इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउने

विकास श्रेष्ठ, सोल

कोरिया सरकारको श्रम मन्त्रालयले रोजगार अनुमति प्रणाली इपिएस मार्फत यहाँ रोजगारी गर्न आउने विदेशी कामदारलाई लक्षित गरी नयाँ निर्देशिका जारी गरेको छ । कामदारले मासिक रुपमा पाउने पारिश्रमिकको बीस प्रतिशत सम्म कटौति सम्बन्धीत कम्पनीले गर्न सक्ने प्रावधान सहित नयाँ निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका अनुसार कम्पनीले खाना र आवास दिए बापत् कामदारको नियमित तलबबाट बीस प्रतिशत सम्म रकम कटौति गर्न सक्ने छन् । सरकारले गत महिना अर्थात फ्रेबुअरी छमा निर्देशिका जारी गरेको र दश तारिख देखि कार्यन्वन गर्न कम्पनीलाई परिपत्र गरेको प्रवासी मजदुर संघ एमटियूका अध्यक्ष उदय राईले जानकारी दिएका छन् ।

राईका अनुसार श्रम मन्त्रालयको मानव संशाधन विभाग एचआरडीले इपिएस कामदार ल्याउने मुलुकमा नयाँ श्रम सम्झौता गर्दा नियमित तलबबाट खाना र बस्नका लागि भनेर बीस प्रतिशत रकम काट्न सकिने प्रावधान सहितको बुदाँ उल्लेख गरेर पठाउने तयारी गरेको छ । यस अघि अधिकांश कम्पनीहरुले कामदारलाई निशुल्क खाना र बस्नको सुविधा दिदै आएका छन् भने केहि कम्पनीले खाना र आवासको केहि रकम तलबबाट काट्ने गरेका छन् । नयाँ निर्देशिकाले कम्पनी मालिकलाई तलबबाट रकम काट्न हौसला दिएको र कोरियाका असी प्रतिशत भन्दा बढि कम्पनीले अब सम्झौता गर्दा बीस प्रतिशत सम्म रकम काट्ने गरेर कामदारलाई सम्झौता गराउने छन् । यद्यपी यो निर्देशिकाले यहाँका तथा कोरियन कामदारको बारेमा भने केहि बोलेको छैन् । कोरियन कामदारले खाना, आवास निशुल्करुपमा सुविधा लिदै आएका छन् ।

एमटियूका अध्यक्ष राईले कोरिया सरकारले इपिएस कामदारको सुविधा कटौति गर्दै कम्पनी मालिकलाई थप अधिकार प्रदान गरेकोले यसको विरोध गर्नु बाहेक अर्को विकल्प नभएको बताएका छन् । प्रवासी मजदुरको पसिना चुसेर कम्पनी मालिक मोटाउने कार्य निर्देशिका सरकारले  बनाएकोमा एमटियूले खारेजीको माग गर्दै दबाबमुलक आन्दोलनमा होमिएको बताए । एमटियूले आफ्नो स्थापनाकाल देखिनै खाना र बस्न निशुल्क उपलब्ध गराउनु पर्छ भनेर आवाज उठाउदै आएको पनि उनले बताए । कम्पनीले निशुल्क खाना र बस्नको सुविधा दिन नसके तीन देखि पाँच प्रतिशत सम्म कामदारको तलबबाट कटौति गर्न सक्ने गरी निर्देशिका ल्याउनुपर्ने माग पनि एमटियूको रहेको छ । एमटियूका अध्यक्ष राईले अब इपिएस कामदार एकजुट भएर कामदार अहित निर्देशिका खारेजीको दबाबमुलक आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

एमटियूले कोरियामा लागू हुने इपिएस नीति नियम मजदुर मैत्रि नभएको भन्दै यसमा व्यापक सुधार गर्नुपर्ने माग राख्दै आन्दोलन समेत गर्दै आएको छ । इपिएसका खराब नीतिका कारण कामदारले कम्पनीबाट दुव्र्यवहार, समयमै तलब नपाउने लगायतका समस्या भोग्दै आएको दाबी पनि एमटियूको छ ।

कोरियामा हाल बीस लाख हाराहारीमा विदेशी कामदार कार्यरत रहेका छन् । जसमा इपिएस मार्फत रोजगारीका लागि कोरिया आउने नेपालीको संख्या झण्डै चालीस हजार रहेको बताइन्छ । त्यसैगरी कोरिया सरकारले आगामी वर्षका लागि नेपालबाट दश हजार भन्दा बढि नेपाली कामदार ल्याउन कोटा निर्धारण गरेको छ । नयाँ निर्देशिकाले एक लाख पचास हजार भन्दा बढि कमाउने आशामा रहेका कामदारलाई पनि प्रत्यक्ष असर गर्ने छ ।


प्रकाशित मिति : २०७३ फाल्गुन १८ (March 01, 2017)

प्रतिक्रियाहरु


indra bahadur khatri wrote on 01 March, 2017
कम्पनी मा eps कामदार ले एसै त दुख पायका छन। basic talab त पायका छैनन् झन यो 20% कताउने भय त korea मा यति दुख गरेर के फाइदा........तेसैले यो नियाम खारेज हुनु पर्छ।
मुकेस wrote on 01 March, 2017
काेरिया
Hari Rai wrote on 01 March, 2017
Bad news

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाबाट राहत वितरणमा एकद्वार प्रणाली अपनाउन सोल स्थित नेपाली दुतावासको अनुरोध

• इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

• गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

• बाढीपिडितलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग अभियान

• कोरिया बाट एक युवा लेख्छन ,एक दिन तिमिहरुलाई पनि जनताले त्यहि बांधहरुमा पुर्नेछन्

• रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने

• एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी, घाेषणासँगै काेरिया सरकारबाट सम्मानित जुनुकाे यस्तो दाबि ।

• एनआरएन कोरियाको अध्यक्ष बन्न महिला पनि आतुर ,लक्ष्मी गुरुङ द्वारा उमेद्वारी घोषणा

• बाढी पहिरो पीडितका लागि कोरिया बाट राहत संकलनमा तिब्रता , एकैसाथ लागे दर्जनौ संघ संस्था

• कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

• अबको एनआरएन कोरिया स्वतन्त्र युवाले हाक्छ - उपाध्य्क्षका दाबेदार शर्मा

• अहँ, म आत्महत्याको कल्पना पनि गर्न सक्दिन

• पैसा कमाउन कोरिया गएको कहिल्यै नर्फने मेरो छोरो

• कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ बृहत तीज बिशेष कार्यक्रम गर्ने

• सोल मेट्रो चौबिसै घण्टा संचालनमा ल्याउने नगर प्रसासनको तयारि

• कोरियाको रोजगारी बन्दैछ डरलाग्दो मृत्युको शृंखला , हाल सम्म ज्यान गुमाउनेको संख्या १३२ पुग्यो

• कोरियामा २ /३ हजारको लोभमा हुण्डी

• लाख कमाउने सपनाको देश कोरिया ...अनि यस भित्रको वास्तविकता

• आफ्नै देशमा निर्मित ह्वासङ–१२ मिसाइलद्वारा अमेरिकी हवाइ अड्डा रहेको गुआममा हमला गर्ने उत्तर कोरियाको तयारी

• कोरियामा दुर्घटनामा परि निधन भएका घिमिरेको शव शुक्रवार नेपाल पठाइने , दुतावास र एनसिसिका प्रतिनिधि द्वारा घटनास्थल को निरिक्षण

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal