LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

विकास श्रेष्ठ

कोरियाको ख्यांगी प्रान्त अन्र्तगतको ह्वासङ शहरमा स्थानिय प्रहरीको सहयोगमा घातक चिन्दगीको टोकाईबाट हुने रोगका बारे नेपालीलाई सचेतना दिइएको छ । केहि साता अघि चिन्दगी अर्थात किर्ना नामक मांशहारी किराको कोटाईका कारण गम्भिर विरामी भएर निधन भएका धादिङका मंग तामाङलाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रममा उक्त किरा र त्यसको टोकाईबाट लाग्ने रोगका बारेमा सहभागी नेपालीलाई जानकारी दिइएको थियो । छनानस्थित एक बंगुर फार्ममा काम गर्दै आएका तामाङको किर्नाको टोकाईका कारण लाग्ने सेट्स नामक जिवाणूबाट दुइ साता अघि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

आज आइतबार आयोजित श्रद्धाञ्जली तथा सचेतना कार्यक्रममा ह्वासङ प्रहरी प्रमूख तथा नेपालीका परामर्शदाता युयोङ फिलले कोरियामा अन्य मुलुकका कामदार भन्दा डिप्रेसनमा परेर आत्महत्या गर्ने, औद्योगिक दुर्घटनामा परेर ज्यान गुमाउनेमा नेपालीको संख्या अग्रपंक्तिमा रहेको भन्दै सचेत भएर काम गर्न त्यहाँ उपस्थित नेपालीलाई आग्रह गर्नु भएको छ । बढ्दो मृत्यु न्यूनिकरण गर्न आगामी दिनमा पनि ह्वासङले प्रहरीले यस्ता खाले कार्यक्रमको आयोजना गर्ने जानकारी दिदै फिलले काम गर्दा होशियार, मानसिक तनाब मुक्त तथा सकरात्मक सोचाईका साथ काम गर्न नेपालीलाई सुझाव दिनु भयो । नेपाली काममा लगनशिल र इमान्दार भनेर कोरियाका कम्पनी मालिकले प्रशंसा गर्ने गरेको भएपनि विभिन्न कारणले बढ्दो निधन प्रति आफु चिन्तित रहेको फिलले बताउनु भयो । कार्यक्रममा ह्वासङ आसपासका कम्पनीका कार्यरत झण्डै एक सयको संख्यामा नेपाली कामदार सहभागी भएका कार्यक्रम संयोजक दिपक बन्जाराले जानकारी दिनु भएको छ ।

यसैबीच कार्यक्रममा शोकमा डुबेको मंग तामाङको परिवारलाई केहि राहत होस् भनेर आर्थिक संकलन गरिएको छ । ह्वासङ प्रहरीले पनि संकलित रकममा थप गरेर परिवारलाई पठाउने तयारीमा रहेको बन्जाराले बताउनु भएको छ । प्रहरी यस किसिमको कार्यक्रमबाट सहभागी नेपाली खुसि भएका छन् ।

प्रकाशित मिति : २०७४ श्रावण २९ (August 13, 2017)

सम्बन्धित तस्विरहरु













प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दक्षिण कोरियाको एउटा गैह्र सरकारी टोलीलाई अमेरिकाले विमानस्थल बाट फिर्ता पठायो

• कोरियाको राजधानी सउलमा यो बर्ष पहिलो पटक हिमपात ,गत बर्ष भन्दा केहि छिटो

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• कोरियाले विछिप्त पारेको मन

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal