ठूलो मान्छे भन्दा असल मान्छे नै परिवार, समाज, देश वा राष्ट्र र विश्व जगतलाई आवश्यक पर्दछ । मेरो बुबाको एकजना साथी हुनुहुन्छ शान्तदास मानन्धर । उहाँलाई एक पटक मेरो बुबाले सोध्नु भएको थियो, तपाईंको छोरोलाई डाक्टर वा ईञ्जिनियर के बनाउनु हुन्छ ? उहाँले तत्काल जवाफ दिनु भयो, म मेरो छोरालाई असल मान्छे बनाउन चाहन्छु । यदि असल छोरा भयो भने त्यसले बिरामी भएको बेला डाक्टर बोलाएर ल्याउँछ, घर बनाउन ईञ्जिनियर बोलाएर ल्याउँछ । यदि मेरो छोरा असल नभई ठूलो डाक्टर वा ईञ्जिनियर मात्र भयो भने उ मलाई आवश्यक परेको बेला उपलब्ध नहुन पनि सक्छ । त्यसैले म त जोड दिएर भन्छु, छोरा सर्वप्रथम त असल होस् त्यस पछि ठूलो पनि होस् । ठूलो मान्छे असल नभएमा त्यो भन्दा हानीकारक केही हुँदैन ।
मान्छेको जीवन प्रकृतिको एउटा अनमोल, अद्वितीय, अनुपम र सर्वोतम उपहार हो । आमा बुबाको संयोजनबाट नै मान्छेको जीवन शुभारम्भ हुन्छ । यसरी आरम्भ भएको जीवन बगिरहने एउटा नदी जस्तै अविरल प्रवाहको श्रृङ्खला नै हो । जीवनलाई मानिसले विभिन्न उपमा पनि दिएको छ । कसैले जीवन संघर्षको प्रर्यावाची हो भन्छन्, कसैले पानीको फोका हो भन्छन् । कसैले जीवनलाई दुई दिनको रामछायाँ हो भन्छन्, कसैले मायाजालको जंजीर, गलपासो हो भन्छन् । कसैले जीवनलाई प्रेमको उपज हो पनि भन्छन् । बास्तवमा भन्ने हो भने जीवन स्वच्छन्द रुपमा उडिरहने पन्छी, समुद्रको छाल जस्तै र कलकल बग्ने नदी जस्तै हुनु पर्ने हो । तर सामाजिक परिवेश, मूल्य मान्यता र नियम कानूनले गर्दा जीवन हामीले परिकल्पना गरे जस्तो हुँदैन । त्यसैले महान दार्शनिक रुसोले भनेका छन्, मानिस स्वतन्त्र जन्मन्छ तर जन्मे पछि उ फलामको जन्जीरमा बाँधिन्छ । जीवन समयसँग अविरल अगाडि बढिरहन्छ । जीवनलाई पछाडि फर्काउन सकिंदैन । तर पौराणिक एक आख्यानमा राजा ययातिले आफ्नो छोरासंग जीवन साटेर पुनः युवा बनेको कुरा छ । मेरो बुबाको एक कविता संग्रह, जीवन र मृत्युको सन्दर्भमा जीवनलाई कसरी अमर बाउन सकिएला भन्ने चिन्तनले भरिपूर्ण छ । जीवनको बारेमा धेरै दार्शनिकहरुले आआफ्नो अभिमत जाहेर गरेर धेरै कुराहरु संसारको सामू पस्किएका नै छन् । मेरो विचारमा जीवन पाउनु सामान्य कुरो हुन सक्छ तर यसलाई असाधारण रुपमा परिवार, समाज, देश र संसारको लागि उपयोग गर्न सक्नु नै असल मान्छेको योग्यता हो भन्दा केही फरक नपर्ला । तै पनि पौराणिकदेखि आधुनिक युगसम्मका दार्शनिकहरुले जीवनको बारेमा एकमतले यही हो भनेर ठोकुवा गर्न सक्षम भएको देखिंदैन । मलाई लाग्दछ, हामी जस्तो गर्छौं, जस्तो सोच्छौं त्यही नै बनिदिन्छ जीवन । वेदमा भनिएको पनि छ, यादृशि भावना यस्य, सिद्धिर्भवति तादृशि । अर्थात्, तिमी जस्तो जस्तो सोच्दै जान्छौ, त्यस्तै त्यस्तै पुग्दै जान्छ ।
स्वर्ग र नर्कका कुराहरु त दन्त्यकथा, लोककथा अनि पौराणिक कथाहरुमा मात्र सीमित हुन्छ । वास्तवमा हेर्ने हो भने हामीले आफ्नै जीवनकालमा नै स्वर्ग र नर्क देखेका र भोगेका हुन्छौं । फरक यति मात्रै हो कि हामी त्यसलाई चिनेर त्यसको मूल्याङ्कन गर्न सक्दैनौं । मैले अगाडि पनि उल्लेख गरि सकेको छु, यो जीवनको बारेमा फरक फरक प्रकारका बखान सुन्न पाइन्छ । कोही भन्छन्, यो कर्कलाको पानी हो । कोही भन्छन् डुबी जाने घाम हो त कोही भन्छन् नमेटिने मृगतृष्णा हो । कविको लागि जीवन कविता हो । संघर्ष गर्नेहरुको लागि संघर्ष, अनि प्रेमीहरुको लागि अमर प्रेम त कथाकारहरुको लागि कथा, कुनै शब्दहरुमा जीवनको सारा व्याख्या गर्न कहाँ सकिन्छ र ? भावनाको वेगमा हुर्किएका प्रेमीहरु भन्छन् जीवन मीठो सपना हो । प्रेमीको आँखामा सजिएको माया हो । आमाको लागि त जीवन ममता नै हो, अनि बालकको मीठो मुस्कान । संघर्षमा लागेकाहरुका लागि भने जीवन कठोर संघर्ष हो । संघर्ष हो जीवन, जीवन संघर्ष हो भन्ने गीत बलिदान भन्ने नेपाली चलचित्रमा उल्लेख छ । जीवनको लक्ष्य प्राप्तिको लागि कडा मेहनत र कठोर परिश्रमको अथाह खाँचो हुन्छ । सायद यो कुरामा कसैको दुईमत नहोला ।
जीवनमा उद्देश्य के लिनु उडि छुनु चन्द्र एक भन्ने महाकवी लक्ष्मी प्रसाद देवकोटाको यो भनाइ कति यथार्थ परक छ । अन्तरीक्षमा चाहर्ने आजको मानिसको पालामा जीवन कसरी जीउनु पर्दछ भन्ने अनुभूति यसमा झल्किन्छ । एउटा जीवन त चरा, किरा, फट्याङ्ग्राले पनि जीउँछन् तर मान्छे भएर जीउनुमा जीवनको लक्ष्य उदार, महान् अनि असल हुनु अति आवश्यक छ । जीवनमा हामीले सकेसम्म अरुको भलो हुने काम गर्नुपर्छ । परोपकार नै परमोधर्म हो भन्ने त सबैको दिमागमा छ तर धेरै कम मानिसले मात्र यसको सही अर्थ बुझेको अनि अझ कमले मात्र यसलाई परिपालना गरेको पाइन्छ । त्यसैले अठार पुराण लेख्ने शुक्ला र मादी नदीको दोभानमा जन्मेका द्वैपायन वेदब्यासले ती पुराणहरुमा दुई कुरा मात्र भनेका छन्, अष्ठदशो पुराणेशु ब्यासस्य वचन द्वयम, परोपकार पुण्याय पापय परपीडनम् । अर्थात्, अठार पुराणमा ब्यासले दुई कुरा मात्र भनेका छन्, परोपकार गर्नु धर्म या पुण्य हो र अरुलाई दुःख दिनु पाप हो ।
जे जस्तो होस्, जीवनको परिभाषा खोज्न हिड्ने हो भने मानवको पुरै जीवन पनि एकदम कम हुन जान्छ । सायद आजको युगले पनि जीवनको नयाँ परिभाषा खोजिरहेको बेला जीवन ठूलो मान्छे भएर होइन, असल मान्छे भएर ब्यतित गरौं भन्ने नयाँ परिभाषालाई जन्म दिऔं । हरेक प्रश्नको जवाफ सरल रेखामा हुँदैन । जीवनको परिभाषा पनि जीवनको बाटो जस्तै बाङ्गोटिङ्गो हुन्छ । सामाजिक परिवेशलाई गणितीय सूत्र अनुसार ज्यामितीय साध्य जस्तै एकएक प्रमाण दिएर सिद्ध गर्न सकिदैन । मानिसहरु जीवनको यही जटिल प्रश्नहरुको उत्तर खोज्न वर्षौंदेखि लागी परिरहेकाछन् । आज बल्ल, मेरो सोचाइमा, सफलता हात परेको जस्तो लाग्दछ । यद्यपि यसमा नै सन्तुष्ट भएर जीवनको अरु थप नयाँ परिभाषा र अर्थ खोज्ने काम कसैले पनि त्याग नगरुन् भन्ने मेरो आग्रह छ । सबै मेरो जीवनको नयाँ परिभाषामा नै रुमलिनु हुँदैन भनेर कसैले भन्छन् भने पनि म त्यसलाई अत्युक्ति मान्दिन ।
हामीले आफ्नो जीवनलाई जसरी अनुभव र अनुभूति गर्दछौं, जे जस्तो बनाउँछौ त्यस्तै नै देखिन्छ हाम्रो जीवन । त्यसैले म सबैलाई विनम्र अनुरोध गर्दछु, हामीले जीवनलाई ठूलो र महान मान्छे बनेर होइन असल मान्छे बनेर हाम्रो परिवार, समाज, देश वा राष्ट्र र विश्व जगतमा उदाहरणीय बन्नुपर्दछ । के तपाई यो भनाइप्रति सहमत हुनुहुन्छ ? म भने यस भनाइ प्रति शतप्रतिशत सहमत छु । जीवन त सुल्झाउन नसकिने पहेली हो तर जीवनमा राम्रो काम गरेर, असल मान्छे बनेर जीवनको सही उपयोग गर्नु नै राम्रो हो । जीवनको लक्ष्यप्राप्ति हो ।
रिसर्च प्रोफेसर, कोरियन युनिभर्सिटी, सउल, रिपब्लिक अफ कोरिया ।
• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)
• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो
• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल
• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा
• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता
• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट
• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने
• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित
• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ
• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी
• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने
• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह
• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव
• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |