'काव्य सुधा' मा न्यानो स्पर्श

हेनेको संवददाता, दक्षिण कोरिया

हिउँको चिसो गम्सा बेरेर बसिरहेको राजधानी सौललाई आईतबार चार युवाकविले आफ्ना कविता सुनाएर न्यायो प्रदान गरे। अन्तर्राष्ट्रिय साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको 'काव्य सुधा' नामक कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ्ग, बोनम प्रताप र यल्जी विवसले आफ्ना उत्कृष्ट पाँच पाँच कविता सुनाए।

अनेसासका उपाध्यक्ष बलदेव भट्टराईको उद्घोषणबाट शुरु भएको कविता वाचनमा कार्यक्रममा संयोजक सरोज सर्वहाराले कार्यक्रमबारे प्रकाश पार्दै अतिथि र कविहरुलाई स्वागत गरेका थिए। काव्यसुधाको पहिलो खण्डमा चार कविहरूले कविता वाचन गरे।

"जहिले देखि थाहा पाएँ,
बक्रा र चिसाङ खोलाभन्दा क्षितिज टाढा छ
जिन्दगी जटिल त्यँही देखि त भएको हो"...
म नि सुन्दर थिएँ नि शिर्षकको कविताबाट बोनम प्रतापले दर्शकबाट वाही वाही पाए। उनले बाउ र फूल, आँशु, फ्ल्यासब्याकमा बूढो मान्छे र ओ समयलाई कमजोर नसम्झ शिर्षकका कविता सुनाए।

"बरु सबैलाई गाएर सुनाईदिनु
बुद्धको एक अन्तरा गीत
र भन्नु तिमीले अरूलाईपनि
हामी जहाँ रहेपनि जति टाढा भएपनि
सबैभन्दा नजिक हुनुपर्छ आमा माटो र देश।"
कवि जीवन खत्रीले आग्रह शिर्षकको यो कविता सुनाईरहँदा उपस्थित सबै भावुक देखिए र आफ्नो देश सम्झिए। उनले अरु थप आमाहरूको गन्थन, एउटा खस्रो चित्र, बालुवाको मरूभूमिबाट र बदला शिर्षकका कविता सुनाए।

"म कुर्सी प्रदान देश,
बेमौसममै आली लाग्छु,
बेमौसममै बाली लाग्छु।"
अर्का कवि प्रमोद सारङ्ग सुनाउँदै थिए, देशको सरकार फेरिरहने विषयलाई व्याङ्ग्य गरेर, म कुर्ची प्रदान देश शिर्षक कविता। उनले पिडाको रंग, आमा र देश, समयपथ, नाथे भोक शिर्षकका कविता पनि वाचन गरे।
लगत्तै यल्जी विवसले समय शिर्षक कविता सुनाए,

म उड्दा, मेरो पखेटा ठोकिन्छ,
यो साँघुरो आकासको भित्तामा।
म बस्दा अण्डा जस्तै फुट्न खोज्छ-
यो कमजोर पृथ्वी...

त्यसपछि उनले काठमाण्डौ, सबै उसैको हो, ज्योती र दुई देश शिर्षक कविता लगातार सुनाए। श्रृङृखलाबद्ध रुपमा सञ्चालन गरिने कव्य सुधा अन्तर्गतको पहिलो कार्यक्रममा कविता वाचन गर्ने चार कवि, प्रम‍ोद सारङ्ग, जीवन खत्री, बोनम प्रताप र यल्जी विवसलाई अनेसास काव्य पुरस्कार - २०१६ समेत प्रदान गरियो।

कार्यक्रममा नेपाली भाषा साहित्यलाई प्रवासमा रहेर पनि निरन्तर योगदान दिएको भन्दै कवि जीवन खत्रीलाई अनेसास देवकोटा पदक, बिनोद एकलभ्यलाई अनेसास साहित्य सम्मान, समाजसेवी जुनु गुरुङलाईलाई अनेसास सम्मान, बिदुर शर्मालाई अनेसास काव्य सम्मान प्रदान गरियो। नेपाली भाषा साहित्यलाई माया गर्ने कविहरूलाई कविता वाचन कार्यक्रम राखेर सम्मान समेत गरेकामा कवि मञ्जु गुरुङ, पत्रकार ऐश्वर्य श्रेष्ठ लगायत अतिथिहरूले खुसी व्यक्त गरे।

कार्यक्रमको दोस्रो खण्डमा जितेन्द्र बानियाँ, विनोद परिवर्तीत, समीर कार्की, पूर्वेली गाउँले, कमल परियार, विनोद एकलभ्य, सरोज सर्वहारा, दिपेन्द्र भट्टराई, डि आर न्यौपाने, गणेश पौड्याल लगायतले कविता, गजल, मुक्तक वाचन गरे। उनीहरूका रचनामा जीवनजगत, देशप्रेम ,प्रवासका पीडा जस्ता समसामयिक परिवेश समावेश थिए ।

अनेसास कोरिया लिङ्ग,जात,भाषा र क्षेत्रको प्रभावबाहिर रहेर साहित्य साधकहरूलाई स्थान र सम्मान गर्दै नेपाली वाङ्मयको सेवामा सधैं समर्पित हुन पाएकोमा खुसी हुदैँ संस्थाका अध्यक्ष्य क्रिस गुल्मेली बाबुले केही महिना भित्रै बिभिन्न देशका नेपाली स्रष्टाहरू बोलाएर कोरियामा नेपाली साहित्यको कुम्भ मेला गर्न लागेको जानकारी दिए। संस्थाले यसअघि पनि थुप्रै साहित्यिक कार्यक्रमहरू गरीसकेको छ।

 

प्रकाशित मिति : २०७३ पौष २५ (January 09, 2017)

सम्बन्धित तस्विरहरु





प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड

• विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजना

• कोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ

• कोरियामा बढ्दो अप्रत्यासित निधनको घटनाप्रति गम्भिर छुः नवनियुक्त राजदूत सिह

• कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन

• मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष

• नेपाल सरकारले कोरिया लगाएतका देशमा गएका कामदारको अकाल मृत्युको कारण खोज्ने

• सगुनका संथापक गिरी कोरिया आउने

• उत्तर कोरिया द्वारा पुन अर्को ब्यालेस्टिक मिसाइल परिक्षण ,दक्षिण कोरियाली सुरक्षा परिषदको आपत कालिन बैठक

• हिंसा, हत्या, डिप्रेसन, तनाव र आत्महत्याको प्रमूख कारक नै भय हो, यसलाई नियन्त्रण गर्ने उपाय पनि छ:देश सुब्बा

• दक्षिण कोरियाको लागि राजदुत नियुक्त , छिट्टै पठाउने सरकारको तयारी

• कोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु

• कोरियाका मिडियामा राष्ट्रपति मूनको नेपाल भ्रमण बारे चर्चा

• कुलमानलाई काेरियाबाट एक युवाको पत्र,अगाडी बढ्नुहोस साथ् दिने हामि छौं

• उनै सपना संगको पछिल्लो पल

• नव निर्बाचित कोरियाली राष्ट्रपति मुन द्वारा सपद ग्रहण , दुइ कोरियाबीचको तनाब अन्त्यको लागि उत्तर कोरिया भ्रमण गर्न तयार रहेको भनाइ

• कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो

• उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
सनराइज बैंकले राख्यो कोरियाको फेन्तेक सहरमा बृहत खाता खोल्ने कार्यक्रम ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजनाकोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमबृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal