कोरियामा नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गरिदै

लिलु डुम्रे, दक्षिण कोरिया

किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली  युवाहरुलाई व्यवसायिक खेतीका  लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ ।

किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध  सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ । कृषि तालिममा युवाहरुलाई तिन  चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछ । उत्प्रेरणा कक्षामा  दक्षिण कोरियाको इतिहास र  कृषि क्षेत्रमा गरेको तिब्र विकास बिषयमा  शिक्षा  प्रदान गरिने छ । दोश्रो चरणमा आधुनिक प्रबिधिको तरकारी खेती प्रणाली , बालीहरुमा  अपनाइने उन्नत प्रणालीहरुका बिषयमा कक्षा संचालन हुनेछ । साथै युवाहरुले ग्रिन हाउस निर्माण  र  संचालन प्रक्रियाको  पनि शिक्षा प्राप्त गर्नेछन ।

 कृषि तालिममा औजारहरुको प्रयोग बिधि  सिकाउने  ग्लोबल सेन्टरले जानकारी गराएको छ । कृषि औजारका प्रयोग र मर्मत गर्ने तरिकाहरु व्यवहारिक शिक्षामा प्रदान गरिने छ । कृषि क्षेत्रमा नेपालमा उच्चतम प्रयोग गर्न सकिने हाते ट्रयाक्टरको संचालन तथा मर्मत बिधिको   व्यवहारिक ज्ञान पनि युवाहरुले प्राप्त गर्नेछन । तालिमको अन्तिम चरणमा प्राप्त ज्ञानको माध्यमबाट युवाहरुले बाली उत्पादन पनि गर्नुपर्छ ।

युवाहरुले प्रत्येक आइतबार एक  देखि पाँच बजेसम्म कृषि कक्षा लिनुपर्छ । एक बर्षे तालिम समयमा सेन्टरले आधा समय कक्षा तालिम दिनेछ भने बाकी समय युवाहरुले फर्म  क्षेत्रमा कार्य गर्नुपर्छ ।

किम्हे नगरपालिकाको कृषि तालिम केन्द्रमा कक्षा संचालन गरिने छ । कृषि तालिमका लागि सेन्टरलाई किम्हे नगरपालिकाले दक्ष प्राविधिक तथा प्रशिक्षक उपलब्ध गराउने छ । नगरपालिकाको कृषि फर्ममा युवाहरुले दक्ष प्राबिधिक  मार्फत प्रशिक्षण लिनेछन ।

कृषि तालिम लिन इच्छुक युवाहरुले अन्तर्वार्ता पनि दिनुपर्नेछ । अन्तर्वार्तामा आधारभूत कोरियन भाषा , तालिम लिन इच्छाशक्ति र निरन्तरता लगायतका बिषयमा प्रश्नहरु सोधिनेछ । तालिम पश्चात नगरपालिकाले उपलब्ध गराएको जग्गामा उब्जाउ गरि देखाउन पर्नेछ । नेपाल फर्के पश्चात जीविकोपार्जन गर्नसक्ने कृषि कर्मी बनाउने उदेश्य रहेकोले युवाहरुको तालिममा निरन्तरता अनिवार्य  रहेको किम्हे ग्लोबल सेन्टरका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।

तालिम लिन इच्छुक र दुरी टाढा रहेका युवाहरु किम्हे माइग्रेन्ट हाउसमा सनिबार बास बसि  आइतबार कक्षा लिन सक्नेछन । मार्चको पहिलो साता देखि तालिम संचालन गरिने सेन्टरले जनाएको छ । कृषि तालिम अन्य सहरमा पनि विस्तार गरिने सेन्टरको अवधारणा रहेको छ  । कोरियाका अन्य क्षेत्रमा रहेका युवाहरुको लागि सम्बन्धित नगरपालिकासंग एमओयु गरि तालिम संचालन गरिने सुबेदीले बताए ।

प्राप्त सिप नेपालमा प्रयोग गर्ने युवाहरुको लागि सेन्टरले समन्वय गर्नेछ । युवाहरुले स्वदेशमा संचालन गरेको फर्मलाई सेन्टर मार्फत किम्हे नगरपालिकाले आवश्यक सहयोग गर्नेछ । नेपालमा पनि कृषि तालिम केन्द्र संचालन गर्ने सोच रहेको सुबेदीले जानकारी गराए ।

अधिकांश नेपाली युवाहरु उधोग क्षेत्रमा रहेकोले नेपाल फर्के पश्चातको सिप प्रयोग बिहिन भएको छ । कृषि क्षेत्रमा कार्य गरि फर्केका तर जीविकोपार्जन त्यहि क्षेत्र रोजेका युवाहरुको संग्ख्या नगन्य छ । टनेल खेति र बंगुर फर्ममा कार्य गरि फर्केका युवाहरु सिप स्वदेशमा न्यून प्रयोग भएको छ । दक्षिण कोरियामा तिन रोपनी जग्गामा एक परिवार पालिएर दुइ जना कामदारलाई रोजगारी दिन सकिने अवस्था रहेको छ ।

प्रकाशित मिति : २०७३ पौष १८ (January 02, 2017)

प्रतिक्रियाहरु


bharat khanal wrote on 02 January, 2017
manufacture ko manxe le ni lina pauxan talim

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुम

• कोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो

• रबिन्द्र मिश्रको साझा पार्टीको लागि कोरियामा साझा सद्भाव समुह ख्यान्गीदो गठन

• सामाजिक सञ्जाल सगूनमा लगानी गर्नेमा अमेरिका पछि कोरियाका नेपालीहरु धेरै

• मुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरण

• कोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय बौद्ध मेला शुरु, नेपालको पनि सहभागिता

• कोरिया आएर उर्जा मन्त्रीले भने , जलबिधुतमा लगानी गर्नुस सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ

• रबिन्द्र मिश्रको साझा पार्टी प्रति युवाको आकर्षण किन ?

• अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारी

• उर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा

• कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए

• कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्ने

• कोरियाबाट उर्जामा लागनीको नयाँ बाटो खोलिने, आगामी आइतबार सउलमा उर्जा लगानी सम्मेलन

• कोरियामा राष्ट्रपतिय निर्वाचनको तिथि घोषणा, मे ९ तारिखमा मतदान हुने

• कोरियाको बिरोजगारी दर बिगत ७ बर्ष यताकै उच्च

• कोरियामा साझा पार्टीको साझा सद्भाव समुह गठन गर्न सउलमा बृहत भेला

• कोरिया पुग्ने युवाको संख्या ४३ हजार भन्दा बढी

• के तपाइँ कोरिया आउने तयारीमा हुनुन्छ ? यस्तो छ कोरियाको यथार्थता

• मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु

• कोरियाको सर्वोच्च अदालतले आज ऐतिहासिक फैसला गर्दै, इजलासको बिहान ११ बजे प्रत्यक्ष प्रसारण हुदै

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेकोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए सामाजिक सञ्जाल सगूनमा लगानी गर्नेमा अमेरिका पछि कोरियाका नेपालीहरु धेरैकोरियामा साझा पार्टीको साझा सद्भाव समुह गठन गर्न सउलमा बृहत भेला
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Sherpa pasang Sherpa pasang
Date of Birth : 20 December, 1987
Address: Ansan
Hometown : Ramechhap
Occupation : Student
Hobbies : Listing music singing dancing n traveling new place.. i am a hunger hunt thats why love too eat
E-mail : Pinasapasang@yahoo.con
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal