कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

कोरियामा इपिएस कामदारको संख्या बढ्ने क्रम संगै यहा प्रवेश गरेका नेपाली श्रमिक हरुको समस्या पनि बढेर गएको छ l कम्पनि परिबर्तनका समस्या देखि लिएर बिरामी हुदा उपचार नपाउने तथा कम्पनि साहुहरुबाट हुने गरेका गालिगलौज ,कुटपिटका घटना समेत बाहिर आउन थालेको अबश्थामा कोरिया स्थित नेपाली दुतावासको भूमिका के त ? वा   श्रमिक हरुका समस्या समाधानमा दुतावासले कस्तो भूमिका निभाइरहेको छ l  यिनै बिषयबस्तुमा केन्द्रित रहेर सौल स्थित नेपाली दूतावासका  श्रम काउन्सिलर देबराज ढकाल संग हेल्लो नेपाल कोरिया डट कम  सम्बादाता पत्रकार किशन गौतमले  गरेको कुराकानीमा आधारित एक  रिपोर्ट l


प्रश्न - दुतावासमा नेपाली श्रमिकहरुका गुनासाहरु कत्तिको आउने गर्दछन ?


उत्तर - गुनासहरु त अत्यन्तै आउने गर्दछन तर हामीले उक्त गुनासाहरु जायज हुन् वा हैनन् भन्ने बुझेर मात्र समाधान तिर लाग्ने गरेका छौ l


प्रश्न - बिसेष गरि कस्ता गुनासाहरु बढी मात्रामा आउने गरेका छन् ?


उत्तर - यहाँ धेरै किसिमका गुनासा हरु आउने गर्दछन ,जस्तै कम्पनि परिबर्तन गर्न रिलिज पेपर दिएन ,थेजिगुम कम दियो ,ओटी दिएन ,ओटी घटायो ,समयमा तलब दिएन ,कुटपिट गर्यो, मानसिक टर्चर दियो बोनस भिषा थप गरिदिएन , औषधि उपचार गराएन आदि नै हुन् l यहाँ त यस्ता सम्म गुनासा आउने गर्छन कि कोरिया प्रवेश गरेको ४/५ दिन भाको छैन कम्पनीले रिलिज पेपर दिएन  भनेर फोन गर्दछन l 


 
प्रश्न -कस्ता खाले गुनासाहरुलाई दुतावासले समाधान गर्दछ ?


उत्तर - कम्पनि साहुले अमानविय तरिकाले मानसिक वा  शारीरिक पिडा दिएको अबश्थामा , कतिपय  आफ्नो स्वास्थ्यको  कारण  उक्त कम्पनीमा काम गर्न असमर्थ हुदा हुदै पनि कम्पनीले रिलिज नदिएमा वा कम्पनीको कारण चोटपटक लागि उपचार नपाएमा  त्यस्तै  खाले जटिल अबश्था देखेमा हामीले हस्तछेप गर्नु पर्ने हुन्छ l  तर हाम्रो पनि एउटा  कुटनीति दयारा हुन्छ l उक्त दयारा नाघेर अघि बढ्न हामीलाई पनि अफ्ठ्यारो हुन्छ किन कि दुतावास भित्र सम्म मात्र हामी नेपालको कानुन अनुसार चलेका हुन्छौ भने यहाँ बाट बाहिर निस्किसकेपछी हामी पनि कोरियाको नियम कानुन अनुसार नै चल्नु पर्ने हुन्छ l  अर्को कुरा समान्य अबस्थामा पनि कम्पनि परिबर्तन गर्न साहुले रिलिज  दिएन रिलिज पेपर दिलाइदिनु पर्यो भन्दै फोन आउने गर्दछ l जसले गर्दा उ वास्तविक  पिडितनै  हो वा होइन पत्ता लगाउन हामीलाई पनि गार्हो हुन्छ l  त्यसकारण वास्तविक पीडितका गुनासाहरु ओझेलमा नपरुन भन्ने हाम्रो चाहाना  हो l


प्रश्न - कम्पनिले पिडित बनायो ,कुटपिट गर्यो ,सौचालयमा थुन्यो ,भोकै राख्यो यस्तो अबश्थामा दुतावासमा फोन गर्दापनि कुनै सहयोगको आस्वासन सम्म पाइएन ,दुतावासको फोन नै उठेन जस्ता निकै गुनासाहरु सुनिन्छन नि l के हो वास्तविकता स्पष्ट पर्दिनुस न ?


उत्तर - त्यस्ता केहि घटना हरु भएका पनि छन् र जानकारीमा  आएका  पनि छन् l कतिपयको अबश्था हेरिकन हामीले उद्वार पनि गरेका छौ l कतिपयलाई सम्झाई  बुझाई पनि गरेका छौ l सम्बन्धित क्षेत्रका संघ संस्थाहरुको सहकार्यमा उनीहरुको वास्तविक अबश्था बुझ्ने कोसिस गरिरहेका पनि  छौ l  तर पनि कम्पनिबाट रिलिज पेपर पाउनकालागि मात्र बिभिन्न बाहनामा गुनासा हरु बढी आउदा वास्तविक पीडितका मुद्दाहरु ओझेलमा परेका पनि हुन सक्छन l तर वास्तविक पीडितले उद्दार पाओस भन्ने हाम्रो चाहना हो l जहा सम्म दुतावासको फोन उठेन वा आस्वासन सम्म पाइएन भन्ने कुरा त बास्तबिकता होइन  जस्तो लाग्छ मलाई किनकि हामीले फोन त प्राय उठाएकै हुन्छौं l कुनै बेला रातिको समय वा बिदाको बेला भएर नउठेको पनि हुन सक्छ l तर हामी  कुटनीति दयारा भित्र रहेर समस्या समाधान गर्न हरदम प्रयासरत छौ l


प्रश्न - तपाइको झन्डै एक बर्षे कार्यकालमा इपिएस श्रमिकका कस्ता कस्ता समस्या समाधान गर्नु भो ? केहि उदाहरण हरु दिनुहोस न ?


उत्तर - म ,श्रम काउन्सिलरको रुपमा कोरिया प्रवेश गरेको १० महिने अबधिमा केहि कामदारहरुका केहि जटित समस्या हरु समाधान गरेको पनि छु र गर्ने प्रयासरत पनि छु l उदाहरण दिनै पर्दा धरानको एकजना राइ भाइको नेपाल मै रहदा हात भाँचिएको रहेछ तर यहाँ प्रवेश गरिसकेपछि उसको काम फलाममा परेछ धेरै वजन भएको ग्रिन्डीङ् मेसिन चलाउनु पर्ने हुदा त्यसको भाइब्रेसनले उसको हात निकै दुखेको रहेछ र काम गर्न नसक्ने अबस्थामा पुग्दा पनि कम्पनीले रिलिज नदिएकोले हामीलाई फोन आयो उनको बास्तबिकता बुझेर कम्पनि परिबर्तन गर्न सहयोग गयौं हाल उनको अबश्था सामान्य छ l त्यस्तै ६ जना जति साहु बाट कुटपिट तथा दुर्ब्याबहारका केस आएकोमा ४ जना ले कम्पनि परिबर्तन  सम्म पाएका थिए भने २ जना लाइ सम्झाई बुझाई पछी सोहि कम्पनीमै काम गर्न राजि भएका थिए l कुटपिट को घटनामा कानुनि उपचार तिर पनि लागेका थियौ तर पछी पिडित आफै मुद्दा फिर्ता लिन राजि भए l यी केहि उदाहरण मात्र हुन् l


प्रश्न -  तपाइको बिचारमा कम्पनि परिबर्तन रहर कि बाध्यता ?


उत्तर - केहि हद सम्म बाध्यता पनि छ l काम को समस्या ,बसाइको समस्या ,स्वास्थ्यको कारण आदि बाध्यता पनि हो तर यँहा देखासिखी पनि बढी छ l फलानोले यति कमायो ,मेरो त कमाइ  कम भयो .ओटी भएन ,रमाइलो ठाउँ परेन आदि भन्दै कम्पनि परिबर्तन तिर लाग्नेको संख्या पनि यहाँ कम छैन l


प्रश्न - इपिएस श्रमिकका समस्या समाधानमा तपाइलाई परेका केहि अफ्ठ्याराहरु पनि छन् कि ?


प्रश्न - अफ्ठ्यारा हरु त हामीलाई पनि धेरै छन् l हामि पनि यहाँको नियम कानुन आनुसार नै चल्नु पर्दछ l कामदारका समस्याबारेमा हामीले पनि यहाको नादंङ्गबू लाइ जानकारी गराउने हो हामि सिधै कम्पनीमा हस्तछेप गर्न गार्हो हुन्छ l अर्को कुरा हामीलाई पनि भाषाको समस्या हुन्छ कतिपय कम्पनि मालिकहरुले अंग्रेजी भाषा बुझ्दैनन् l हामीसंग भाषा अनुवादकको राम्रो ब्याबश्था पनि छैन l त्यो पनि हाम्रो लागि कठिनाइ हो l


प्रश्न - यो इपिएस नीतिनै  खराब छ जसको कारण बिदेशी श्रमिकहरु सधै अन्यायम परिरहेका छन् भन्ने कुरा पनि  आइरहेको  छ नि ? तपाइको बिचारमा के लाग्छ ?


उत्तर - सम्पूर्ण नीति नै खराब त भन्न मिल्दैन तर केहि बुँदा हरु भने सुधार गर्नु पर्ने देखिन्छ l सबै भन्दा सुधार गर्नु पर्ने बुँदा भनेको सहज रुपले कम्पनि परिबर्तन गर्न पाउने अथवा कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा यस्ताखाले समस्या हरु आफै समाधान भएर जान्छन जस्तो लाग्छ मलाई l


प्रश्न - अन्त्यमा के भन्न चाहनु हुन्छ ? 


 उत्तर -मेरो अनुभबमा यसरि कुनै पनि देशमा श्रम काउन्सिलर पठाउदा सम्बन्धित देशको भाषा जानेको कर्मचारी  नै उपयुक्त हुन्छ जस्तो लाग्दछ  l भाषाकै कारणले कामदारको  बास्तबिकता बुझ्न हामीलाई पनि निकै कठिनाइ परेका अनुभब हरु छन् हामि संग  छन् l
र अन्त्यमा कोरियामा रहेका सम्पूर्ण इपिएस श्रमिक हरुलाई म के भन्न चाहन्छु भने तपाईहरु कोरिया प्रवेश गर्दा म जे जस्तो परेपनि गर्न सक्छु l म कोरियामा काम गर्न जादैछु भन्ने दृढ विश्वास लिएर आउनुहोस l आफुलाई कहिले पनि कमजोर नसोच्नुहोस l  शारीरिक तथा मानशिक रुपमा आफुलाई पूर्ण रुपमा तयार बनाएर मात्र कोरिया प्रवेश गर्नुहोस अनि मात्र कोरियामा तपाइले सफलता पाउनु हुने छ l र तपाइँ हरुले आफुलाई परेका पिर मर्का दुतावासलाइ जानकारी गराउनु होस् हामी तपाइँहरुलाई सहयोग पुर्याउदै जानेछौ l




प्रकाशित मिति : २०७३ पौष २० (January 04, 2017)

प्रतिक्रियाहरु


udaya Rai wrote on 05 January, 2017
अखेरीमा कुरात मजदुरको समस्या स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने कानुन बनेमा समाधन हुने तर अहिलेको कानुनलाई कुटनीतिक मर्यादाले गर्दा बिरोध गर्न नमिल्ने ,कम्पनीमा हस्तक्षेप गर्न नसकिने मै पुगेछ त .राजदूतावासले नै सबै गरिदिन्छ भन्ने मित्रहरु भ्रम हटाऊ है
Yam kumar Chamling wrote on 07 January, 2017
कोरियामा काम नै सबै भन्दा ठुलो मानिन्छ । काम जान्नै पर्छ भन्ने छैन । तर कम्तिमा भाषा जनियो अनि अल्छी भैएन भने कोरियन ले यतिकै हेप्दैन जस्तो लाग्यो । तर पनि समग्रमा भन्दा इपिस निती कामदारको हितमा छैन । अन्तमा सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आफु पूर्णरुपले तयारी भएर मात्र आउनुहोला भन्छु ।
Balaram khanal wrote on 07 January, 2017
Chado bhanda chado kanun banayera samasyako samadhan garna Tira lage hamijasta pidit haruko uddhar hunthyo ki

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियान

• सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ

• कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउ

• कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट

• कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारी

• उत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका

• भ्रष्टाचारको आरोप लागेका सामसङ इलोक्ट्रिनिक्सका उपाध्यक्ष माथि फेरी अर्को बयान

• अमेरिकी राष्ट्रपति ट्रपलाई उत्तर कोरियाले दियो कडा जवाफ, पुर्वी सागरबाट गर्यो बिहानै मिसाइल परिक्षण

• कोरियामा प्रबासी मजदुरको आँखा रसाउने दुखद घटनाको दशौँ बर्ष पुरा ,मजदुर युनियन द्वारा सप्ताह ब्यापी कार्यक्रम

• दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपतिको लोकप्रियता बढ्दो

• कोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनु

• कोरियामा एक पछी अर्को रोगको संक्रमण , फेरी देखापर्यो गाइ वाट सर्ने रोगको महामारी

• कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा

• कोरिया र जापानबीच कुटनीतिक तनाब ल्याइदिने एउटा त्यस्तो सालिक, जुन बुसानमा छ ।

• त्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरी

• कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु

• कोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ

• कोरियाको सरकारी टेलिभिजनको मूल्यांकन समितिमा डा. राजेशचन्द्र जोशी

• बान की मुन दक्षिण कोरियाको राष्ट्रपति पदमा नउठ्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियानसामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटकोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीउत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटबिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Santalal Tamang Santalal Tamang
Date of Birth : 01 March, 1994
Address: Lakhanpur-4, Timaldanda
Hometown : Ramechhap
Occupation : writer
Hobbies : littireture and jurnalist
E-mail : sntllmds@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal