कोरियामा अर्को दुःखद खबर, रोजगारीका लागि आएको तीन महिना नबित्दै एक नेपालीको सुतेकै अवश्थामा मृत्यु

विकास श्रेष्ठ

इपिएस मार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली युवाको सुतेकै अवश्थामा ज्यान गएको छ । तेह्थुम घर भएका अन्दाजी चौतीस वर्षिय दुधराम लिम्बुको गएराति उनले काम गर्ने ख्यंगी प्रान्तको किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीको रुममा मृत्यु भएको किम्फो प्रहरी कार्यलमा विदेशी मामला हेर्ने संयोजक उमेश बस्नेतले जानकारी दिएका छन् । राति राम्रो संग खानपीन गरेर सुतेका लिम्बु बिहान झण्डै तीन बजे पख अनौठो तरिकाले शरिर चलाएको रुम पार्टनर रोशन शाहीले बताए । त्यसपछि उठाउन खोज्दा नउठेपनि सहकर्मीले अर्को रुपमा बस्ने विदेशी कामदारलाई खबर गरेका थिए । विदेशी र सहकर्मी मिलेर अस्पतालमा खबर गरेर एम्बुलेन्स झिाकाएका थिए ।

 मृतक लिम्बु तीन महिना अघि अर्थात जुलाई तीन तारिख कोरियामा प्रवेश गरेको बताइएको छ । मृतक लिम्बुको अझै पनि परिचयपत्र अर्थात एलेन कार्ड  पनि नबनेको बताइएको छ । उक्त कम्पनीमा दुइ जना नेपाली कार्यरत रहेको बुझिएको छ । मृतक लिम्बुको बारेमा र उनको नेपालको विस्तृत ठेगाना पत्ता लगाउने प्रयास भइरहेको बस्नेतले बताए । मृतक लिम्बुको शव अहिले किम्फोको थोन्जीन अस्पतालमा राखिएको छ । ह्दयघातका कारण मृत्यु भएको हुन सक्ने अस्पतालको प्रारम्भिक अुनमान छ । मृत्युको विस्तृत विवरण पोस्टमार्टमबाट मात्र थाहा हुने छ । जाँडरक्सी जस्ता धुम्रपान र मद्यपानबाट टाढा रहेका मृतक लिम्बु विवाहित र घरमा श्रीमती र एक दश वर्षिय छोरा समेत रहेको बुझिएको छ ।

 घटनाका सम्बन्धमा राजधानी सोलस्थित नेपाली एम्बेसीमा बुझ्दा जानकारीमा आएको र त्यस बारेमा सुचना लिने काम भइरहेको एम्बेसीका श्रम सहचारी देवराज ढकालले जानकारी दिएका छन् । कोरियामा डिप्रेशन, राती खाना खाएर सुतेको भोलीपल्ट मृत अवश्थामा भेटिने, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले मृत्यु हुनेको संख्या सन् दुइ हजार सात यता एक सय छ पुगेको छ ।

प्रकाशित मिति : २०७३ असोज ०३ (September 19, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाली राष्ट्रपति पार्क माथिको महाअभियोगको अन्तिम सुनुवाई आज, पार्क भने अनुपश्थित हुने

• कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु

• हेल्लो सरकार , दुतावास मजदुर मैत्री कहिले बन्छ ? कोरियाका लागि नया राजदुत सिफारिस हुदै गर्दा

• कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने

• दक्षिण कोरियाली महिलाहरुको औषत आयु ९० वर्ष कट्दै

• कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार

• उर्जामन्त्री शर्मा कोरिया आउदै, विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ पनि आउने तयारी

• सरकारद्धारा दक्षिण कोरियाका लागि राजदूतमा अर्जुन बहादुर सिंहको नाम सिफारिस, अन्य तेह्र देशका लागि पनि राजदूतको नाम सिफारिस

• मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियान

• सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ

• कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउ

• कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट

• कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारी

• उत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका

• भ्रष्टाचारको आरोप लागेका सामसङ इलोक्ट्रिनिक्सका उपाध्यक्ष माथि फेरी अर्को बयान

• अमेरिकी राष्ट्रपति ट्रपलाई उत्तर कोरियाले दियो कडा जवाफ, पुर्वी सागरबाट गर्यो बिहानै मिसाइल परिक्षण

• कोरियामा प्रबासी मजदुरको आँखा रसाउने दुखद घटनाको दशौँ बर्ष पुरा ,मजदुर युनियन द्वारा सप्ताह ब्यापी कार्यक्रम

• दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपतिको लोकप्रियता बढ्दो

• कोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु कति हो कति पीडा छ कोरियामा
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal