नम्डा मोबाइल एक्स्पो डिसेम्वर २९ मा हुने

मंसिर २४ काठमाण्डौ नेपाल

 नेपाल मोबाइल बितरक संघले आउँदो २०१६ डिसेम्वर २९ देखी २०१७ जनवरी २ सम्म भृकुटी मण्डपमा नाम्डा मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ । आज सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा नम्डा मोबाइल एक्स्पोे सबै मोबाइल फोनका उत्पादक, आयातकर्ता, बितरक, खुद्रा बिक्रेता सेवा प्रदायक आदिलाई एउटै छातामुनि ल्याउने उदेश्यले आयोजना गर्न लागेको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै एक्स्पो आयोजक संघका महासचिब रघु त्रिपाठीले मेलामा नेपाल तथा विदेशका सेवा प्रदायक तथा उत्पादन कम्पनीहरूले अत्याधुनिक उत्पादन तथा प्रवृधिको परिचय गराउने छन् । मोबाइल फोन कम्पनीका नयाँ उत्पादनको बजार परिचय,  कम्पनीद्धारा सेवा प्रदायक तथा ग्राहकबिच अन्तक्र्रिया, ग्राहकलाई विविध प्रकारको फोनको छनोटमा व्यापक अवसर आदि पक्ष प्रदर्शनीको मुख्य आकर्षण हुने बताउँनुभयो । साथै एक्स्पोमा मूल्य समायोजन तथा व्यपार प्रवर्धन तथा आगन्तुकहरुका लागि आकर्षक उपाहरहरु प्रदान गरिने छ । प्रदर्शनीमा दुई लाख भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्नेछन् भन्ने अपेक्षा गरिएको छ । नयाँ प्रविधि, रमाइला गेम अनि उपयोगी एप्लिकेशन सहितका मोबाइल फोनका प्रशंसकहरू सबैले  प्रदर्शसनी भ्रमण गर्ने अपेक्षा गरेको जानकारी दिनुभयो ।

प्रदर्शनीमा १३० स्टलहरू हुने, जसमध्ये १७ वटा मुख्य हल भित्र रहेर मोबाइल आयात कर्ताहरुले आ–आफ्ना ब्रान्डका परिचय गराउनुका साथै अन्य रिटेल स्टलहरू पनि मुख्य हलको बाहिर रहेर आकर्षक सेवा प्रदान गरिने एक्स्पो मुलसमारोह समितिका संयोजक दिनेश चुल्याध्योले बताउँनुभयो । एक्स्पो अवधिभर मोबाइल आयात कर्ताले बिभिन्न प्रोमोसनका गतिविधीहरु गर्ने छन् । मोबाइल बितरकहरुले ग्राहकहरुका लागि सुचना कक्ष राखी उपयोगी एप्लिकेशनहरुको जानकारी लगायत प्रचारप्रसार र रिटेलरका लागि सेवा प्रदान गर्ने छ भने रिटेलर ब्यवसायीका स्टरहरुबाट मात्र मोबाइल बिक्रिबितरण गरिने जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

 यसपटक नेपाल मोबाइल बितरक संघ मार्फत नेपालको इतिहासमै पहिलो पटक मोबाइल उत्पादक कम्पनी, मोबाइल आयात कर्ता, मोबाइल बितरक तथा रिटेलरहरुलाई एकै छातामुनी ल्याएर मोबाइल एक्स्पो गर्ने जमर्को गरेको आयोजक संघका अध्यक्ष माधब रिजालले बताउनु भयो । इम्पोर्टर कम्पनीका तर्फबाट पशुपति ट्रेडलिंकका नेश्नल सेल्स मेनेजर भुपाल क्षेत्रीले आजको बिज्ञान प्रबिधीको युगमा मोबाइल फोन सबैको पहुचमा पुर्याउन यस्ता एक्स्पोहरुले महत्वपूर्ण भुमिका खेल्ने भन्दै इम्पोर्टरहरुको तर्फबाट उक्त एक्स्पोलाई सफल पार्न हदै सम्मको सहयोग गर्ने बताउँनुभयो । मोबाइल एक्स्पोका नाममा बिगतमा केहि ब्यक्ति बिशेषले सिमित क्षेत्रका केही मोबाइल ब्यवसायीलाई मात्र सिन्डिकेट गरेर आयोजना गर्ने गरेको भन्दै यसपटक काठमाण्डौ, भक्तपुर तथा ललितपुर क्षेत्रका खुद्रा मोबाइल ब्यवसायीलाई समेटेर मोबाइल एक्स्पो आयोजना हुने भएकाले यो एक्स्पोले सबै मोबाइल ब्यवसायीलाई हित गर्ने आयोजकको दावी छ । इन्ट्रोडक्सन टे«ड शोज नेपाल प्रालिलाई प्रदर्शनी कार्यक्रमको आधिकारिक ब्यवस्थापनको जिम्मेवारी दिएको उक्त एक्स्पोलाई भब्यरुपमा सफल पार्न सबै पक्षको साथ समर्थन तथा सहयोगको अपेक्षा गरिएको आयोजक कमिटिले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : २०७३ मंसिर २६ (December 12, 2016)

सम्बन्धित तस्विरहरु







प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विविध जानकारीका थप शिर्षकहरु

• सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ

• सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान

• किनमेलका लागि कोरियाका ५ सपिङ मार्केट

• उत्कृष्ट ब्रान्डमा सामसङ ग्यालेक्सी मोबाइल

• कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटको नयाँ खोज: अव घरको भित्ताबाट पनि बिजुली

• कोरियाली संस्कृति र सभ्यता सम्वन्धी ४ बुँदाहरु

• यस्तो रहेछ आइफोन सेभेन

• अत्याधुनिक विशेषता भएको सामसङको नयाँ सिरिज ग्यालेक्सी नोट सेभेन बजारमा, युरोपमा मँहगो कोरियामा सस्तो मुल्य

• विश्व बजारमा सामसङ्ले पुन लियो अग्रता ,एप्पल अझै पछाडी

• सामसुङको ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च

• सामसङको ग्यालेक्सी एस सेभेन सिरिजको माग ह्वात्तै बढ्यो, दुइ दिनमै एक लाख वटा बिक्रि

• कोरियाली इलोक्ट्रोनिक्स एलजीले सार्वजानिक ग¥यो विश्व कै सवैभन्दा हलुको ल्यापटप

• एस सिक्स भन्दा सस्तो मुल्यमा आउदै छ ग्यालेक्सी एस सेभेन, के के छन् त विशेषता

• लैङ्गिक समानतामा स्विडेन उत्कृष्ट

• सामसङको नाफा अप्रत्यासितरुपले बढ्यो, नाफा बढेसँगै कम्पनीले मोबाइलका मुल्य पनि घटायो

• एलजीले बेर्न मिल्ने टिभी ल्याउँदै

• सामसुङको लक्ष्यभन्दा कम आम्दानी

• विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा

• सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

• इन्टरनेट स्पिड स्लो हुनेहरुलाई फेसबुक लाइट

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal