LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा नेपालीको मृत्युको श्रृखंला, आत्महत्या किन गर्छन भनेर सोध्नेले नै गरे झुण्डिएर आत्महत्या

हेनेको सम्बाददाता


रोजगार अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीको संख्या बढेसँगै दुर्घटना, आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या पनि बढिरहेको छ । पछिल्लो तीन दिनको अवधिमा कार्यस्थल दुर्घटना र आत्महत्या गरेर दुइ जना नेपालीले ज्यान गुमाएका छन् ।

गुल्मीका बिष्णु प्रसाद घिमिरेको कार्यस्थल दुर्घटनामा निधन भएको तेश्रो दिन अर्थात आज विहान पर्वतका केशव श्रेष्ठले छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भ¥याङमा झुण्डिएर आत्महत्या गरेका छन् । करिब पन्ध्र महिना  अघि रोजगारीका लागि कोरिया प्रवेश गरेका पर्वतका अन्दाजी अठ्ठाइस वर्षिय ती युवकले आज विहान भ¥याङमा पासो लगाएर आत्महत्या गरेको उनका रुम पार्टनरले बताएका छन् । हिजो राम्रो सँग सुतेका साथी विहान काममा जाने समयमा रुममा फेला नपरेपछि रुम पार्टनरले बाथरुम लगायतका स्थानमा खोतलास समेत गरेका थिए ।

खोज्दै जादाँ साथी भ¥याङमा झुण्डिएको अवस्थामा भेटिएको रुम पार्टनरले भावुक हुदै बताए । कम्पनीको काम सजिलो र बसाई पनि सहज भएको अवस्थामा साथीले एक्कासी आत्महत्या गर्नुको कारण थाहा हुन नसकेको उनले बताए । यद्यपी उनले रुममा छाडेको सुसाइड नोटमा कम्पनीले घर विदामा जान्छु भन्दा ल्याङ ल्याङ गरेको उल्लेख गरेका छन् । मृतकले निद्रा लाग्ने औषधी सेवन गर्दै आएको पनि उनले बताए । कम्पनी दिवा र रात्रिकालिन भएपनि उनले दिवा सिफ्टमा मात्र काम गर्दै आएको सहकर्मीले बताए । सहकर्मीका अनुसार हिजो मृतक साथीले कोरियामा किन नेपाली युवाले आत्महत्या गरेर ज्यान गुमाउँछन भनेर कुराकानी समेत गरेका थिए । एक्कासी विहान साथीले नै त्यस्तो गर्दा आफुहरु मर्माहत र विक्षिप्त भएको उनले बताए ।

आत्महत्याका बारेमा नेपालमा रहेका घर परिवारलाई जानकारी गराउने काम भइरहेको हुदाँ संबेदनशिलतालाई ख्याल गर्दै मृतकको नाम उल्लेख गरिएको छैन । आत्महत्याको बारेमा कोरियामै काम गर्ने उनका दाजुलाई खबर गरिएको सहकर्मीले बताए । यसैबीच सउलस्थित नेपाली राजदूतावासले पनि आत्महत्याको बारेमा कोरियन प्रहरीले खबर गरेको बताएको छ । मृतकको शव अहिले छुन्जुस्थित स्थानिय अस्पतालमा राखिएको छ । रेलको पाटपुर्जा निर्माण हुने सिबिसी नामक उक्त कम्पनीमा अन्य नौ जना नेपालीहरु कार्यरत छन् ।
 
कोरियामा बढ्दो नेपाली युवाको आत्महत्यालाई लिएर विभिन्न खाले टिकाटिप्पणी हुने गरेको छ । मिडियाले आत्महत्यालाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरेका कारण आत्महत्या गर्नेलाई मनोबल बढेको हो कि भनेर केहिको टिप्पणी रहेको छ भने केहिले भने पारिवारिक, कामको प्रेसर, वातावरणका कारण गर्ने गरेको बताउने गरेका छन् । तर केहि साता अघि नेपाली राजदुतावासले गरेको एक कार्यक्रममा गैर आवासिय नेपाली संघ एनआरएनए कोरियाका आइसिसि प्रतिनिधि समेत रहेको व्यावसायि के.पी सिटौलाले सहकर्मीका हेपाहा व्यावहार र बोलीका कारण केहिले आत्महत्या जस्तो घृणित बाटो रोज्ने गरेको खुलासा गरेका थिए । उनले कम्पनीमा पुराना नेपाली साथीले नयाँ आउने साथीलाई गर्ने व्यवहार र अप्ठेरो काममा मात्र लगाउने जस्ता पेलान व्यवहारले पनि नेपाली डिप्रेसनमा पर्ने गरेको समेत बताए । भाषा राम्रोसँग नजान्ने, लगातारको काम, फरक रहनसहन लगायतका कारण नेपाली डिप्रेसनमा पर्ने गरेका छन् । सिटौलाका अनुसार नयाँ आउने नेपालीलाई पुराना साथीले राम्रो व्यवहार गर्ने, मध्यरातसम्म जाँड रक्सी सेवन गरी हल्ला गरेर आफ्ना साथीलाई डिस्टर्व नगर्न तथा आफ्नो बोली र व्यवहारले अरुलाई असर गर्यो भनि ख्याल गर्न पनि सुझाव दिएका छन् भने केहिले सोसल मिडियामा बढ्दो अवान्छित स्टाट्सले पनि मानिसलाई डिप्रेसनमा पार्ने गरेको बताउछन् । कोरिया लगायत विभिन्न मुलुकमा काम गरिरहेका नेपालीले नेपालको राजनीतिक घटनालाई लिएर विभिन्न खाले पुच्छरे र कुनै नेताको भक्तिभाव गरेर सोसल साइट्समा स्टाट्स राख्ने क्रम पछिल्लो समय बढेको छ । विकसित देशमा सम्पन्न निर्वाचनलाई समेत बुझेका  नेपालीले स्वतन्त्र भएर खराब र असल नियतका नेता भने अझै छुट्याउन असक्षम देखिएका छन् । अकुत भ्रष्टाचार गरेका नेतालाई राम्रो भनेर पगरी गुथेर स्टाट्स राख्ने पढेलेखेका नेपालीबाट यो पुष्टि हुन्छ कि दुरदर्शी र विकासप्रेमी नेता छुट्याउन नेपाली मतदाता अझै असक्षम छन् ।

प्रकाशित मिति : २०७४ श्रावण २३ (August 07, 2017)

प्रतिक्रियाहरु


Khushi wrote on 09 August, 2017
Sathi jasari patrakar ko galti lai takka dekhiyo tyasari nai kash hamile eutai company ma garne sathi ko manasikta lai thorai vaye ni niyalna sakeko vaye galti dekhina sakinthyo hola sayed usalai help garna sakinthyo hola ..please sabai sathi haru khas garer purano vasa janne kaa. Janne sathi haru naya aaune sathi harulai alikati vaye ni time diu ani companyma korean hos ya aru bideshi kamdarle byabhar lai ali chanakho vayer niyalne garau..ta ki yesari haptai pichxe kunai pni sathi gumaunu napar

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

• आखिर के चाहन्छ उत्तर कोरिया ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal