कोरियामा नेपालीको काम राम्रो

गोपाल संग्रौला

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया गएका नेपाली कामदारको कार्यसम्पादन राम्रो देखिएको छ । कोरियामा नेपाली कामदारको व्यवहार अन्य १५ राष्ट्रका कामदारको तुलनामा सन्तोषजनक रहेको विभिन्न सुचकांकले देखाएको हो ।

यसैगरी कोरिया कामदार पठाउँदा नेपाल सरकारले अवलम्बन गरेको प्रक्रियासमेत अन्य देशको भन्दा राम्रो छ । नेपाल सरकारले ईपीएस कार्यालय स्थापना गरेर सर्वसुलभ र छिटोछरितो कामदार पठाएपछि कोरिया सरकारले नेपाललाई तीनपटक सम्मानसमेत गरिसकेको छ ।

नेपालले कामदार पठाउने मात्र नभई नेपाली युवाले कोरियाका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेर लगनशील कामदारको सम्मानसमेत पाइसकेका छन् । अन्य १५ देशको तुलनामा कोरियाका एउटै कम्पनीमा लगातार ४ वर्ष १० महिना काम गरेर पुनः प्रवेश पाउने ‘कमिटेट वर्कर’ हरूमा नेपालीको संख्या धेरै छ ।

एउटै रोजगारदातासँग लगातार कार्यअवधिसम्म काम गर्ने विदेशी कामदारलाई कोरियाले पुनः रोजगारीको अवसर खुल्ला गरेको छ । कोरियामा छिटोछरितो कामदार पठाउने मुलुक, कम अवैधानिक र कम लागतको सुचकांकमा नेपाल अग्रस्थानमा छ भने धेरै कामदार पठाउने देशमा नेपाल दोस्रो स्थानमा छ ।

कोरियामा कामदार पठाउँदै आएका १६ राष्ट्रमध्ये अवैधानिक बस्ने विदेशी कामदारको संख्या गणना गर्दा नेपाली सबैभन्दा कम छन् । कोरिया सरकारले कामदार पठाउने देशका अवैधानिक कामदारको संख्या हेरर कोटा थपघट गर्ने गरेको छ । कोरियामा जुन देशका कामदारको अवैधानिक बस्ने संख्या कम छ सोही देशलाई कोटा थप गर्दै आएका कारण नेपाललाई दिने कोटा बढ्दै गइरहेको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले बताए ।

“कोरिया सरकारले यो वर्ष स्वेच्छिक स्वदेश फर्कने विदेशी कामदारलाई पुनः रोजगारीको अवसर दिने जनाएको छ,” उनले भने, “स्वेच्छिक रूपमा फर्केका केही कामदार पुनः कोरिया जाने अवसर बुझ्न आइरहेका छन् ।” यसरी नै शाखाले कोरियामा बसेर फर्केका कामदारलाई पुनः रोजगारीमा जानका लागि ३/३ महिना कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) पनि सञ्चालन भइरहेको जनाएको छ ।

कोरियाले नेपाली कामदार लिन नेपालसँग सन् २००८ देखि श्रम सम्झौता गदै आएको छ । यो श्रम सम्झौता प्रत्येक २ वर्षमा नवीकरण गरिँदै आएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवायुवतीको संख्या बर्सेनि बढ्दै छ ।

कोरिया सरकारले ईपीएस प्रणाली लागू हुनु अघिदेखि नै कामदारको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने गरेका कारण पनि त्यहाँ जाने नेपालीले अन्य देशको तुलनामा राम्रो आम्दानी गर्ने गरेको अधिकृत भण्डारी बताउँछन् ।

प्रकाशित मिति : २०७३ पौष २६ (January 11, 2017)

प्रतिक्रियाहरु


kancha sherpa wrote on 12 January, 2017
Maile 4 time try garda ni naam niskena yesma ma chintit xu
dhan lal mahatara wrote on 11 February, 2017
Hoina nepali le ta korea ma ramro gayra vayeta kotha pani badi aauthyo hola paxillo barsa ma ghaan kotha kam hudai aayeko xa ta yes barsa pani kamai ta hola yo news aanusar ta kotha badnu parnu parne hoina ra .barsa ma 60000 jana manxe lai almaliraheko matra xa

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...

• कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारी

• उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ता

• कोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार

• एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन

• इपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)

• सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो

• हतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट

• रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ

• दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी

• अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ

• बुकिंग खुल्ला भएको ५ दीनामै सामसुंग ग्यालेक्सी S8 को पुर्व अर्डर ७ लाख नाघ्यो

• अमेरिका संग लड्न सक्षम रहेको भन्दै उत्तर कोरिया द्वारा अहिले सम्मकै सबैभन्दा ठुलो सैन्य ताकत प्रदर्शन

• दिलकुमारले कम्पनी छोडदैछन

• अमेरिका संग तनाब बढेपछी उत्तर कोरियाले राजधानी प्योंगयांग खालि गर्न थाल्यो

• आज नेपाली नयाँ बर्ष , कोरियामा पनि एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइदै

• दुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु

• कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......

• कोरियाको फेन्तेक सहरमा बिबिध कार्यक्रमका साथ नयाँ बर्ष २०७४ लाइ भव्यरुपले स्वागत गरियो

• कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal