LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

आठौ कोरियन भाषा परीक्षा असार पहिलो हप्ता सञ्चालन गरिने

इपिएस कोरिया शाखाले २०७४ सालको असार पहिलो हप्ता कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षाका लागि प्रारम्भिक तालिका तयार गरिएको छ । परीक्षा तालिकामा एचआरडी कोरियासँग छलफल गरिने छ । तालिका स्वीकृत भए सोही अनुसार परीक्षा सञ्चालन हुनेछ ।

शाखाले फागुनको दोश्रो हप्ता सुचना जारी गर्ने र चैतको दोश्रो हप्ता भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको छ । यस वर्षदेखि आवेदन अनलाइनबाटै लिने तयारी गरिएको छ ।

गएको वर्षदेखि नै अनलाइनबाट फारम भर्ने तयारी गरिएपनि अन्तिममा रद्द गरिएको थियो । अनलाइन आवेदनका लागि अहिले सफ्टवेयर तयारी अवस्थामा रहेको इपिएस कोरिया शाखाले जनाएको छ । असारमै परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यस्तै भदौ दोश्रो हप्ता स्किल टेष्ट लिइनेछ ।

अनलाइन परीक्षाका लागि पाँच वटा हल बनाइने
एचआरडी कोरियाले सन् २०१९ जनवरीदेखि भाषा परिक्षा अनलाइनबाटै लिने निर्णय गरेपछि नेपालमा पाँचवटा सिबिटी हल निर्माण गरिने भएको छ ।

निर्देशक खतिवडाका अनुसार इपिएस शाखाले केही दिन भीत्रैमा सिबिटी हल निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने तयारी गरेको छ । झण्डै दुई वर्षमा हल निर्माण पूरा गर्ने प्राविधिकले जनाएका छन् । अनलाइन प्रणालीमा परीक्षा सञ्चालन भएपछि परिक्षार्थीले तत्काल आफ्नो नतिजा हेर्न सक्नेछन् ।

मन्त्रीको टोलीले कोटा बढाउन अनुरोध गर्ने
श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ सहितको टोली दक्षिण कोरिया जाने तयारी भैरहेको छ । टोलीले नेपाली कामदारको समस्या र आगामी दिनमा नेपालीको रोजगारीको सम्भावनाका विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

निर्माण क्षेत्रमा नेपाली कामदारका लागि कोटा बढाउन अनुरोध गर्ने तयारी छ । तर दक्षिण कोरियाले आर्थिक अवस्था बिग्रिंदै गएको भन्दै आप्रवासी कामदारको कोटा बढाउने सम्भावना कम छ । दक्षिण कोरियाका रोजगारदातामाझ नेपाली कामदार दोश्रो रोजाइमा छन् ।

सिबिटी परीक्षा स्थगित गर्ने
एचआरडी कोरियाले यो वर्ष सिबिटी परीक्षा स्थगित गर्ने भएको छ । सिबिटी पास गरेर कोरिया जाने रोष्टरमा धेरै युवा भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । तर आधिकारिक पत्र आइनसकेको इपिएस शाखाले जनाएको छ  । यो निर्णय नेपालसहित आप्रवासी कामदार जाने १६ देशमा लागु हुनेछ ।

पाँच वर्ष कोरियामा काम गरेर फर्किएकाले सिबिटी परीक्षा पास गरेर फेरी जान पाउँछन् । सन् २०१३ देखि हालसम्म १५ चरणमा सिबिटी परीक्षा भएको छ । सिबिटी परीक्षा पास भएर प्रतीक्षा रहेकालाई भने सन् २०१७ मा कोरिया फर्कन अवसर कोरियाको तयारी छ । इपिएस कोरिया   शाखाका अनुसार झण्डै १२ सय नेपाली प्रतिक्षामा छन् । उज्यालोबाट 

प्रकाशित मिति : २०७३ माघ ०९ (January 22, 2017)

प्रतिक्रियाहरु


Sunil kirant wrote on 22 January, 2017
Apo choi ramro hune vo
Roman Gurung wrote on 23 January, 2017
यस वर्ष कति जनाको निम्ति कोटा खुल्छ?
kiran chhetri wrote on 23 January, 2017
Kati jana ko kota x sir pali
amrit adhikari wrote on 23 January, 2017
Last kam vaya xa ahile ta kota yrrr
bhimsen thapa wrote on 24 January, 2017
yo barsa cbt rokina kura xha ani cbt rokiyo vani ta pbt ra cbt ko compitision hola chanse ta cbt haru ko hola haina ta ??? ki pbt kota ma cbt le dina paudainan ta????
Rabindra Airi wrote on 24 January, 2017
Quota kati ho kamdaar ko
ramesh rai wrote on 25 January, 2017
२०७४ को लागी कृषि र उत्पादन मा कोटा कति हो सर्
kamalapudasaini wrote on 25 January, 2017
k aba 2016ma pass vayera basneharu sabai korea lanxa ta
Kabinmoktan wrote on 04 February, 2017
2017salama manu and agriculture ma kota katikati xa

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

• आखिर के चाहन्छ उत्तर कोरिया ?

• कोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यक

• बिदेशी महिला कामदारलाइ जबर्जस्ति करणी गर्ने कोरियन कम्पनि मालिक लाइ ५ बर्षको जेल सजाय

• उत्तर कोरियालाई ट्रम्पको कडा चेताबनी , किम जोन लाइ दिए बिरामी छाउरो को संज्ञा

• कोरियामा कठ्याग्रिदो जाडो बढ्ने क्रम जारी, तापक्रम माइनस पाँच भन्दा पनि माथि

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal