछन् ।

‘करार हुने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाए भने त्यसले निकै ठूलो अर्थ राख्छ,’ उनले भने, ‘कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुन्छ । परिवारसँग विदेशमै बिताइने समयले कामदारको मनोबल पनि बढ्छ ।’

परिवारसँग थोरै समयमा विदेशमा विदा मनाउन पाए त्यसले अहिले कोरियमा बढ्दो रुपमा देखिकएको आत्महत्या पनि कम हुने विश्वास सरकारको छ ।

यसैगरी सरकारले नेपाली नर्सहरुका लागि पनि कोरियामा उचित अवसर मिलाइदिन आग्रह गरेको छ । कोरियामा अहिले विदेशबाट नर्सिङ गरेर कामका लागि पुग्नेको संख्या बढेको छ । त्यहाँ नर्सिङ गरेकाहरुको अभाव छ । त्यसका आधारमा नेपालीलाई पनि सो मौका उपलब्ध गराउन यस्तो प्रस्ताव गरिएको हो ।

श्रम मन्त्री बिष्टले नेपाली कामदारको बिमालाई २४ घण्टामा विस्तार गर्न पनि कोरियन राजदूतसँग आग्रह गरेका छन् । अहिले कोरियाले ‘वर्किङ आवर’ र कार्यस्थलमा मृत्यु भएका कामदारको बिमा रकम दिने गरेको छ ।

आफूहरु दक्ष कामदार समेत कोरिया पठाउन इच्छुक रहेको भन्दै मन्त्री बिष्टले सीपमुलक तालिमहरुको लागि सहयोग गर्न कोरियसमक्ष आग्रह गरेका छन् ।

सरकारले कोरियाससँग अहिले दिइरहेको कामदार कोटा पनि बढाइदिन आग्रह गरेको छ । जवाफमा राजदूत सिकले कोरियामा विदेशबाट जाने कामदारमा नेपाली र काम्बोडियालीको संख्या धेरै रहेको भन्दै सकारात्मक पहल लिने आश्वासन दिएका छन् ।

मन्त्री बिष्टले कोरियाबाट कामदारले पठाउने रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउने गरी उचित व्यवस्था गर्न पनि आग्रह गरेको निर्देशक खनालले बताए । अहिले त्यहाँ कार्यरत ९० प्रतिशत नेपालीले हुण्डीमार्फत रेमिट्यान्स पठाइरहेका छन् ।

‘केही विषयमा कोरियाली राजदूतले निकै सकारात्मक जवाफहरु दिनु भएको छ । केही विषयहरु थप छलफल गर्नुपर्ने खालका छन्,’ खनालले भने, ‘कोरियाको रोजगारीलाई अझ व्यवस्थित गर्न हामी विभिन्न पहल तथा प्रयासहरु गरिरहेका छौं ।’

अनलाइन खबरबाट

प्रकाशित मिति : २०७४ चैत २५ (April 08, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा पहिलो ऐतिहासिक नेपाली बुद्धको प्रतिमा प्रतिस्थापनको सिलान्यास, दुतावासबाट सवै खालको सहयोगको प्रतिबद्धता

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal