कोरियामा अर्को दुःखद खबर, चलिरहेको मेशिनमा बेरिएर ख्वङजुमा एक नेपालीको निधन

विकास श्रेष्ठ


दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक जना नेपालीको ज्यान गएको छ । ख्वङजुको उन्सङ थेसोस्थित थर्मल इन्सुलेशन कम्पनीमा कार्यरत रुपन्देही मणिग्रामका अन्दाजी उन्चालीस वर्षिय नुभराज भुषालको चलिहरेको मेशिनको मोटरमा बेरिएर ज्यान गएको हो । चलिरहेको मेशिन चेक गर्ने क्रममा आज बिहान दश बजेर पच्चिस मिनेटमा जाँदा भुषालको मोटरमा बेरिएर निधन भएको सोहि कम्पनीमा कार्यरत पोखराका देवनन्द पोखरेलले जानकारी दिएका छन् । मृतक भुषाल चार वर्ष दश महिना पुरा गरी पुनः सिबिटी मार्फत सो कम्पनीमा आएको पनि झण्डै साढे दुइ वर्ष पुरा भइसकेको पनि सहकर्मी पोखरेलले बताए । मृतक भुषालको मेकानिकल डिपार्ट अन्र्तगत मेशिन चेक गर्ने काम भएको र आज मेशिन चेक गर्ने क्रममा चलिरहेको मोटरमा बेरिन पुगेर दुःखद निधन हुन पुगेको पोखरेलले बताए ।

मृतक भुषालको शव अहिले खुवाङ थेसङ अस्पतालमा राखिएको छ । दुःखद दुर्घटना भएको उक्त कम्पनी सात जना नेपाली र अन्य विदेशी कामदार रहेका छन् । घटना पछि तत्कालै त्यस बारे राजधानी सोलस्थित नेपाली दुतावासमा जानकारी गराइएको छ । यद्यपी दुतावासले साप्ताहिक विदा भएकोले सोमबार मात्र घटनाका बारेमा जानकारी लिने र दुर्घटनास्थलमा आउन सकिने जानकारी दिएको पनि थर्मल इन्सुलेशन कम्पनीका कार्यरत नेपालीहरुले दिएका छन् । त्यस्तै घटनाका बारेमा नेपालमा रहेका मृतक भुषाका परिवारलाई जानकारी गराइएको पनि सहकर्मी पोखरेलले बताए ।

घटनाका बारेमा दुतावासका श्रम सहचारी देवराज ढकालसँग सम्पर्क गर्दा ढकालले घटनाका बारेमा मौखिक जानकारी आएको बताए । कोरियन प्रहरीको पत्र आइसकेपछि र सोमबार मात्र दुर्घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लगायत विवरण लिने काम हुने ढकालले बताए । उनले नेपालमा शव पठाउन मृतकका परिवारले परराष्ट्र मन्त्रालय मार्फत शव बुझ्ने आधिकारिक व्याक्तिको पत्र आइसकेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । नेपालमा दोश्रो ठुलो चाड तिहार परेकोले शव पठाउने प्रक्रिया केहि ढिलाई हुन सक्ने ढकालले बताए ।

यसैबीच औद्योगिक दुर्घटनामा ज्यान गुमाएका मृतक भुषाल विवाहित रहेको र नेपालमा श्रीमती, दुइ छोरीहरुका साथ परिवार रहेको बुझिएको छ ।

प्रकाशित मिति : २०७३ कार्तिक १३ (October 29, 2016)

सम्बन्धित तस्विरहरु



प्रतिक्रियाहरु


bl wrote on 29 October, 2016
so sad news ......
mahesh paudel wrote on 29 October, 2016
rip
krishna wrote on 29 October, 2016
rippppppppppp
Akash Joshi wrote on 29 October, 2016
Rip
Shalikram Bhusal wrote on 06 November, 2016
दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा हार्दिक समवेदना ।

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• आठौ कोरियन भाषा परीक्षा असार पहिलो हप्ता सञ्चालन गरिने

• कोरियामा कार्यरत नेपालीबाट विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर सहयोग

• कोरियामा गुडिरहेको रेलमा आगलगी, यात्रु भने सुरक्षित

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• कोरियाले उडाएको सपना र जिन्दगी

• कोरियामा आज एकाबिहानै दुःखद खबर, काम गरिरहेको बेला मेशिनमा च्याँपिएर एक नेपालीको मृत्यु

• कोरियाका विभिन्न स्थानमा आज भिषण हिमपात

• भ्रष्टाचारको आरोप लागेका सामसङका मालिक विरुद्ध पक्राउ पुर्जी जारी गर्न कोरियाको अदालतद्धारा अस्वीकार, प्रमाण यथेष्ट नभएको फैसला

• हुण्डी कारोबार माथि कडाई गर्न कोरिया र नेपाल सरकारलाई आइओएम कोरियाको दबाब, कम शुल्क र सहज रेमिट सेवा सञ्चालन गर्न सुझाव

• कोरियामा युवा बेरोजगारी दर बढ्दो ,१० लाख भन्दा धेरै युवा बेरोजगार

• कोरियामा माघे संक्रान्तीको रौनक (फोटो फिचर)

• एउटी सपना : ठमेलको मसाज देखि कोरियाको च्याउ खेति सम्म

• कोरियाको श्रमिक कोटामा कटौती

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• कोरियाका ठुला पानीजहाज निर्माण कम्पनीले थप कामदार कटौती गर्ने

• कोरियाको रोजगारीमा १ सय १३ नेपालीको मृत्यु

• कोरियामा नेपालीको काम राम्रो

• कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गर्ने

• विदेशीलाई लक्षित गर्दै कोरियाले ल्यायो बिसेष छुट अफर , हवाई टिकटमा समेत लागु हुने

• कोरियाले बिदेशी बिधार्थीको लागि E7 भिषाको नियम खुकुलो पार्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal