एशियामा सवैभन्दा राम्रो किनमेल गर्नका लागि दक्षिण कोरिया प्रमुख गन्तब्यको रुपमा विकशित हुदै गएको छ । कोरियाका मुख्य ५ ब्यापारिक केन्द्रहरुको बारेमा यहाँ हामीले केही जानकारीहरु प्रस्तुत गरेका छौ ।
दोङदेमुन मार्केट
दक्षिण कोरियाको मुख्य ब्यापारिक स्थलहरु मध्येमा दोङदेमुन एक प्रख्यात ब्यापारिक केन्द्र हो । कोरियन फेशनलाई मध्यनजर गर्दै विभिन्न उपभोक्तहरुको मागलाई लक्षित गर्दै यहाँ कोरियन ब्राण्डेड समानहरु पाईन्छ । दोङदेमुन मार्केटमा डोटा र मिङलोर राइजिङ महलहरु रहेका छन् । डोटामा मुख्यगरि ब्राण्डेड समानहरु पाइन्छ । जसको कारण त्यहाँको सामानहरुको मुल्य अलि महंगो रहेको छ । मिङलोरमा भने बार्गेनिगं गर्न रुचाउने ग्राहकहरुको लागि उचित सपिंङ महल हो । जहाँ सामानको मुल्य अन्त भन्दा केहि सस्तो पाइन्छ । त्यहाँ पहिलो तलामा महिलाहरुको लागि आवश्यक सम्पुर्ण सामानहरु पाईन्छ । चौथो तलामा भने पुरुषहरुको लागि आवश्यक सामानहरु पाईन्छ भने पाँचौ छैठौ तलामा भने जुत्ता, ब्याग तथा गरगहनाहरु पाईन्छ । रातमा सपिङ गर्न रुचाउने हरुका लागि यो मार्केट लोकप्रिय रहेको छ ।
म्यङदोङ मार्केट
दक्षिण कोरियाको ब्यापारिक केन्द्रहरु मध्ये म्यङदोङ एक हो । म्यङदोङ सउलमा अवस्थित एक मुख्य पर्यटकिय स्थल पनि हो । जहाँ युवाहरुको जमात अत्याधिक मात्रामा हुने गर्छ । उपभोक्तहरुको इच्छा र आकांक्षालाई मध्यनजर गर्दै विविध किसीमका राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डेड समानहरु जस्तै ब्याग, जुत्ता, घडि तथा लुगाहरु सुपथ मुल्यमा पाईन्छ । त्यसैगरि अन्तराष्ट्रिय ब्राण्डेडहरु जस्तै एच एण्ड एम, जारा, युनिक्लोका सामानहरु पाइन्छ । कोरियन कस्मेटिक सामानहरुको लागि यो ठाँउ अझ बढि प्रख्यात छ । यहाँको सामनहरुको मुल्य सिंगापुरको तुलनामा झण्डै आधा मुल्यमा पाईन्छ ।
होङदे मार्केट
होङदे पनि प्रख्यात सपिङ सेन्टरहरु मध्ये एक हो । जहाँ विभिन्न सामानहरु सुपथ मुल्यमा पाइन्छ । यो होङ्गिक यनिभर्सिटीको ठिक अगाडी रहेको छ । यहाँ प्रत्येक शनिवारका दिन भारी छुटका साथै राम्रो सामानहरु पाइन्छ ।
इन्सादोङ मार्केट
दक्षिण कोरियाको ब्यापारिक स्थल मध्येमा इन्सादोङ एक महत्वपूर्ण मार्केट हो । जहाँ विभिन्न हस्तकला, माटोको भाडाहरु, पुराना कोरियन पहिचान झल्काउने तथा अन्य कोरियन पुरात्वातिक बस्तुहरु पाइन्छ ।
लोटे प्रिमियम आउटलेट (पाजु ब्रान्च)
लोटे प्रिमियम आउटलेट कोरियाको सपिङ केन्द्रहरु मध्येमा मुख्य ब्यापारिक केन्द्र स्थल हो । यो ठाँउ लेडिज तथा जेन्स ब्यागहरुको लागि निकै प्रख्यात मानिन्छ । जहाँ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सामानहरु सुपथ मुल्यमा पाइन्छ । यो ठाँउ सउलबाट ४५ मिनेट पर रहेको छ । जहाँ जानको लागि सहजै रुपमा यातायातको साधन पाइन्छ । त्यहाँ मनोरोन्जनका लागि सिनेमा हल पनि रहेको छ । जहाँ सपिङ गर्न आउने युवा वर्गहरुले सिनेमा हेरेर थप मनोरोन्जन लिन सक्दछन ।
• सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ
• सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान
• नम्डा मोबाइल एक्स्पो डिसेम्वर २९ मा हुने
• उत्कृष्ट ब्रान्डमा सामसङ ग्यालेक्सी मोबाइल
• कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटको नयाँ खोज: अव घरको भित्ताबाट पनि बिजुली
• कोरियाली संस्कृति र सभ्यता सम्वन्धी ४ बुँदाहरु
• विश्व बजारमा सामसङ्ले पुन लियो अग्रता ,एप्पल अझै पछाडी
• सामसुङको ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च
• सामसङको ग्यालेक्सी एस सेभेन सिरिजको माग ह्वात्तै बढ्यो, दुइ दिनमै एक लाख वटा बिक्रि
• कोरियाली इलोक्ट्रोनिक्स एलजीले सार्वजानिक ग¥यो विश्व कै सवैभन्दा हलुको ल्यापटप
• एस सिक्स भन्दा सस्तो मुल्यमा आउदै छ ग्यालेक्सी एस सेभेन, के के छन् त विशेषता
• लैङ्गिक समानतामा स्विडेन उत्कृष्ट
• सामसङको नाफा अप्रत्यासितरुपले बढ्यो, नाफा बढेसँगै कम्पनीले मोबाइलका मुल्य पनि घटायो
• एलजीले बेर्न मिल्ने टिभी ल्याउँदै
• सामसुङको लक्ष्यभन्दा कम आम्दानी
• विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |