कोरिया जाने नेपालीको संख्या दोब्बरले वृद्धि

गोपाल संग्रौला

दक्षिण कोरिया सरकारले रोजगारीका लागि जाने नेपाली कामदारको तलब सुविधा बढाएपछि त्यहाँ जाने नेपालीको संख्या ५ वर्षमा दोब्बरले वृद्धि भएको छ । विगत ५ वर्षको तथ्यांकले नेपालीका लागि कोरिया आकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको देखाएको छ ।

ईपीएस प्रणाली सुरु हुँदाको वर्ष २००८ मा २ हजार ८ सय नेपाली कोरिया गएकोमा सन् २०१६ मा यो संख्या बढेर ७ हजार ५ सय पुगेको छ । नेपालमा ईपीएस लागू भएपछि यो वर्ष सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले हालसम्म ४१ हजार ८ सय ८२ नेपाली रोजगारीका लागि कोरिया गएको बताए । कोरिया जानेमा पुरुषको संख्या ३९ हजार १ सय ९० र तथा महिलाको संख्या २ हजार ६ सय ९२ रहेको छ ।

“कोरियन भाषा परीक्षा पास गरेका थोरैमात्र विभिन्न समस्याका कारण जान पाएका छैनन्,” उनले  भने, “कोरियाका रोजगारदाताले माग गरेका सबै कामदार गएका छन्, यो वर्ष सबैभन्दा धेरैले कोरिया जाने अवसर पाएका छन् ।”

कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवा–युवतीको संख्या बर्सेनि बढ्दै गइरहेको हो ।

सन् २०१७ पछि कोरियामा कार्यरत कामदारले मासिक न्यूनतम १ लाख २५ हजार रुपैयाँ पाउने छन् भने दिनमा १/२ घन्टा ओटी गर्ने कामदारले १ लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने छन् ।

कोरिया सरकारले आगामी वर्ष अर्थात सन् २०१७ का लागि प्रतिघण्टा न्यूनतम् ज्याला ६ हजार ४ सय ७० वन स्वीकृत गरिसकेको छ । सन् २०१७ पछि नेपाली कामदारले प्रतिघन्टा लगभग ६ सय २६ रुपैयाँ पाउने छन् ।

गत जुलाई १६ मा बसेको ज्याला निर्धारण समितिले २०१७ का लागि ७.३ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गरेको थियो । कारोवार दैनिकमा खवर छ।

प्रकाशित मिति : २०७३ मंसिर १३ (November 28, 2016)

प्रतिक्रियाहरु


Mahesh Thapa wrote on 29 November, 2016
ramro lagyo post issue navayepani korea jainxa ki vanne hope badhyo...
lalijan rawal wrote on 29 November, 2016
khushi ko kuro ho.

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाली राष्ट्रपति पार्क माथिको महाअभियोगको अन्तिम सुनुवाई आज, पार्क भने अनुपश्थित हुने

• कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु

• हेल्लो सरकार , दुतावास मजदुर मैत्री कहिले बन्छ ? कोरियाका लागि नया राजदुत सिफारिस हुदै गर्दा

• कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने

• दक्षिण कोरियाली महिलाहरुको औषत आयु ९० वर्ष कट्दै

• कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार

• उर्जामन्त्री शर्मा कोरिया आउदै, विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ पनि आउने तयारी

• सरकारद्धारा दक्षिण कोरियाका लागि राजदूतमा अर्जुन बहादुर सिंहको नाम सिफारिस, अन्य तेह्र देशका लागि पनि राजदूतको नाम सिफारिस

• मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियान

• सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ

• कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउ

• कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट

• कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारी

• उत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका

• भ्रष्टाचारको आरोप लागेका सामसङ इलोक्ट्रिनिक्सका उपाध्यक्ष माथि फेरी अर्को बयान

• अमेरिकी राष्ट्रपति ट्रपलाई उत्तर कोरियाले दियो कडा जवाफ, पुर्वी सागरबाट गर्यो बिहानै मिसाइल परिक्षण

• कोरियामा प्रबासी मजदुरको आँखा रसाउने दुखद घटनाको दशौँ बर्ष पुरा ,मजदुर युनियन द्वारा सप्ताह ब्यापी कार्यक्रम

• दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपतिको लोकप्रियता बढ्दो

• कोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु कति हो कति पीडा छ कोरियामा
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal