LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

एक लाख बढी कोरियाली पर्यटक भित्राउने तयारी

कोरिया भाषाको सहजतासँगै नेपालसँगको सम्बन्धका कारण पाँच बर्ष भित्र एक लाख बढी कोरियाली पर्यटक भित्राउने तयारी भएको छ। कोरिया र नेपालको मिल्दोजुल्दो वातावरण र संस्कृतिकै कारण पछिल्ला वर्ष कोरियाली पर्यटक भित्रीनेक्रम बढेको हो।

इपिएस प्रक्रियाले भाषाको सहजता र प्राकृतिक सौन्दर्यका कारण नेपालमा कोरियाली पर्यटक आउँने क्रम बढेको व्यवसायीहरुले बताएका छन्। पर्यटन विकासमा कोरियाको भूमिका महत्वपूर्ण भएकाले यसलाई थप प्रभावकारी बनाउन पर्यटन बोर्डले समेत भूमिका खेल्नु पर्ने व्यवसायी वाङछु शेर्पाले माग गरे। कोरियाली दूतावासको तथ्याङक अनुसार हालसम्म ३० हजार कोरियाली नेपाल आइ सकेका छन्। ३० हजार बढी नेपाली इपिएस सेवाबाट कोरियामा पुगेको कोरियाली राजदूत पार्क योङ सिकले बताए। ‘कोरिया टुर्स एण्ड ट्रेकिङ्ग अपरेटर एसोसिएसन अफ नेपाल’ ले तिब्र प्रचारप्रसार र बजारीकरण गरी पर्यटक भित्राउने तयारी गरिरहेको छ।

कोरिया पुगेका नेपाली स्वदेश फर्केपछि ट्रेकिङ एजेन्सी सञ्चालन गरेर कोरियालीलाई नेपाल भित्राउने गरेको छ। सन् १९७६ देखि नेपालसँग औपचारिक रुपमा कोरियाको कूटनीतिक सम्बन्ध विस्तार भएको हो। पछिल्लो समय नेपालमा कोरियाको पर्यटकको संख्या बढ्दो अवस्थामा रहेको एसोसिएसनका अध्यक्ष अमरबहादुर शाहीले बताए। संख्यात्मक र गुणस्तरीय पर्यटकको आगमन हुदाँ नेपालको अर्थतन्त्रमा टेवा पुगेको शाहीले बताए। होटल, झोले गाइड, दर्ता बिना सञ्चालन हुने एजेन्सीले ट्रेकिङ सञ्चालन गरेर सस्तो गुणस्तरहिन सेवा दिने गरेकाले नेपालको पर्यटन क्षेत्रको गुणस्तर खस्कदो अवस्थामा रहेको भन्दै एसोसिएसनले यसको निग्रानी गरी थप पर्यटक भित्राउन पहल गर्ने बताए।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतका धार्मिक तथा प्राकृतिक सौन्दर्यलाई कोरियाका लागि मुख्य भएको राजदूत पार्क योङ सिकले बताए। सन् २०२० सम्ममा १५ लाख पर्यटक भित्राउने लक्ष्य पूरा गर्न कोरियाको पनि भूमिका हुने उनले बताए। थप अन्तराष्ट्रिय विमानस्थलको विकास र बिस्तार भए नेपालमा कोरियाली नागरिकले भ्रमण गर्ने संख्या बढ्ने उनले बताए। कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डले समेत नयाँ कार्यक्रम ल्याउनु पर्ने व्यवसायीले माग गरे।

मंगलबार कोरियाका उच्चपदस्त अधिकारी, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, टानलगायतका संस्थासँग सहकार्य गरी पर्यटक क्षेत्रको विकासमा कोरियालाई थप प्राथमिकतामा राखेर अघि बढाइने भएको छ। एक नेपाली पाँच कोरियाली पर्यटक ल्याइने एसोसिएसनको दाबी गरेको छ। भाषिक कठिनाइलाई पछिल्लो समय सहज भएको भन्दै पर्यटन विकासमा सहजता भएको एसोसिएसनको कोषाध्यक्ष एवं पर्यटन व्यवसायी निमा शेर्पाले बताए।-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७४ चैत १५ (March 29, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

• कोरियामा पहिलो ऐतिहासिक नेपाली बुद्धको प्रतिमा प्रतिस्थापनको सिलान्यास, दुतावासबाट सवै खालको सहयोगको प्रतिबद्धता

• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal