LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा २ /३ हजारको लोभमा हुण्डी

सरोज खड्का
 खाडी मुलुकबाट बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्रिन्छ, जहाँ तुलनात्मक रुपमा मासिक कमाई थोरै (२ देखि ३ सय डलर) गर्नेहरुको संख्या बढी छ । कोरियामा तुलनात्मक रुपमा शिक्षित युवाहरु आउँछन् । मासिक औषत कमाई झन्डै डेढ लाख रुपैयाँ हुन्छ, तर ९० प्रतिशत भन्दा बढी रकम अवैधानिक माध्यममार्फत नेपाल भित्रिन्छ । कुराकानीको शिलशिलामा एक दिन लिंक एसिया कम्पनीका प्रवन्धक आरपि देवकोटाले भने – हामी नेताले देश बिगारे भनेर सँधै गाली गर्छौ । तर कोरियामा छौं, यति धेरै कमाउँछौं र पनि २ /३ हजार रुपैयाको लोभमा हुण्डिबाट पैसा पठाउँछौ । के देश बिगार्न हाम्रो चाहिँ भुमिका छैन ? अनि त्यो नेताले देश बिगार्यो भनेर गाली गर्ने हाम्रो हैसियत खै ?

दक्षिण कोरियामा रोजगारीको शिलशिलामा रहेका नेपालीहरुको पसिनाको कमाई नेपालमा वैधानिक माध्यमबाट पठाउन कोरियामा नेबिल बैंक र सनराइज बैंकले सेवा दिइरहेका छन् । लगत्तै रेमिट्यान्स कम्पनीहरुले पनि सेवा दिने अन्तिम तयारी गरिरहेका छन् । वैधानिक माध्यमबाट पहिलोपटक कोरियाबाट कारोबार शुरु गरेको नबिल बैंकको अनुमानित ग्राहक संख्या झन्डै १२ हजार रहेको नबिल बैंक कोरिया प्रतिनिधि बिदुर निम्लेखु बताउँछन् । तर मासिक रुपमा पैसा पठाउनेको संख्या औषत ७०० जना रहेका जानकारी बैंकका प्रतिनिधि निम्लेखुले दिए । सनराइज बैंकबाट हालसम्म ६ हजार ५०० जनाले सेवा लिइसकेको सनराइज बैंकका प्रतिनिधी कबिर ध्वज अधिकारी बताउँछन् । पछिल्लो ४ महिनामा सनराइज बैंकको मोबाइल बैंकिङ सेवाले ग्राहकहरुको चासो ह््वात्तै बढेको जानकारी प्रतिनिधी अधिकारीले दिए । सनराइज बैंकमार्फत मासिक ६ देखि ७ लाख डलर भित्रिने गरेको छ भने नबिल बैंकमार्फत झन्डै १० लाख डलर । दोङ्देमुन हिस्ट्री एण्ड कल्चर पार्कबाट नेबिल बैंकको सेवा प्राप्त गर्न सकिन्छ भने सनराइज बैंकको आनसानबाट ।

दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन बहादुर सिंहले दक्षिण कोरियामा रहेका नेपालीहरुको मागलाई मध्यनजर गर्दै आइतबार दूतावास खोल्ने निर्णय गरेसँगै हुण्डि नियन्त्रणका लागि पनि आफूले पहल गर्ने बताएका थिए । दूतावासको त्यो कदमको सामाजिक सन्जाल फेसबुकमार्फत स्वागत भइरहँदा पूर्वराजदूत कमानसिंह लामाको फेसबुक पेजबाट भने आइतबार दूतावास खोल्ने निर्णयले हुण्डिवालाको माग पुरा भएको भनेर कमेन्ट आयो । हुण्डि नियन्त्रणको लागि दूतावासको तर्फबाट के पहल भइरहेको छ त ? राजदूत अर्जुनबहादुर सिंहले हुण्डि निरुत्साहित गर्न आफ्नो तर्फबाट पहल शुरु गरिसकेको दावी गरेका छन् । यससम्बन्धि आवश्यक प्रक्रियाका लागि दूतावासले नेपाल राष्ट्र बैंकको गभर्नरलाई पत्र लेखिसकेको जानकारी राजदूत सिंहले हेल्लो नेपालकोरिया डटकमलाई दिए । साथै यहाँ रहेका सामाजिक संघसंस्थाहरुले सक्रियता नदेखाएकोमा राजदूत सिंहले गुनासो गर्दै सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : २०७४ श्रावण २५ (August 09, 2017)

प्रतिक्रियाहरु


Tej Kumar Gautam wrote on 10 August, 2017
Bank bata pathauna lai bank samma janu paryo. Bank Sunday khuldaina.aru din duty huncha, chodna mildaina. Ani kasari pathaune bank bata paisa? Hundi wala nai sajilo vayena..ek call ko var ma Nepal ma paisa pugxa...

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

• आखिर के चाहन्छ उत्तर कोरिया ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal