LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

इपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारी

विकास श्रेष्ठ

कोरिया सरकारले रोजगार अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि आफ्नो मुलुक भित्र्याउने कामदारको कार्यवधि कटौति गर्ने तयारी गरेको छ । अहिले चौध वर्ष छ महिना काम गरेर बस्ने पाउने सुविधा कटौति गरेर दश वर्षमा झार्ने तयारीमा सरकार जुटेको हो ।

बिहीवार श्रम तथा रोजगार मन्त्रालयले इ नाइन भिषाधारी कामदारको अधिकतम बसाई घटाउने प्रयासमा सरकार रहेको जनाएको छ । रोजगारी र ज्याला वृद्धि गर्ने मागका विषयमा कोरियन र प्रवासी मजदुरबीच मतभेदका बीच सरकारको यस्तो खाले निर्णय आएको छ । अहिलेको इपिएस नीति अनुसार इपिएस कामदार तीन पटक पुनः प्रवेश गरेर चौध वर्ष छ महिना जति कोरियामा काम गरेर बस्न सक्छन् । पहिलो चार वर्ष दश महिना कम्पनी परिवर्तन नगरी काम गरे कमिटेड कामदारको रुपमा तीन महिना भित्र पुनः कोरिया प्रवेश पाउँछन् । नौ वर्ष आठ महिना कार्यवधि पछि कोरियन भाषा परिक्षा उत्तिर्ण गरे पुनः कोरिया प्रवेश गर्न पाउने प्रावधान अहिलेको इपिएस नीतिमा छ ।

पछिल्लो समयमा कोरियामा प्रवासी मजदुरको संख्यामा वृद्धि भइरहेको छ भने पुनः प्रवेश गर्ने कामदारको संख्यामा पनि उत्तिकै वृद्धि भएको छ । सन् दुइ हजार बाह्रमा पुनः प्रवेश गर्ने इपिएस कामदारको संख्या तीन हजार तीन सय पचपन्न रहेकोमा गत वर्ष सत्र हजार पाँच सय एकाउन्न पुगेको थियो । यो वर्षको अन्त्यमा पुनः प्रवेश गर्नेको संख्या बीस हजार पुग्ने अनुमान गरिएको छ । बढ्दो इपिएस कामदारका कारण मध्यम तथा पाका कोरियन कामदारले रोजगारीको अवसर गुमाउदै गएका छन् भने ज्यालामा पनि उनिहरुले चाहे अनुरुप वृद्धि भएको छैन् । त्यस्तै इपिएस कामदारका कारण युवा बेरोजगारी दर पनि बढेको छ । इपिएस कामदारका कारण आफ्नो रोजगारी गुमाएको भन्दै इपिएस कामदारप्रति कोरियनको नजर पनि नकरात्मक बन्दै गएको छ । सरकारले आफ्ना नागरिकलाई रोजगारी अवसर तथा बेरोजगारी दर घटाउने रणनीति अनुरुप इपिएस कामदारको बसाई अवधि दुइ कार्यकालमा सिमित पार्ने रणनीति अघि सारेको हो ।

कोरिया सरकारले कार्यन्वनमा ल्याउने तयारीमा रहेको इपिएस नीति परिवर्तन गरे दुइ कार्यकाल सकेर पुनः परिक्षा दिएर कोरिया आउने हजारौ इपिएस कामदार प्रभावित हुने भएका छन् । कोरियामा नेपाल सहित एशियाका पन्ध्र मुलुकका नागरिक भाषा परिक्षा मार्फत वर्षेनी हजारौ आउने गरेका छन् ।


कोरियन अनलाइनको सहयोगमा
प्रकाशित मिति : २०७४ असोज ०६ (September 22, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दक्षिण कोरियाको एउटा गैह्र सरकारी टोलीलाई अमेरिकाले विमानस्थल बाट फिर्ता पठायो

• कोरियाको राजधानी सउलमा यो बर्ष पहिलो पटक हिमपात ,गत बर्ष भन्दा केहि छिटो

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• कोरियाले विछिप्त पारेको मन

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal