E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिने

विकास श्रेष्ठ


कोरिया सरकारले रोजगार अनुमति प्रणाली इपिएसको इ नाइन भिषा कडा पार्ने तयारी गरेको छ । विदेशी कामदार कटौति गर्ने रणनीति अनुरुप सरकारले नयाँ नीति र नियम मार्फत भिषामा कडाई गर्न लागेको हो । नयाँ नियम अनुसार गैर व्यावसायिक अर्थात इ नाईन भिषाका कामदारको भिषा अवधि एक पटक भन्दा बढि थप हुने छैन् । चार वर्ष दश महिनाको भिषा अवधि पछि इ नाईन भिषाका विदेशी कामदारले एक पटक भिषा थप्न पाउने नियम रहेको छ । कानुन मन्त्रालयले रोजगार मन्त्रालय र मजदुर युनियनसँग समन्वय र छलफल गरेर नयाँ नियम ल्याउने तयारी गरेको यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । अहिलेको नियम अनुसार इ नाईन भिषामा आएका विदेशी कामदार कोरियामा चार वर्ष दश महिना वसेर काम गर्न सक्छन् । भिषा अवधि सकिएपछि उनिहरु स्वदेश फिर्ता वा अर्को भाषा परिक्षा दिनुपर्ने हुन्छ ।

कोरियन क्षमता परिक्षा उत्तिर्ण भएमा फेरी चार वर्ष दश महिनाको भिषा नविकरण हुन्छ । नयाँ नीतिले दुई पटक भन्दा बढि कोरिया वसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ । कोरियामा इ नाईन भिषा प्राप्त गर्न कोरिया भाषा परिक्षा लगायत विभिन्न परिक्षणमा सफल भएमा सकिने प्रावधान छ । जस अन्र्तगत उमेर हदवन्दी भन्दा कम उमेरका विदेशी कामदार एक पटकको भिषा अवधि सकिएपछि पनि भाषा परिक्षा उत्तिर्ण गरेर पटक पटक कोरियामा काम गर्न आउन सक्ने प्रावधान रहेको छ । यसैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यस बारे पनि आन्तरिक छलफल र परामर्शमा  जुटेका छन् । नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढि बसाईमा बन्देज गर्ने छ । सो अवधि भन्दा बढि बसेमा अवैधानिक हुने छ । नयाँ नीति जारी भएपछि नौ वर्ष आठ महिना भन्दा बढि कोरिया बसेर काम गरिरहेका विदेशी कामदार प्रभावित हुने छन् । नीति जारीपछि ति कामदार स्वतः स्वदेश फिर्ता हुनुपर्ने छ या इ नाइन भिषा बाहेकका अन्य भिषाका लागि आवेदन दिनुपर्ने हुन्छ ।

नयाँ नीति जारी भएपछि इपिएस भाषा परिक्षा दिएर कोरिया काम गरी फर्केर पुनः सिबिटि दिएर आएका सयौ नेपाली कामदार प्रभावित हुने छ । उमेर उन्चालीस वर्ष ननाघेका तथा कम्पनीले उत्कृष्ट कामदारका रुप लिएर पुनः कामका लागि बोलाउन सक्ने सयौ नेपाली कामदार पुनः कोरिया आउनबाट बन्चित हुने छन् । सिविटि दिएर वा पिबीटी दिएर नौ वर्ष आठ महिना अवधि पुरा गरेका सयौ नेपाली अहिले पनि कोरियामा कार्यरत छन् । नियम कार्यन्वन आएपछि स्वतः उनिहरु स्वदेश फिर्ता हुनुपर्ने छ । कोरियामा सन् दुइ हजार आठमा इपिएस लागू भएयता पैतालीस हजार भन्दा बढि नेपाली यहाँ आइसकेका छन् ।

प्रकाशित मिति : २०७४ श्रावण १९ (August 03, 2017)

प्रतिक्रियाहरु


Sagar wrote on 03 August, 2017
K ho yo naya niyam eps bata aayar 4year10months puge ko haru le fere visa renu garna pauni ho ki or compeny change nagare fere to company ma aauni haru lae matra if age vaya pani eps or cbt deyar fere aauna napauni niyam ho Ali bujheyan ho koe lae yo sabande janakare vaya parstha pardenu hola
Deepak wrote on 04 August, 2017
To news chai I ho ni??? https://www.kantipath.com/international-news/migrant-nepali/koriya-migrant-laborers-udaya-rai

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाबाट राहत वितरणमा एकद्वार प्रणाली अपनाउन सोल स्थित नेपाली दुतावासको अनुरोध

• इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

• गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

• बाढीपिडितलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग अभियान

• कोरिया बाट एक युवा लेख्छन ,एक दिन तिमिहरुलाई पनि जनताले त्यहि बांधहरुमा पुर्नेछन्

• रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने

• एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी, घाेषणासँगै काेरिया सरकारबाट सम्मानित जुनुकाे यस्तो दाबि ।

• एनआरएन कोरियाको अध्यक्ष बन्न महिला पनि आतुर ,लक्ष्मी गुरुङ द्वारा उमेद्वारी घोषणा

• बाढी पहिरो पीडितका लागि कोरिया बाट राहत संकलनमा तिब्रता , एकैसाथ लागे दर्जनौ संघ संस्था

• कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

• अबको एनआरएन कोरिया स्वतन्त्र युवाले हाक्छ - उपाध्य्क्षका दाबेदार शर्मा

• अहँ, म आत्महत्याको कल्पना पनि गर्न सक्दिन

• पैसा कमाउन कोरिया गएको कहिल्यै नर्फने मेरो छोरो

• कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ बृहत तीज बिशेष कार्यक्रम गर्ने

• सोल मेट्रो चौबिसै घण्टा संचालनमा ल्याउने नगर प्रसासनको तयारि

• कोरियाको रोजगारी बन्दैछ डरलाग्दो मृत्युको शृंखला , हाल सम्म ज्यान गुमाउनेको संख्या १३२ पुग्यो

• कोरियामा २ /३ हजारको लोभमा हुण्डी

• लाख कमाउने सपनाको देश कोरिया ...अनि यस भित्रको वास्तविकता

• आफ्नै देशमा निर्मित ह्वासङ–१२ मिसाइलद्वारा अमेरिकी हवाइ अड्डा रहेको गुआममा हमला गर्ने उत्तर कोरियाको तयारी

• कोरियामा दुर्घटनामा परि निधन भएका घिमिरेको शव शुक्रवार नेपाल पठाइने , दुतावास र एनसिसिका प्रतिनिधि द्वारा घटनास्थल को निरिक्षण

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal