LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

नेपालीबाटै पिडित छन कोरियामा नेपाली

केशब पोखरेल


ईपिएस प्रणालि मार्फत रोजगारिका लागि दक्षिण कोरिया आएका नेपालीहरुबाटै नेपालिनै पिडित हुन पुगेका घटनाहरु बढन थालेका छन ।

घटना न. १

 ईपिएस प्रणालि मार्फत २ बर्ष अगाडि कोरिया आएका गोरखाका कमल गौतम (नाम परिबर्तन) आफु भन्दा पहिला आएर कम्पनिमा काम गरिरहेका नेपालिबाटै पिडित भएको घटना सुनाए । सुरुमा आऊँदा आफुलाई केहि जानकारि नभएको र ति पुराना नेपालिको बिस्वास गर्नाले पिडित हुने पुगेको बताए । उनले भने ’ म भन्दा पहिला आएर काम गरिरहेका एकजना थापा थरका दाईले तिम्रो एलाईन कार्ड ल्याउन भाई भनेर लगे, त्यहि कार्ड बाट ल्यान्ड लाईन फोन निकालेर अर्कैलाई दिएछन, फोनको पैसा मासिक रुपमा जम्मा हुदै गएछ । केहि महिनापछि कम्पनिमा मेरो नाममा पत्र आयो, के रहेछ भनेर बुझ्दा त लेन्डलाईन फोन निकालेर मासिक रुपमा बिल भुक्तानि नगरेकाले तिन लाख असि हजार वन तिर्नु पर्ने देखायो । पछि टेलिकम गएर त्यो पैसा तिरि ल्यान्ड लाईन फोन ब्लक गराएँ ।

घटना न. २
 एक बर्ष अघि रोजगारिका लागि कोरिया आएका गुल्मिका एक युवाले आफ्नो नाम प्रकाशित नगरीदिन आग्रह गर्दै आफु पनि संगै काम गर्ने साथीबाटै पिडित भएको बताए । उनि भन्दा पहिले आएका तिन जना नेपालि रहेछन उनि आईसकेपछि पुराना एक नेपालिसंगै बसेछन । उनले भने ’काम गर्दै जाँदा ति पुराना साथि ऊमेरले दाई भन्थें,, मेरो बारेमा साऊसंग बिभिन्न खालका नकारात्मक कुरा गरेछन, साऊले म संग भन्दा हैन मैले केहि भनेकै छैन भनें, रुममा आएर कुरा गर्दा तँ भर्खर आएको तँलाई के थाह छ र भनि भोलि पनि साऊसँग कुरा लगाईदिने धम्कि दिए, अति भएर सहनै नसकि, काम सजिलो हुँदा हुँदै पनि आएको एक बर्षमै कम्पनि परिबर्तन गरि अहिले काम खोजिरहेको छु ।

घटना न. ३
१८ महिना अगाडि कोरिया आएका डडेल्धुुराका सुबेदि थरका नेपालि पनि नेपालिबाटै पिडित हुन पुगेको हेल्लोनेपालकोरिया डट कमलाई बताए । पुराना नेपालि एकजना रहेछन म आईसकेपछि दैनिक रुपमा साँझमा खाना बनाऊन लगाऊने, उनले भने ’ त्यति त सहेरै बसेको थिएं, पछि पछि त बजारबाट खानाको सामान ल्याएको पैसा समेत म एक्लैलाई तिर्न लगाऊन थाले, अनि अहिले छुट्टेै पकाएर खान थालेको छु ’। माथिका घटनाहरु त एक प्रतिनिधि घटनाहरु मात्रै हुन । यस्ता घटनाहरुका गुनासो धेरै सुनिन थालेको मजदूरहरुको हकहितको क्षेत्रमा काम गर्ने ब्यक्तिहरु बताउँछन । आफु सिनियर भन्दै कम ऊमेर र पछि आएकालाई सधै कोठा सफा गर्न लगाऊने, खाना पकाऊन लगाऊने, कोठामा फोनमा कुरा गर्न नदिने, आफुचांहि फोनमा कुरा गरेर राति ढिलो सम्म समेत नदिएर थर्काउने लगायतका अनकौं पिडितका गुनासोहरु आऊन थालेका प्रवासी मजदूर संघमा कार्यरत मधुसुदन ओझा बताऊँछन । कार्यस्थलमा पनि सिनियर भएकाले नयाँ आएकालाई गाहे काम लगाउने, हेप्ने, अपशब्द बोल्ने र त्यसको प्रतिकार गरे कोरियन म्यानेजर, साहुलाई नकरात्मक कुरा लगाउने प्रवृत्ति नेपालीमा रहेको उनि बताउछन । यो भन्दा पनि सिनियर भनाउँदा नेपालीले ओभरटाइम काम गराउदाँ नेपालीबाट कमिसन लिने गरेको उजुरी आउने गरेको छ ।

कठिन र लगातारको काम र कुनै कम्पनीमा कोरियनबाट हेपिनपुगेका नेपालीलाई नेपालीले विभिन्न तरिकाले हेप्ने क्रियाकलापले नेपालीमा सामान्य सोच र मानवियता हराउदै गएको देखिन्छ । डिप्रेशन र त्यहि झाँगिएर आत्महत्याको बाटो अँगाल्ने बढेको परिप्रेक्षमा नेपालीको घटिया सोच र व्यवहारले पनि त्यसलाई मलझल गरेको अनुमान गर्न सकिन्छ । यसलाई गम्भिररुपमा लिएर नेपाली दुतावास, इपिएस कार्यलय, यहाँ रहेका संघसंस्थाहरुले सक्रियता लिएर तनाब, डिप्रेशनमा पार्ने त्यसता सिनियर नेपालीलाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ । विभिन्न तरिकाले नेपालीलाई तनाब दिने, ठग्नेलाई नांगेझार पार्नुपर्ने देखिन्छ । र सामाजिक संजालबाट त्यस्ता ब्याक्तिको विस्तृत परिचय र तश्विर सार्वजानिक गरेर नेपालीलाई तनाब पार्ने सामान्य सोच विहिन र मानवताविहिनेहरुलाई सामाजिक बेइज्जत गरेमा पनि कोरियामा नेपाली डिप्रेशनमा पर्ने र आत्महत्या रोज्ने क्रममा केहि कमि आउन सक्ने सम्भावना छ ।
प्रकाशित मिति : २०७४ कार्तिक १८ (November 04, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• कोरियाले विछिप्त पारेको मन

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

• नेपाली याेङ्मुदो खेलाडी टोलि कोरियामा

• कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भनेपालीबाटै पिडित छन कोरियामा नेपाली बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal