कोरियाको रोजगारी बन्दैछ डरलाग्दो मृत्युको शृंखला , हाल सम्म ज्यान गुमाउनेको संख्या १३२ पुग्यो

किशन गौतम ,सोल

रोजगारीको लागि आकर्षक गन्तब्य  मुलुक मानिएको दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला डरलाग्दो गरि बढेको छ l कार्यस्थल दुर्घटना ,आत्महत्या , सुतेकै अबस्थामा मृत्यु हुने आदि कारण बाट सन् २०१७ को ८ महिनाकै अबधिमा १९ जना नेपाली ले ज्यान गुमाइसकेका छन् l


यसरि मृत्यु हुनेमा सबैभन्दा धेरै कार्यस्थल दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ५ जनाले आत्महत्या गरेका छन् l त्यस्तै सुतेकै अबस्थामा (मृत्युको कारण थाहा नभएको ) मृत्यु हुनेको संख्या  ५ पुगेको छ भने २ जनाको निधन रोगको  कारण बाट भएको छ l


सन् २०१७  को पछिल्लो ३ महिनाको अवधिमै ५ जनाले आत्महत्या गरेका छन् l अगस्टको पहिलो सातामै  ३ जनाले ज्यान गुमाए  l गुल्मीका बिष्णु प्रसाद घिमिरेको कार्यस्थल दुर्घटनामा  परि मृत्यु भएको ३ दिनमै पर्बतका केशब श्रेष्ठले पासो लगाएर  आत्महत्या गरे भने त्यसैको ठिक भोलि पल्ट नै कंचनपुरका दिपक सिंह ले पनि झुन्डिएर आत्महत्या गरे l
 सन् २००८ मा रोजगार अनुमति प्रणाली इपिएस  लागु भएयता कोरियाको रोजगारीमा १ सय ३२ जनाले बिभिन्न कारणले ज्यान गुमाइसकेका छन् भने औधोगिक दुर्घटनामा परि अंगभंग हुनेको संख्या पनि उत्तिकै बढेको छ l


सोल स्थित नेपाली दुतावासको तथ्यांकअनुसार सन् २०१५ मा सबैभन्दा धेरै २२ जना नेपालीको मृत्यु भएको थियो भने सन् २०१६मा २० जनाले ज्यान गुमाएका थिए l
यसरि बिभिन्न कारण बाट मृत्यु हुने नेपालीको संख्या दिनानुदिन बढ्दै गैरहेको भएतापनि सम्बन्धित निकाय बाट निराकरणको लागि  चालिएको कदम त्यति प्रभाबकारी भने बन्न सकेको  छैन l 


 नेपाली दुतावास ,कोरियाको पुरानो संस्था एनसीसी ,तथा गैह्र आबासीय नेपाली संस्था एन आर एन कोरिया लगाएतले समय- समयमा मानसिक तनाब  ब्याबस्थापन तथा निराकरण सम्बन्धित कार्यक्रम राख्दै आएको भएता पनि आत्महत्या गर्नेको संख्यामा भने कमि आउन सकेको छैन l


यसैबीच कोरियामा लामो समय देखि प्रवासी मजदुरको हकहितमा आवाज उठाउदै आइरहेका प्रवासी मजदुर युनियन का अध्यक्ष उदय राइले इपिएस सम्झौतामा  भएको खराब नीतिकै कारणले आत्महत्या ,दुर्घटना आदि बढेको बताउछन l उनि भन्दछन " जब सम्म एउटा मजदुरले आफु स्वतन्त्र भएर काम गरिरहेको अनुभब गर्दैन तब सम्म यस्ताखाले घटना घटी नै रहन्छन " l प्रवासी मजदुरले आफूखुसी कम्पनि परिबर्तन गर्न पाउने हो भने यस्ता घटनामा ८० प्रतिशत कामि आउने राइ को बुझाई छ l
 

प्रकाशित मिति : २०७४ श्रावण २६ (August 10, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाबाट राहत वितरणमा एकद्वार प्रणाली अपनाउन सोल स्थित नेपाली दुतावासको अनुरोध

• इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

• गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

• बाढीपिडितलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग अभियान

• कोरिया बाट एक युवा लेख्छन ,एक दिन तिमिहरुलाई पनि जनताले त्यहि बांधहरुमा पुर्नेछन्

• रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने

• एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी, घाेषणासँगै काेरिया सरकारबाट सम्मानित जुनुकाे यस्तो दाबि ।

• एनआरएन कोरियाको अध्यक्ष बन्न महिला पनि आतुर ,लक्ष्मी गुरुङ द्वारा उमेद्वारी घोषणा

• बाढी पहिरो पीडितका लागि कोरिया बाट राहत संकलनमा तिब्रता , एकैसाथ लागे दर्जनौ संघ संस्था

• कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

• अबको एनआरएन कोरिया स्वतन्त्र युवाले हाक्छ - उपाध्य्क्षका दाबेदार शर्मा

• अहँ, म आत्महत्याको कल्पना पनि गर्न सक्दिन

• पैसा कमाउन कोरिया गएको कहिल्यै नर्फने मेरो छोरो

• कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ बृहत तीज बिशेष कार्यक्रम गर्ने

• सोल मेट्रो चौबिसै घण्टा संचालनमा ल्याउने नगर प्रसासनको तयारि

• कोरियामा २ /३ हजारको लोभमा हुण्डी

• लाख कमाउने सपनाको देश कोरिया ...अनि यस भित्रको वास्तविकता

• आफ्नै देशमा निर्मित ह्वासङ–१२ मिसाइलद्वारा अमेरिकी हवाइ अड्डा रहेको गुआममा हमला गर्ने उत्तर कोरियाको तयारी

• कोरियामा दुर्घटनामा परि निधन भएका घिमिरेको शव शुक्रवार नेपाल पठाइने , दुतावास र एनसिसिका प्रतिनिधि द्वारा घटनास्थल को निरिक्षण

• कोरियामा नेपालीको मृत्युको श्रृखंला, आत्महत्या किन गर्छन भनेर सोध्नेले नै गरे झुण्डिएर आत्महत्या

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal