LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ

विकास श्रेष्ठ

दक्षिण कोरिया सरकारबाट अनुमति पाए लगत्तै रेमिट्यान्स सेवा आरम्भ गरिरहेको जिएमआई रेमिट्यान्सले आजबाट औपचारिकरुपमा रेमिट सेवा सन्चालन सुभराम्भ गरेको छ । कोरियाका लागि नेपाली महामहिम राजदूत अर्जुन जंगबहादुर सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, जिएमईका सिइओ मिस्टर सुङ जङ ह्वा, ग्लोबल आईएमई बैंकका कर्पोरेट डाइरेक्टर सुमन शर्मा, नेपाल राष्ट्र बैंकका वित्त विभागका वामदेव सिग्देल, राजदूतावासका उपनियोग प्रमूख किरण शाक्य, होटल संघ, उद्योग बाणिज्य महासंघका अधिकारीले संयुक्तरुपमा रिबन काटेर रेमिट्यान्स सेवाको उद्घाटन गरेका थिए । नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवि नेपालले समुद्घाटन गर्ने भनिएपनि उडान ढिलाईका कारण सो हुन सकेको थिएन । राजधानी सउलको दोङ्देमूनस्थित मुख्य कार्यलयमा रिबन काटेर सुभराम्भ गरिएपछि नजिकै रहेको स्काईपार्क किङग्स्टन होटलको बेल रुममा उद्घाटन समारोह राखिएको थियो ।

उद्घाटन समारोहमा बोल्दै जिएमआईका सिइओ सुङले जिएमई मार्फत  कोरियामा रहेका नेपालीले सहजै सरल, कम शुल्कमा स्वदेशमा रेमिट्यान्स पठाउन सक्ने र उक्त सेवा दिन पाएकोमा गर्व महशुस भएको बताए । भावि दिन कोरियाका अन्य एक्काईस वटा स्थान साखा विस्तार गरी नेपालीलाई रेमिट्यान्स सेवा दिने तयारीमा कम्पनी रहेको जानकारी सिइओ सुङले दिएका छन् । जिएमई मार्फत नेपालीले नेपालमा रहेका रेमिट्यान्समा सजिलै पैसा पठाउन सक्ने छ । कोरियाबाट पठाएको १० मिनेटमै नेपालबाट पैसा प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ । शुभराम्भका बीच एक नेपाली रोशन भट्टराईले नेपालमा पैसा पठाएर औपचारिक सेवाको उद्घाटन गरेका थिए । उनले पठाएको दश मिनेटमा नेपालमा उनका आफन्तले पैसा पाएको सुचना दिएका थिए ।

कोरियाका लागि राजदूत अर्जुन जंगबहादूर सिंहले लामो प्रयासपछि निजी क्षेत्रबाट रेमिट्यान्स सेवा शुरु गरेको जिएमई प्रति आभार प्रकट गर्दै आगामी दिन अवैधानिक च्यानल हुण्डी कारोबार रोकिनेमा आशा ब्यक्त गरे । राजदूत सिंहले बैधानिक च्यानल प्रयोग गरी नेपालमा पैसा पठाउन सम्पुर्ण कोरियाबाशी नेपालीलाई आग्रह गरे ।

त्यस्तै ग्लोबल आईएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग बाणिज्य संघ, नीजि क्षेत्र र सरकारले धेरै अघि देखि कोरियासँग रेमिट्यान्स सञ्चालनका लागि पहल गरेको र ढिलाका बीच कोरिया सरकारले अनुमति दिएलगत्तै जिएमईले रेमिट सेवा शुरु गर्न सफल भएको बताए । जिएमई छिटो छरितो र आफ्नो मोबाइल एप्सबाट नेपालका कुनै पनि रेमिट्यान्स कम्पनीका साखा र बैंकमा पैसा पठाउन नेपालीले सक्ने उनले बताए । नेपाल सरकारले सम्पत्ति शुद्धिकरण, बैंकबाट ऋण, लगानी तथा पुनः कोरिया प्रवेशका लागि भिषा आवेदन दिदाँ वैधानिक च्यानलबाट पैसा पठाएको प्रमाण माग गर्ने भएकोले रेमिट्यान्स वा बैंकबाट पैसा पठाउनु बाहेक अर्को विकल्प नभएको ढकालले बताए । रेमिट्यान्स सेवा सर्वसुलभ र कम शुल्कको भएकोले रेमिट्यान्स कम्पनी मार्फत पैसा पठाउन आग्रह समेत उनले गरे ।

यसैगरी नेपाल राष्ट्र बैंक अन्र्तगतको वित्त विभागका वामदेव सिंग्देलले नेपाल राष्ट्र बैंकको चाहना अनूरुप निजी क्षेत्रले वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन पहलीकदम लिएकोमा जिएमईलाई धन्यवाद दिदै यस मार्फत पैसा पठाउन सम्पुर्ण नेपालीलाई आह्वान गरे । रेमिट्यान्स सेवा मार्फत पैसा पठाउदा नेपाल सरकारको आयमा वृद्धि हुने सिग्देलले बताए ।
यसैगरी एनआरएन कोरियाका पुर्व अध्यक्ष तथा वर्तमान एशिया प्यासिफिकका उप संयोजक विनोद कुँवरले नेपालीको व्यग्र चाहना अनुरुप जिएमईले रेमिट्यान्स सेवा शुरु गरेको भन्दै खुसि व्यक्त गरे ।

 त्यस्तै नेपाल होटल संघ, उद्योग बाणिज्य संघका पदाधिकारीले सन् दुइ हजार आठ देखि अहिले सम्म अवैधानिक च्यानलबाट पैसा पठाउन बाध्य भएका नेपालीलाई रेमिट्यान्स सेवा दिन लागेको भन्दै जिएमईको स्वागत र धन्यावाद प्रकट गरेका थिए । कोरियाबाट नब्बे प्रतिशत हुण्डीबाट नेपालबाट पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ । जोखिम भएपनि पैसा पठाउन सहज हुने भएकोले यहाँका नेपाली हुण्डी मार्फत नेपाल पैसा पठाउन बाध्य भएका थिए । रेमिट्यान्स सेवा र बैकिङ च्यानलबीचको प्रतिश्पर्धा सँगै शुल्क न्यूनतम हुने भएकोले आगामी दिनमा हुण्डी कारोबार विस्थापित धेरैको अनुमान छ भने सरकारले इपिएस कामदारलाई वैधानिक च्यानल मार्फत पैसा पठाउन बाध्य पार्ने बाध्यकारी नीति ल्याएकोले स्वतः हुण्डी कारोबारमा कमि आउने छ ।

अवैधानिक च्यानल मार्फत पैसा पठाउने क्रम बढेको उजुरी तथा नेपाल सरकारको आग्रह पछि कोरिया सरकारले रेमिट्यान्सका लागि नीजि क्षेत्र पनि अधिकार दिने गरेर रेमिट सेवा सम्बन्धी नयाँ कानून ल्याएको थियो । रेमिट सेवा सञ्चालनका लागि कोरिया सरकारले यो वर्षको जुलाईमा मापदण्ड सहितको आवेदन खुल्ला गरेको थियो । सोहि अनुरुप तीन दर्जन जतिले रेमिट्यान्सका लागि आवेदन दिएका थिए । यद्यपी मापदण्ड अनुरुप नपाएपछि आठ वटा बाहेक अरुको आवेदन खारेज गरेको थियो । गत अगष्ट २३ तारिखमा लाइसेन्स पाए लगत्तै जिएमआईले रेमिट्यान्स सञ्चालन शुरु गर्न दोङदेमूनमा मुख्यालय खोलेको हो । भने अहिले ह्वासङको फारान शहरमा पनि साखा विस्तार गरेर सेवा सुरु गरेको छ । अहिले सम्म एक हजार जनाले एकाउन्ट खोलेर नेपाल पैसा पठाइसकेको छन् भने मोबाइल एप्स मार्फत आफै पैसा पठाउने प्रक्रिया यसै हप्ताबाट शुरु गर्ने जानकारी जिएमईका डाइरेक्टर सुरेश चन्द्र पौडेलले दिएका छन् । तर अवैधानिक तवरले बसेका नेपालीलाई रेमिट्यान्स सेवाबाट बन्चित गरिएको छ ।


प्रकाशित मिति : २०७४ कार्तिक १९ (November 05, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

• कोरियामा पहिलो ऐतिहासिक नेपाली बुद्धको प्रतिमा प्रतिस्थापनको सिलान्यास, दुतावासबाट सवै खालको सहयोगको प्रतिबद्धता

• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal