LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

फेसबुक बाटै माया अनि .. भाग २

किशन गौतम

एउटा फरक जीवन कथा, फेसबुक बाटै माया अनि ... भाग - २

उही  ज्योति , जसको लामो संघर्षको इतिहास छ , फरक जीवन कथा छ l आखिर उसंग  कुनै नाता थिएन कुनै सम्बन्ध थिएन l थियो त केवल एउटा क्षणिक भावनाको नाता l  तरपनि म मा उसको  फरक जीवनकथा सुन्ने कौतुहलताले छाडेको थिएन lनारायणगड बाट बिदा हुदै गर्दा   उ भन्दै थिइ ' मेरो जीवन कथा अनि संघर्ष लामो छ l दोस्रो भेटमा अबस्य बताउने छु l प्रतिक्षा गर्नुहोला l...


यसपटकको भेटमा भने उसको अनुहारमा अलिकति हाँसो देखिन्थ्यो l  उ पहिला भन्दा केहि  खुलेर बोल्दै थिई  l हाम्रो क्षणिक भावनाको नाता कता कता अलिकति गहिरिएको आभास हुन्थ्यो l शरद ऋतुको बिदाइ संगै  काठमाडौंमा चिसो बढिसकेको थियो l म, भने  कफीको चुस्की संगै उसको फरक जीवनकथा  सुन्न  आतुर  थिए l


टेबलको राखिएको कफी चिसो भैसकेको थियो l उ  निरन्तर बोल्दै थिई  "जब मानिसले जीवनमा कुनै ठक्कर खान्छ  तब उसको आत्मबल पनि झन् बढेर आउदो रहेछ l म, संग २ हजार रुपिया र घाटीमा लगाएको सिख्री बाहेक केहि थिएन l तैपनि हिम्मत राखेर भिडभाड र कोलाहलको सहर काठमाडौं छिरे l मेरो लागि  काठमाडौं शहर एकदमै नौलो थियो l कहाँ जाने कहाँ बस्ने कुनै टुंगो थिएन l म उसलाई भेटेर गुनासो गर्न चाहन्थे जसले मेरो जिन्दगि क्षणभरमै नर्क समान बनाइदियो l हुनत कसैसंग  गुनासो गर्ने अधिकार म संग थिएन किनकि मैले पनि कसैलाई धोखा दिई सकेकी थिए l


 कहाँ खोज्ने ,कहाँ भेट्ने यतिठुलो शहरमा l  मानिसको भिडमा, म बिल्कुल एक्लो थिए l साझँ ढल्किदै थियो l सबैजना आ - आफ्नो गन्तब्य तिर लाग्दै थिए l म उसलाई खोज्दै थिए जसले मेरो जीवन बर्बाद बनायो ,लाखौ रुपियाँ ,गर - गहना समेत लिएर भाग्यो l  तर म निरिह  थिए l सडकमा भौतारिनु शिवाय  म संग कुनै उपाय थिएन l  बिल्कुल एक्लो थिए ,भोक प्यासले  ब्याकुल थिए l थाकेको शरीर लिएर एउटा सडक पेटीमा थचक्क के बसेको थिए पछाडी बाट एउटा आबाज आयो l नानि ! यसो पछाडी फर्केर  हेरे एउटी चालिस पैतालिस बर्षीय जस्तो लाग्ने आइमाई l किन होला ? मैले सोधे l" धेरै बेर देखि तिमीलाई यता उता गरिरहेको देखेर सोधेको l कसैलाई कुरेको होर ?  साँझ पनि छिपिनै लाग्यो l" होइन , मैले चिन्ने मान्छे यहाँ कोहि पनि छैनन् l छोटो कुराकानी संगै थाहा भो उनि पनि म जस्तै कसैबाट धोखा खाएको नारि  रहिछन  l तर उनको जीवन कथा फरक थियो उनलाई  आफ्नै श्रीमानले धोखा दिएको रहेछ l चोकमा मकै पोलेर बेच्दै  आफ्नो गुजारा चलाउदी रहेछन l उनले त्यो रात आफु संगै बस्न सक्ने बताइन l मेरो पनि बसाइको कुनै टुंगो थिएन  l पछी लागेर उनकै कोठामा पुगे l रातभर आफ्नो सम्पूर्ण कथा एक अर्को लाइ सुनाएरै बित्यो l मेरो लागि ति नारि  भगवान सरह थिइन l मैले दिदि भनेर सम्बोधन गर्थे l उही दिदीले आफु संगै सानो तिनो पेसा गरेर जिबिका चलाउने सुझाब दिइन  l


 जे जस्तो भएपनि बाच्नु पर्दो रहेछ l जीवनमा कहिले दुख भन्ने थाहा नभएको बल्ल थाहा भो  l दुख के रहेछ, पिडा के रहेछ l आखिर बाच्नको लागि संघर्ष गर्ने पर्ने थियो l मैले पनि आफ्नो घाटीको सिख्री बेचेर रत्न पार्कको छेउछाउमा मकै पोलेर त्यसैबाट आएको पैसाले जिबिका चलाउने निधो गरे l दिदीकै नजिकै आफ्नो सानो ब्याबसाय शुरु गरे l


शहरको ठाउ, एक्लो जीवन, बाच्न निकै गार्हो हुदो  रहेछ l अनेक किसीमाका ग्रहक हरु आउथे l मेरो रुप र जवानीले निकै प्रसंसा पाउथ्यो l मलाइ हेरेर अनेक छेडछाड गरेर बोलिन्थ्यो  l प्राय पुरुष हरु मेरै छेउछाउमा झुम्मिरहेका हुन्थे l आखिर सानो ब्याबसाय गरेपनि म आफ्नै पौरखले बाँचिरहेको  थिए l तै पनि  म माथि अनेकौ  छेडछाड किन हुन्थ्यो ?  मकै किन्ने त केवल निहु मात्र हुन्थ्यो l कतिले मसाज सेन्टरमा जागिर लगाइदिने राम्रो कमाइ हुने भन्थे l कतिले यति राम्री छौ   किन यस्तो सानो काम गरेको मैले राम्रो जागिर खोजिदिन्छु भन्थे l कतिले त म ठुलो पोस्टको मान्छे हुँ जागिर खोज्दिन्छु , मलाइ खुसि बनाए  एक रात कै बीस तीस  हजार दिन्छु सम्म  भन्थे l कतिपयले आफु  ठुलै ब्यापारी हुँ पैसा जति पनि छ l कोठा खोजेर छुट्टै राख्छु l चहिएको खर्च दिन्छु बेला बेलामा मलाइ खुसि पार्नु पर्छ समेत भन्थे  lमेरो यौबनमा लालाइत हुने डाक्टर बाट इन्जीनियर सम्म हुन्थे l तर म भने  पुरुष देखि हार खाएको मान्छे , म मा कुनै चाहना बचेको थिएन l थियो त केवल एक्लो पनको पिडा l कतिखेर सोच्थे ' यो समाजले एक्लो नारीलाई किन स्वतन्त्र भएर आफ्नै पौरखमा  बाच्न दिदैन l के नारीको जवानी र रुप  समाजको लागि अभिशाप नै हो त ?


हुन् त म पनि एउटा धोखेबाज नारि हुँ जसले एउटा पुरुषको सुन्दर सपना लाइ चकनाचुर पारेको छ l सहेद आफुले पाएको धोखाले होला  पुरुष प्रति मेरो यति घृणा  जागेछ कि म कुनै  पनि पुरुषको अनुहार समेत हेर्न चाहन्नथे  तर बाध्यता प्रायजसो ग्रहाक पुरुष नै हुन्थे l मेरो वरिपरी पुरुष हरु झुम्मिएको देख्दा लाग्थ्यो त्यहाँ एउटा सुन्दर फुल फुलेको छ त्यसैको रस खान भमरा हरु झुम्मिएका छन l तर यो दुनियालाइ के थाहा म एउटा ओइलाई  सकेको फुल थिए l


एकदिनको कुरा हो साँझ पर्न लागेको थियो म पनि आफ्नो समान उठाउने तरखरमा थिए l एकजना पुरुष आएर सोध्यो  " बैनी यो एउटा  मकैको पैसा कति हो " मैले सधै जसो जवाफ फर्काए कति लिनु हुन्छ र १ वटा को २० रुपिया हो l मैले सकेसम्म कुनै पनि  पुरुषको अनुहार तिर हेर्न चाहन्नथे l  मेरो जवाफ नसकिदै उक्त पुरुषले आश्चर्य स्वार मा बोल्यो "तिमि यहाँ ! " म एक्कासी झस्किए l एसो फर्केर हेरे l एउटा परिचित पुरुषको अनुहार  थियो l जसलाई मैले जवानीको आवेशमा आएर धोखा दिएको थिए l  मलाइ एक्कासी चिटचिट पसिना छुट्न थाल्यो l कता कता  रिंगटा लागेजस्तो भयो l  म होसमा त छु नि आफैले आफैलाई सम्झने कोसिस गरे l उनि मेरै श्रीमान थिए  lजो  मेरै खुसीको लागि आफ्नो खुसि त्यागि परदेशिएका थिए l "हिड घर जाउ किन यहाँ यस्तो दुख गरि बसेकी ? तिमीलाई कहाँ कहाँ खोजिन l मलाइ भरोसा थियो एक न एक दिन तिमिlलाइ  भेट्नेछु  l आज मेरो सपना पुरा भएको छ l" उनमा मायाको भाव प्रस्ट  देखिन्थ्यो l  म संग बोल्न लाइ कुनै शब्द थिएन l लग्यो संसारमा सबै पुरुष खराब हुदैन l उही पुरुष जसले  एउटा नारीको सप्रिएको जिन्दगीलाई उजाड बनाइदिन्छ l उही पुरुष जो एउटा नारीको उजाड जिन्दगीमा बसन्त बनेर आउछ l


आज  उहाँ संग माफी माग्ने म संग कुनै शब्द छैन l छ त केवल आत्म ग्लानि मात्र l अहिले मेरो श्रीमानले यहि काठमाडौंमा  एउटा सानो तिनो ब्याबसाय चलाउनु हुन्छ l बाबु बोर्डिंङ् स्कूलमा पढ्दै छ l  हाम्रो सानो  परिवार खुसि र  सुखी छ l मैले सामाजिक काम गर्छु l समाजमा फैलिएका बिकृति र विसंगतिका विरुद्व आबाज उठाउछु l बेला बेलामा बिभिन्न सचेतना मुलक  कार्यक्रम हरु चलाउछु ता कि कुनै पनि महिला दिदीबहिनी हरु म जस्तै अन्जानमा परेर आफ्नो अमुल्य जिन्दगीलाई खरानी बनाउन नपरोस l आफ्नै परिवारको खुसीको लागि  बिदेशिएका  ति लाखौ  युवाहरुको जिन्दगि उजाड नबनोस "


प्रकाशित मिति : २०७४ कार्तिक १८ (November 04, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाको राजधानी सउलमा यो बर्ष पहिलो पटक हिमपात ,गत बर्ष भन्दा केहि छिटो

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• कोरियाले विछिप्त पारेको मन

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

• नेपाली याेङ्मुदो खेलाडी टोलि कोरियामा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal