LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई


मेजरकुमार राई (मिजास) उदयपुरको सुनकोशी गाँउपालिकाका प्रमुख हुनुहुन्छ रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरियामा रोजगारी गरी फर्केका राई स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट गाउँपालिकाको प्रमुखमा निर्वाचित हुनुभयो

साविकको बाँसबोटे गाविसमा २०३९ सालमा जन्मिएका राईले एसएलसीसम्म अध्ययन गर्नुभएको काठमाडौंमा ज्यामीदेखि फर्निचर उद्योगमा काम गरेका राईले तत्कालिन शाही नेपाली सेनामा पनि जागिर खानुभयो सेनाको जागिर छाडेर उहाँ माओवादी पार्टीसँग जोडिनुभएको हो

माओवादी शान्तिप्रक्रियामा आएपछि राई पार्टीकै भातृ संगठन किरात राष्ट्रिय मुक्ति मोर्चाको काठमाडौं उपत्यकाको संस्थापक अध्यक्ष हुनुभयो राजनीतिमा सक्रिय हुँदा घरको आर्थिक अवस्था कमजोर हुन थालेपछि राई २०६५ सालमा कोरिया पुग्नुभयो

कोरियाबाट २०७३ चैतमा नेपाल फर्केपछि गाउँपालिका प्रमुखमा निर्वाचित राईसित विदेशमा काम गर्दाको अनुभव तथा वैदेशिक रोजगारी व्यवस्थित गर्नका गाउँपालिकाले गरिरहेको कामबारेको कुराकानी

कोरिया कसरी पुग्नुभयो ?

 

इपिएसमार्फत पहिलो लटमा हामी ५० जना कोरिया गएका थियौं सन् २००८ को कुरा हो यो विश्वभाषा क्याम्पसमा कोरियन भाषा सिकेको थिएँ त्यसबेला पहिलो संविधानसभाको चुनाव भइसकेको थियो

राजनीति गर्ने मान्छे रोजगारीका लागि विदेश जानुपर्ने कारण के थियो ?

 

व्यवहारमा परेपछि आर्थिक अभाव भयो आर्थिक अवस्था कमजोर भएकाले विदेश गएको हुँ चोरेर अभाव टार्ने कुरा भएन अर्को कुरा नेपालमा रोजगारी पाइएन कोरियामा झण्डै वर्ष बिताएँ त्यहाँ धेरै कुरा देख्न पाइयो

 

कोरिया नेपालबिच दाँज्ने हो भने आकाशपतालको फरक कुनैबेला नेपालले दक्षिण कोरियालाई चामल दिएर सहयोग गरेको थियो दोस्रो विश्वयुद्धका बेला २५ लाख बढी मानिस मरेको देश गृहयुद्धमा फसेर जर्जर भएको थियो अहिले त्यहाँ सारा कुरा

 

विकासको कुरै नगरौं कोरियामा कानुन सबैका लागि हो भन्ने कुराको अनुभूति गर्न सकिन्छ जीउधनको ग्यारेन्टी महिलाहरु रातको / बजे एक्लै हिँड्न सक्छन् दिनरात विकास भइरहेको

 

त्यहाँको विकास आरिसलाग्दो पूर्वाधार विकास सँगै विज्ञान प्रविधिमा उनीहरु अगाडि छन् यता नेपालमा खेतबारी बाँझै त्यहाँ प्रत्येक मानिसको उद्योग

कोरियामा नेपालीलाई गर्ने व्यवहार समान ?

 

नेपालीलाई नेपालमै गर्ने व्यवहार फरक भने विदेशमा समान हुने कुरै भएन जब हामी नेपाली भूमी छाड्छौं, त्यहीँबाट हामीले आत्मासम्मान गुमाउन थाल्छौं

 

विदेश जानु भनेको गन्तव्य देशको कानुनलाई स्विकारेर उसको कामको अधिनमा रहनु हो कम्पनीको स्टाफ असल छन भने राम्रो हुन्छ खराब स्टाफ छन् भने व्यवहार राम्रो हुँदैन

 

धेरै नेपाली विज्ञान प्रविधिमा पछि छन् नेपालीको हात चल्दैन मुख मात्र चल्ने हो कोरियनले हात समातेर यो स्विच थिच त्यो थिच भन्थे त्यहाँ गएर हामीले नै सिकेको झैं हुन्थ्यो

 

नेपालीले कोरियामा सिकेको एउटा सिप भनेको चेतना हो कोरियनले हामीलाई जंगली देख्थे, हामी कोरियनलाई उनीहरु विज्ञान प्रविधिमा अगाडि छन्, हामी व्यवहारमा सुरुसुरुमा धेरै गाह्रो भयो कतिपय ठाउँमा नेपाली कोरियनबिच झगडा नै हुन्थ्यो

त्यहाँ सिकेका सीप जनप्रतिनिधिका रुपमा कसरी प्रयोग गर्नुहुन्छ ?

 

हाम्रो देशको विकास जमिनमा नै सुतेको हुदाँहुँदा राम्रो कामको विरोध पनि हुन थालेको सपना देख्ने मानिसको सपनालाई हत्या गरिन्छ बनाउन भन्दा बिगार्न माहिर भइसकेका छौं हामी

 

कोरिया नेपालको योजना तथा काम गराईमा फरक पूर्वाधार विकासका लागि योजना नीति बनाएर लाग्नेछौं

 

एउटा व्यक्ति अमेरिकी ग्रिनकार्डका लागि नेपाली नागरिकता त्याग्छ क्यानडाको पिआर लिन नेपालका सबै कुरा त्याग्छ उसलाई त्यहाँको प्रविधि विकासले तानेको हो अवसरको लागि मानिस शरणार्थी हुन तयार भए फिरन्ते हुन तयार भए आखिरमा जति धनाढ्य भएपनि आत्मासम्मान पाउँदैन

 

देश विकास गर्न कोही तयार भएनन् मेरै हकमा पनि दुई लाख ५० हजार रुपैयाँको जागिर छोडेर नेपाल फर्किएँ मलाई पागलको संज्ञा दिइयो

सपना देख्ने मानिस पागल नै हुन्छ हामी युवा राजनीतिमा नलाग्ने हो भने देश विकास हुन सक्दैन भनेर नेपाल फर्किएँ मलाई कोरियामा दिएको सारा सुविधा फिक्का भयो

 

नेपाल आएर राजनीतिमा होमिएँ सानो उमेरमा नै देश विकासमा लाग्ने योजना बनाएँ विशेष गरेर सुनकोशी गाउँपालिकाबाट नजिक पर्ने हलेसी महादेवको मन्दिर जानका लागि गाईघाट हलेसी सडकबाटो निमाण गर्ने सुनकोशीमा पक्कि पुल हाल्ने

 

त्यसका लागि हलेसी नगरपालिका सुनकोशी गाउँपालिकाको सहकार्य भईसकेको गाउँसभावाट पास गरेर यो योजना हामी सबैले साझा मुद्दा बनाएका छौ बिजुली पुर्याउन दुई करोड रुपैयाँ छुट्याएका छौं सडक निर्माण मर्मतका लागि एक करोड विनियोजन गरेका छौं

गाउँपालिकाबाट विदेश जाने युवाको संख्या बढिरहेको त्यसलाई रोक्न के गर्नुहुन्छ ?

 

वैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्न सकिन्न, व्यवस्थापन गर्न सकिन्छ विदेश जाने क्रम चलेको जति भयो, त्यती नै समय रोक्नका लागि चाहिन्छ

 

मैले पनि दैनिक १८ घण्टा काम गरेको हो ठग्ने भन्ने कुरा विदेशमा हुँदैन अरुको अन्डरमा काम गर्नुपर्छ देश परिवार छोडेर विदेश जानु भनेको सानो पीडा हैन

 

नेपाली कामदार लगेर अरु देशले विकास गर्छन् रोजगारीमा गएका कतिपय युवा सकुशल फर्कन्नन् परिवारको एक्लो छोरो पनि बाकसमा आउनु परेको त्यस्तो अवस्थामा परिवारको अवस्था के होला, यो हामीले कल्पना पनि गर्न सक्दैनौं

 

विदेश जानु राम्रो होइन वैदेशिक रोजगारीलाई मैले नजिकवाट नियालेको छु गाउँमै सीप सिकाउन उद्यमशिलताका लागि बजेट विनियोजन गरेको छु युवाका लागि चाँडै नै सीप विकासका लागि तालिम सुरु गर्नेछौं

कृषिमा केही काम गर्न सकिएला कि ?

 

प्रधानमन्त्री कृषि विकास कार्यक्रम अन्तर्गत केही कार्यक्रम आएका छन् लेक, बेंसी भएका कारण आलु, फापरदेखि सुन्तला धान फल्ने भूभाग छन् त्यसै अनुसार कृषिमा पनि जोड दिइनेछ

 

गाउँ बनाउनु पर्छ भनेर छटपटिएका युवाले साथ दिएर विकास निर्माणका लागि मलाई यो ठाउँमा ल्याउनु भएको त्यो जनमतलाई कदर गर्नुछ

 

गाईघाट हलेसी सडक जोड्ने, आधुनिक कृषि पर्यटनमा पनि जोड दिन्छौं विकासका लागि कसैको ढोका ढक्ढक्याउनु पर्ने अवस्था छैन हामीसँग प्रशस्त बजेट

जनप्रतिनिधि निर्वाचित भएको पाँच महिना बित्यो चुनौती के के रहेछन्

 

चुनौती भौतिक संरचना छैन भवन बनाउनका लागि बजेट छैन इन्जिनियरहरु छैनन् कर्मचारी छैनन् कर्मचारी गाउँ जान नमान्ने गएपनि नबस्ने नागरिकलाई सेवा दिन नमान्ने धेरैजसो कर्मचारी काम गर्न आनाकानी गर्छन्

यी चुनौतीका बिच योजना कसरी काम गर्नुहुन्छ ?

मानिसले देखेको सबै सपना पूरा हुँदैनन् छातीमा हात राखेर वर्ष दिलोज्यान दिएर विकास समृद्धिका लागि काम गर्नेछु


उज्यालो अनलाइनबाट

प्रकाशित मिति : २०७४ पौष २३ (January 07, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

• कोरियामा कार्यरत नेपाली युवा भन्छनः प्रदेशको राजधानी बन्दैमा विकासले फड्को मार्छ भन्ने भ्रम नपालौ ।

• इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal