कोरियामा बढेको न्युनतम ज्याला भोलिबाट लागु गर्न निर्देशन

निकुञ्ज तिवारी, सउल ३१ | दक्षिण कोरियन संसदले गत अगष्टमा सन् २०१७ का लागि प्रतिघण्टा न्युनतम् ज्याला ६४७० वन स्वीकृत गरेको थियो । उक्त बढेको ज्याला जनवरी १ देखि लागु गर्न रोजगार तथा श्रम मन्त्रालयले यहाँका उद्योग, कलकारखाना तथा फम संचालकहरुलाई अनुरोध गरेको छ ।

न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत आप्रवाशी र तल्लो लेबलका मुलबासी करिब ३० लाख ५० हजार भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । जसमा इपिएसमार्फत आउने १६ मुलुकका कामदारपनि उत्साहित छन् ।

नयाँ पारिश्रमिक अनुसार यसवर्ष प्रतिघण्टा ६ हजार ४७० वन हुनेछ । गत वर्ष प्रतिघण्टा ६ हजार ३० (५.३१ अमेरिकी डलर) थियो ।
हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १२ लाख ६० हजार २७० मा (९१ हजार ९ सय ९९ वन बढेर) १३ लाख ५२ हजार २३० वन पाउने छन् । नेपाली रुपैयाँ १ लाख २१ हजार ७१४ हुनेछ ।

त्यस्तै हप्तामा ४४ घण्टा काम गर्ने कामदारले यसवर्षको १३ लाख ६४ हजार १०३ मा –९९ हजार ५७९ वन बढेर) १४ लाख ६३ हजार ६८२ पाउने छन् ।

नेपाली रुपैयाँ १ लाख ३१ हजार ७४५ हुनेछ । नेपाली ९ रपैयाँ बराबर कोरियन १ सय वन हुन्छ ।

अघिल्लो वर्षका लागि ८.१ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरु उत्साहित भएका छन् ।
ज्याला निर्धारण समितिको कार्यालय सेजन सीमा यसअगाडि १३ औं पटकसम्म बसेको बैठकले निर्णय लिन नसकेपछि १४ औं पटकको बैठकले मतदा गरेको थियो । सरकारका ९, मजदुर संगठनका ९ र उद्योग संचालकका ९ गरी २७ प्रतिनिधिबीच लामो समय छलफल भएको थियो ।

गत जुलाई १६ मा बसेको ज्याला निर्धारण समितिले गरेको थियो  । ‘देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो ।’ ज्याला निर्धारण समितिका अनुसार ‘हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।’

यधपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । उनिहरुले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । ‘दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरिय जीवनका लागि अहिले बढाइएको ज्याला ज्याँदै न्यून हो।’ कोरियन कन्फेडेरेशन अफ टे«ड युनियन प्रतिनिधिले भने । 

एसियाका १६ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।

कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ । तर कतिपय साना तथा घरेलु उद्योग र कृर्षि तथा पशुपालन संचालकहरुले भने आप्रवाशी कामदारलाई न्युनतम ज्याला पनि नदिने गरेको समाचार माध्ययममा आइरहन्छन् ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१ २०१७ मा ७.३ प्रतिशतले ज्याला बढाएको थियो ।

दक्षिण कोरिया, १ जनवरी २०१७
प्रकाशित मिति : २०७३ पौष १६ (December 31, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

• कोरियामा नेपाली नेताहरुको ओइरो, दुतावास मिडिया मैत्री नहुदाँ इपिएस प्रमूख आए गएको भएन अत्तोपत्तो

• अक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी

• कसरि भानु आमा ,यो पटक पनि बिदा पाइन

• अबैधानिक कामदार पनि पुनः कोरिया जान पाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानितहिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छनेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोधएनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणाकोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टीकिम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal