ईपिएस कामदारले सवैभन्दा धेरै सोध्ने प्रश्न र तिनको उत्तर

अनिल गुरुङ्ग
सहसचिव, श्रम तथा रोजगार मन्त्रालय
( पूर्व श्रम सहचारी, नेपाली राजदूतावास, सोल)


विगत नेपाली राजदूतावास, दक्षिण कोरियामा श्रमसहचारीको रुपमा कार्यरत रहदा, मेरो कार्यकालमा मलाई प्रायः कोरियामा रहेका नेपाली कामदारहरुले सोध्ने प्रश्नहरु र तिनको जवाफहरुलाई समेटेर यहां प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यो लेख दक्षिण कोरियामा रहेका खासगरि ईपिएस अन्र्तगत कार्य गर्नुहुने सबैलाई लाभदायक हुनेछ ।

१. मेरो नाममा नेपालमा घर जग्गा छ । त्यो घर जग्गा म बेच्न चाहन्छु तर अहिले म नेपाल जान सक्दिन, के गर्ने ?
आफनो नाममा भएको घर जग्गा बेचबिखन वा नामसारी गरी दिन वा हक भोग अरुलाई दिन आफू जान नसकेको खण्डमा अधिकृत वारेशनामाको माध्यमबाट बेचबिखन गर्न सकिन्छ । यस्तो अधिकृत वारेशनामा नेपालबाट मगाई, आफूले राजदूतावासमा उपस्थित भई,  सहिछाप गरी , प्रमाणित गराई पठाएमा आफू नगए पनि गए सरह काम गर्छ । यस्तो वारेशनामा कानूनले वारेश हुन मिल्ने जो कोहीलाई पनि दिई, उबाट कार्य सम्पन्न् गर्न सकिन्छ ।

२. म आफनो सेवा अवधि सकेर नेपाल फर्कदै छु ।  म फर्कने दिन रातो विदा पर्छ, एयरपोर्टमा थेजिकमको पैसा बुझ्ने काउण्टर बन्द हुन्छ कि हुदैन ?
जवाफः विदाका दिन पनि एयरपोर्टका थेजिकम बुझ्ने काउटर खुला हुन्छन् ।

३. म कोरियामा ४ बर्ष १० महिना पुरा गरेर स्वदेश फर्कदै छु । म फेरी कोरिया आउन के गर्नु पर्ला ?
 कोरियामा ३ बर्ष काम गरेपछि पनि पुनः १ बर्ष १० महिनाको करार अवधि थप भई, आफनो करार सकिनु अगावै स्वदेश फर्कने कामदारले सि.बि.टि. परीक्षा ( कम्प्युटरमा आधारित परीक्षा) उत्तिर्ण गरेर पुन कोरिया आउन सक्दछन् । यसरी कोरिया आउन चाहने कामदारको उमेर ३९ बर्ष ननाघेको हुनु पर्छ । तर कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा काम गरेको कामदार भए, रोजगारदाताले चाहेमा अयmmष्ततभम धयचपभच को रुपमा करार अवधि समाप्त हुनु अघि स्वदेश फर्केमा यसरी स्वदेश फर्केको ३ महिना पछि पुनः कोरियामा कामदारको रुपमा (सोही कम्पनीमा) प्रवेश गर्न सक्दछन् । यसरी अयmmष्ततभम धयपभच आउने कामदारलाई उमेरको हद लाग्दैन तथा उसले भाषा परीक्षा पनि दिनु पर्दैन् ।

४. मैले साहुबाट लेटर लिएर कम्पनी परिवर्तन गर्न पाउने अवधि तीन महिना भित्र स्वदेश (नेपाल) विदामा जान चाहन्छु, मैले के गर्नु पर्ला ?
उत्तरः कम्पनी परिवर्तनको अनुमति रोजगार सेवा केन्द« ( नोर्दम्बु) प्राप्त गरेको कामदार स्वदेश विदामा जान चाहने कामदारले आफू स्वदेश कति अवधिको लागि जाने हो ,सो कुराको जानकारी रोजगार सेवा केन्द« ( नोर्दम्बु) मा गराई सो अवधिमा आफूलाई मेसेज नपठाउनु होला भनि अनुरोध गर्ने । स्वदेश विदामा जांदा

अनिवार्य रुपमा रोजगार सेवा केन्द« ( नोर्दम्बु) बाट प्राप्त अनुमति पत्र लिएर जाने तथा फर्केर आउंदा साथै लिएर आउने । अध्यागमनले सोधपुछ गरेमा सो अनुमतिपत्र देखाउने ।

५. बिदामा घर जांदा मैले नेपालमा श्रम स्वीकृति लिनु पर्छ कि पर्दैन ?
आफूले यस अघि कोरिया प्रवेश गर्दा श्रम स्वीकृति ५ बर्षको लिएको छ भने बिदामा घर जांदा श्रम स्वीकृति लिनु पर्दैन । तर ३ बर्षको लिएको हो भने पुनः श्रम स्वीकृति लिनु पर्छ । आफनो श्रम स्वीकृति कति बर्षको छ

भनेर जान्नका लागि आफनो राहदानीको पछिल्लो पानामा टांस गरिएको श्रम स्टीकर हेर्नु हुन मेरो सुझाव छ । सामान्यतः २०१२ नोबेम्बर पछि  कोरियामा रोजागारीका लागि आउनु भएकाहरुको श्रम स्वीकृति ५ बर्षको रहेको छ । कोरियामा रोजगार गर्नेहरुले श्रम स्वीकृति लिनका लागि ई.पि.एस.शाखा ग्र्वाकोमा सम्पर्क राख्नु पर्छ

६. मेरो राहदानी हस्तलिखित छ, मैले बिदामा घर जाने बिचार गरेको छु के गर्ने ?
हस्तलिखित राहदानीको अन्तिम म्याद २४ नोबेम्बर २०१५ सम्म मात्र थियो ।  कोरियामा राहदानी बनेर आउनका लागि करीब २  महिना सम्म  लाग्ने गरेको छ । ६ महिना भन्दा कम अवधि म्याद भएको राहदानीमा भिसा लगाउन पनि मिल्दैन तसर्थ यथाशक्य चांडो मेसिन रिडेबल राहदानी बनाउनु होला ।
  ।

७  स्वदेश फर्कने दिन विमानस्थलबाट बीमा रकम लिन के गर्नु पर्छ ?
(बीमा कम्पनी साम्सुंगवाजेमा बीमा रकम भुक्तानीका लागि आवेदन गर्ने बेलामा विमानस्थलबाट भुक्तानी लिने भनेर उल्लेख गरेर आवेदन गर्ने । बिमा कम्पनीबाट सो सम्बन्धी कागजात अर्थात् बिमा रकम भुक्तानी प्रमाण उपलब्ध हुन्छ । उक्त प्रमाण सुरक्षित राख्ने ।
(स्वदेश फर्कने दिन पासपोर्ट(राहदानी),हवाई जहाजको टिकट, बिमा कम्पनीबाट प्राप्त बिमा रकम भुक्तानी प्रमाण विमानस्थलमा रहेको सम्बन्धित बैकमा पेश गर्ने । सम्बन्धित बैंकले जांच गरी सके पछि रकम भुक्तानीको लागि सटही आदेश पत्र (चेक) उपलब्ध गराउने छ ।  अध्यागमनको जांचबुझ शाखा पार गरेपछि डियुटी फ्रि (करमुक्त पसल) नजिकै रहेको मुद«ा सटही काउण्टरमा गई बैंकले दिएको सटही आदेश पत्र (चेक) बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद«ामा रकम प्राप्त गर्न सक्नेछन् ।
बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद«ामा रकम प्राप्त गर्न सक्नेछन् ।

८.  कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले बीमा रकम कसरी प्राप्त गर्ने ?
(कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले आफनो देश फर्के पछि ई.पि.एस. (हाल ग्र्वाको ललितपुरमा) शाखामा निवेदन दिएर बिदेशी मुद«ा प्राप्त गर्न मिल्ने खाताको माध्यमबाट रकम प्राप्त गर्न सकिन्छ । (यस पटक नियम परिवर्तन गरी बिमा रकम भुक्तानी अवधि समाप्तिलाई २ बर्षबाट बढाएर ३ बर्ष बनाईएको छ ।

प्रकाशित मिति : २०७३ मंसिर २५ (December 10, 2016)

प्रतिक्रियाहरु


acharya ram dilli wrote on 02 January, 2017
ma yes pali ko eps vasa sikdai chu ra ma agriculter ma aaunako.lagi kosis gardai xu hjr prasna kasto kalko.aauxa hola

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड

• विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजना

• कोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ

• कोरियामा बढ्दो अप्रत्यासित निधनको घटनाप्रति गम्भिर छुः नवनियुक्त राजदूत सिह

• कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन

• मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष

• नेपाल सरकारले कोरिया लगाएतका देशमा गएका कामदारको अकाल मृत्युको कारण खोज्ने

• सगुनका संथापक गिरी कोरिया आउने

• उत्तर कोरिया द्वारा पुन अर्को ब्यालेस्टिक मिसाइल परिक्षण ,दक्षिण कोरियाली सुरक्षा परिषदको आपत कालिन बैठक

• हिंसा, हत्या, डिप्रेसन, तनाव र आत्महत्याको प्रमूख कारक नै भय हो, यसलाई नियन्त्रण गर्ने उपाय पनि छ:देश सुब्बा

• दक्षिण कोरियाको लागि राजदुत नियुक्त , छिट्टै पठाउने सरकारको तयारी

• कोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु

• कोरियाका मिडियामा राष्ट्रपति मूनको नेपाल भ्रमण बारे चर्चा

• कुलमानलाई काेरियाबाट एक युवाको पत्र,अगाडी बढ्नुहोस साथ् दिने हामि छौं

• उनै सपना संगको पछिल्लो पल

• नव निर्बाचित कोरियाली राष्ट्रपति मुन द्वारा सपद ग्रहण , दुइ कोरियाबीचको तनाब अन्त्यको लागि उत्तर कोरिया भ्रमण गर्न तयार रहेको भनाइ

• कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो

• उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
सनराइज बैंकले राख्यो कोरियाको फेन्तेक सहरमा बृहत खाता खोल्ने कार्यक्रम ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजनाकोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमबृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal