भाषा परीक्षा कम्प्युटर प्रणालीबाट दिने व्यवस्था मिलाउन सुविधा सम्पन्न भवन बनाउने काम शुरु

हेनेको संवददाता

कोरिया सरकारले भाषा परीक्षा कम्प्युटर प्रणालीबाट दिने व्यवस्था मिलाउन नेपाल सरकारलाई सुविधा सम्पन्न भवन बनाउन अनुरोध गरेपछि यसका लागि काम शुरु गरिएको हो । कोरिया सरकारको अनुरोधअनुसार सरकारले ललितपुरको भैंसेपाटीमा सन् २०१८ जुन महिनासम्म भवन बनाई सक्नुपर्ने छ ।

सन् २०१९ देखि कोरियन भाषा परीक्षा कम्प्युटरको माध्यमबाट दिने व्यवस्था मिलाउन कोरियाले नेपाललाई सो अवधीभित्र निर्माण सक्न अनुरोध गरेको ईपीएस शाखा नेपालका अधिकृत शोभाकर भण्डारी जानकारी दिए ।

सरकारले हाललाई ११ करोड रूपैयाँको लगानीमा सुविधा सम्पन्न परीक्षा हल बनाउने र कोरिया पक्षले त्यसका लागि आवश्यक पर्ने डेकोरेसन र परीक्षाका लागि आवश्यक पर्ने सबै कम्प्युटरको व्यवस्था गर्ने जनाएको छ ।

कोरिया सरकारले परीक्षाका लागि आवश्यक गर्ने कम्प्युटर लगायतका प्राविधिक क्षेत्रमा सहयोग गर्ने भएपछि एक सिफ्टमा २०० विद्यार्थीले परीक्षा दिन मिल्ने भवन बनाउन लागिएको हो ।

सन् २०१९ देखि कोरिया सरकारले नयाँ परीक्षार्थीलाई कम्प्युटर बेस टेस (सिबिटी) मा आधारित परीक्षा लिने भएपछि कोरिया सरकारको अनुरोधमा सुविधा सम्पन्न परीक्षा हल बनाइने भएको हो । हालसम्म नयाँ कोरियन भाषा परीक्षार्थीले पेपर बेस टेष्ट (पिबिटी) कागजको माध्यमबाट परीक्षा दिँदै आएका छन् ।

रोजगारीका लागि कोरिया जान प्रत्येक वर्ष ५० हजारभन्दा बढी नेपाली युवायुवती परीक्षामा सहभागी हुँदै आएका छन् । भवन निर्माणपछि बर्षभरी जुनसुकै बेला परीक्षा भइरहने छ । हाल कामदारको आवश्यकता हेरेर कोरियाले वार्षिक रूपमा परीक्षा लिँदै आएको छ । यसरी परीक्षा लिँदा धेरै जनशक्ति, लगानी र समय लाग्दै आएको छ ।

५ महिनाअघि ईपीएस सिबिटी परीक्षा भवन व्यवस्थापन सुझाव कार्यदले एक हप्ता अध्ययन गरेर व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा आयोजना परिसर भैंसेपाटी ललितपुर परिसरमा भवन बनाउन सरकारलाई सुझाव दिएको थियो ।

हाल श्रम विभागको नाममा दर्र्ता रहेको साबिक सैंबु गाविस–२ को जग्गामध्ये पूर्वतर्फ रहेको खाली जग्गा पहिचान गरी भवन बनाउन सरकारलाई कार्यदलले सुझाब दिएको थियो ।
भवन निर्माण कार्यदलले भाषा परीक्षाका लागि आफ्नै भवन बनाउन सके दीर्घकालीन हिसाबले दीगो तथा मितव्ययी हुन सक्ने सुझाव दिएपछि त्यसलाई मनन गरी सरकारले कार्यान्वयन गर्न लागेको हो ।

कार्यदलले सो जग्गामा प्राविधिक दृष्टिले उपयुक्त हुने नहुने भन्ने सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय ललितपुरलाई पत्र लेखि अनुरोध गरेको थियो ।

सो कार्यालयले यसअघि नै माटो परीक्षणसमेत भइसकेको सो खाली जग्गामा मापदण्ड बमोजिम प्रतिसिफ्ट २०० जनासम्मले परीक्षा दिन सक्ने गरी आवश्यक भवन बनाउन उपयुक्त देखिएको जनाएपछि काम अघि बढाइएको हो । सिबिटी हल निर्माण गर्न १० करोड ९७ लाख ७५ हजार ८ सय ७२ रुपियाँ लाग्ने प्रारम्भिक अनुमान र प्रारम्भिक डिजाईनसमेत भइसकेको छ ।

अनुमानित लागत बमोजिमको रकममध्ये ईपिएस कामदारको अभिमुखीकरण तालिम शीर्षकमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटीमा जम्मा भएको ५ करोड रुपियाँसम्म उपलव्ध गराइने भएको छ ।

त्यसैगरी थप ईपिएस कोरिया शाखाको ईपिएस सञ्चालन कोषमा रहेको रकम मध्येबाट ५ करोड ९७ हजार ७५ हजार ८७२  नियमानुसार उपलव्ध गराउन सकिने प्रतिवद्धता प्राप्त भएको ईपीएस शाखाले जनाएको छ । सम्बन्धीत निकायबाट तदारुकताका साथ काम हुने हो भने सन् २०१७ अर्थात् डेढ वर्षभित्र भवन निर्माणको काम सकिने छ ।

प्रकाशित मिति : २०७३ पौष १२ (December 27, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा

• कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब

• इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षा

• कोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ

• कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदै

• नेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी

• कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने

• कोरियाको राजधानी सोलमा सोन्सिकको नेपाल चिनाउने तयारी, सहभागी हुन सम्पुर्ण नेपालीलाई आह्वान

• कोरियाको गर्मी विदामा नेपकोरको नौलो डान्स पार्टी, तयार रहनुहोस्

• कोरियामा बिदेशीको संख्या बढ्दो , १ दशककै अबधिमा दोब्बर नाघ्यो

• वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरिया

• करोडौं कुम्ल्याउनेलाई पुरस्कार ,देश बनाउछु भन्नेलाई तिरस्कार गर्ने मेरो देश

• कोरियामा हामि नेपालि र हाम्रो दैनिकि

• राष्ट्रिय आविस्कार केन्द्रलाइ कोरिया बाट सहयोग अभियान पुनः सुचारु ,राम्रो कामको लागि मनोबल नागिराउन अनुरोध सहित बिक्यप्ति जारि

• तनाबः कारण, लक्षण र निकारण

• कोरियाको राजधानी सोल विश्वका महंगा सहर मध्ये छैठौं स्थानमा

• अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए

• कोरियामा बिदेशी महिला कामदार बढी दुर्ब्याबहारमा पर्ने गरेको तथ्य खुलासा

• कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन

• साथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षाकोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैनेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी
कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैसाथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal