LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।


कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नेबित्तिकै अधिकांश युवायुवतीले दक्षिण कोरिया पुगेको सपना देख्न थालिसकेका हुन्छन् यदि भाषा परीक्षा उत्तीर्ण गरेकै कारण तपाईंले पनि कोरिया सपना देख्न थाल्नुभएको भने अझै पर्खनुहोस् किनकि, सबै भाषा परीक्षा उत्तीर्ण गरेकाहरू कोरिया उड्न पाउँछन् भन्ने अझै ग्यारेन्टी हुन सकेको छैन त्यसैले तपाईंले पनि भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको कोरिया जानका लागि एउटा खुड्किलो मात्र पार गरेको हो भन्ने ठान्नुस् नत्र कोरिया मोहले उत्साह भरिएको मनमा निरुत्साहले तनाव सिर्जना गर्न सक्छ सोही तनावको शिकारले तपाईं जस्ता होनहार युवायुवतीको जीवनलाई निरस तनावपूर्ण बनाउन सक्छ

भनिन्छ जसले धेरै महत्वाकांक्षा लिन्छ त्यस्ता व्यक्तिको जीवन कुनै कुनै क्षणमा निरस पीडादायी हुन्छ स्वदेशमा रोजगार पाउन नसकेको बेला ५० डिग्री तापक्रममा खाडीमा काम गर्नुपर्ने बाध्यताको अघिल्तिर कोरियाको रोजगारी बेरोजगार युवायुवतीका लागि निकै आकर्षक हो थोरै लगानीमा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउन पाइने भएपछि स्वदेशमा राम्रै जागिर व्यवसायमा रहेका स्नातक, स्नातकोत्तर अध्ययन सकाएका युवायुवतीको ध्यान वर्षैपिच्छे कोरियातिर तानिएको पाइन्छ

कोरियन भाषाको परीक्षामा सहभागी हुनकै लागि हजारौँ युवाले प्रयास थाल्ने क्रम पछिल्ला वर्ष बढेकोबढ्यै छन् तर, कोरिया भने तीमध्ये निकै थोरै मात्र जान पाउँछन् कोरियन भाषा अनुमति प्रणाली (ईपीएस) शाखाका अधिकृत शोभाकर भण्डारी कोरियन भाषाको परीक्षामा उत्तीर्ण हुनु भनेको कोरिया जानका लागि पहिलो आधार भए पनि ग्यारेन्टी भने होइन भाषा परीक्षा उत्तीर्णपछि स्वास्थ्य परीक्षणमा सफल हुनुको साथै कोरियन रोजगारदाताको छनोटमा पर्नु पर्ने भएकाले भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया पुगेको सपना नदेख्न भण्डारी सल्लाह दिन्छन् भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरियन रोजगारदाताले मन नपराएका या रोजगारी सिर्जना नगर्दा भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार युवायुवती अझै कोरिया जान पाएका छैनन्

पछिल्लो समयमा कोरिया जाने युवायुवतीको चाहना बढेपछि राजधानीमा बग्रेल्ती खुलेका भाषा सेन्टरले कोरिया जानका लागि भाषा परीक्षा नै सबथोक हो जस्तो व्यवहार गर्दा कैयौँ युवायुवती झुक्किने गरेको ईपीएस शाखाका कर्मचारी बताउँछन् गाउँगाउँबाट आएका युवायुवतीलाई कोरिया जाने हो भने भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने त्यसको जिम्मा आफ्नो इन्स्टिच्युटले लिने भन्दै झुक्याउने धन्दा निकै बढेको ईपीएस शाखाका कर्मचारीका अनुसार परीक्षार्थीले इन्स्टिच्युटमा नगईकन पनि कोरियन भाषाको अध्ययन गरी भाषा परीक्षामा सहभागी हुन सक्छन् पछिल्लो समयमा कोरियन भाषा पढाउने कतिपय इन्स्च्यिुटले कोरिया जाने खर्चभन्दा पनि बढी रकम असुल गर्न थालेको पीडित बताउँछन्

चार वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरेका बुटवलका रामु न्यौपानेले भने, ‘भाषा परीक्षा अध्ययन गर्दागर्दै ६० हजार रुपैयाँ सकियो पछि कोरियाबाट माग नआउँदा अहिलेसम्म जानै पाएको छैन दुई÷तीन महिना अध्ययन गरे पुग्नेमा इन्स्च्यिुटले उनलाई विभिन्न प्रलोभन देखाएर करिब एक वर्षसम्म कोरियन भाषा अध्ययन गर्न बाध्य पारेको थियो इन्स्च्यिुटले भने अनुसार पढ्दै रकम बुझाउँदै गएँ,’ न्यौपानेले भने, ‘प्रलोभन देखाउनुको कारण ठगी गर्नलाई पो रहेछ एक पटक भाषा परीक्षामा सफल भएको व्यक्ति दुई वर्षसम्म कोरिया पुगिसक्नु पर्छ कुनै कारणवश कोरिया जान नपाए त्यस्ता युवायुवतीले दुई वर्षपछि पुनः भाषा परीक्षामा प्रतिस्पर्धा गर्नुपर्छ

सन् २०१७ मा कोरियाको कृषि क्षेत्रमा काम गर्न २१ सय औद्योगिक क्षेत्रका लागि एक हजार कामदार लैजानका लागि भाषा परीक्षामा महिनाअघि ६० हजारभन्दा बढी युवायुवती परीक्षामा सामेल भएका थिए अघिल्लो वर्ष कोरियाले हजार सय ९० कामदार लैजान आह्वान गर्दा ५१ हजार सय ९९ जनाले प्रतिस्पर्धा गरेका थिए ईपीएस कोरिया शाखाका अधिकृत भण्डारी युवायुवतीको बढ्दो विदेश मोह घटाउन नेपालमा विशेष खाले योजना बनाउनुपर्ने बताउँछन् वैदेशिक रोजगारीको कमाइले देश बन्दैन भन्ने यथार्थ सबैलाई बुझाउन आवश्यक परिसकेको ,’ उनले भने, ‘यस्तै विदेश मोह कायम रहे देश युवाविहीन नहोला भन्न सकिन्न

युवाको रोजाइमा किन ¥यो कोरिया ?

सन् १९८० को दशकमा आर्थिक प्रगति गरेको मुलुक हो, दक्षिण कोरिया सन् १९६० सम्म आर्थिक अवस्था सन्तोषजनक नरहेको कोरियाले जब उत्पादन क्षेत्र उद्योगलाई जोड दिँदै विकासका रणनीति तय ¥यो त्यसपछि उसले आफ्नो आर्थिक अवस्था बदल्यो नै विश्वमै तीव्र रूपमा आर्थिक उन्नति गर्ने देशको रूपमा चिनायो रहस्यमय तरिकाले आर्थिक उन्नति गरेकाले एसियन टाइगरको रूपमा समेत कोरियाले संसारभर नाम कमायो

उत्पादन उद्योगको विकासले आर्थिक अवस्था सुधार हुन्छ भन्ने मूल मान्यतालाई बढाउने क्रममा कोरियाले सन् २००८ देखि नेपालबाट कृषि उद्योग क्षेत्रमा काम गर्न युवायुवती लैजान थालेको हो स्वदेशमा कृषिको काम गर्न अप्ठ्यारो मान्ने युवायुवती पछिल्लो समयमा भने सोही काम गर्न मरिहत्ते गर्न थालेका छन् कोरिया मोहमा परेका युवायुवतीका अनुसार नेपालमा बसेर कृषि क्षेत्रमै काम गर्न खोजे पनि सरकारी संयन्त्र सहयोगी नभएकाले विदेश पस्न बाध्य हुनु परेको हो जीटूजी (नेपाल कोरिया सरकार) प्रक्रियाबाट कोरिया जान पाइने व्यवस्था भएकाले जाँदा लागत खर्च कम उता गइसकेपछि तोकिएकै रोजगारी पाउने व्यवस्थाले धेरैलाई लोभ्याएको हो कोरियाको श्रम ऐन प्रभावकारी भएकाले त्यहाँ काम गर्नेहरूलाई रोजगारदाताले मासिक एक लाख रुपैयाँभन्दा कम पारिश्रमिक दिन पाउँदैनन् सम्झौताअनुसार कामदारले पाउनुपर्ने कुनै सुविधा नपाएको गुनासो पर्ने बित्तिकै कामदारलाई सहयोग गर्न सरकारी संयन्त्रले सशक्त रूपमा काम गरेको हुन्छ कोरियाका रोजगारदाताले कामदारलाई तोकिएभन्दा बढी काम लगाउने बित्तिकै अतिरिक्त ज्याला दिनुपर्छ

कोरिया छनोटको प्रक्रिया

कोरिया छनोटको पहिला आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो उक्त भाषा परीक्षामा जसले सबभन्दा बढी अंक ल्याउँछ ती युवायुवतीको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी हुँदैन भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए त्यस्ता युवायुवती कोरिया जान पाउँदैनन् दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीको नाम रोस्टर सूचीबाट हट्छ , त्यस्ता युवायुवती कोरिया जान अयोग्य हुन्छन् सन् २००८ यता नेपालबाट ४० हजार सय ४५ युवा कोरिया गइसकेका छन् भाषा परीक्षा भने ५० हजार सय ६५ ले उत्तीर्ण गरेका छन् जसमा महिलाको संख्या हजार सय ७४ भाषा परीक्षा उत्तीर्ण गरेका महिलामध्ये अहिलेसम्म हजार सय ६४ मात्र कोरियन रोजगारदाताको छनोटमा परेका छन् ५० हजार सय ६५ ले भाषा परीक्षा उत्तीर्ण गर्दा अहिलेसम्म भाषा परीक्षाको प्रतिस्पर्धामा भने लाख ३२ हजार सय जना सहभागी रहेको ईपीएस कोरिया शाखाले जनाएको सन् २००८ देखि कोरियाले नेपालबाट कामदार लैजान थालेकोमा सन् २००९ सन् २०१२ मा भने विभिन्न कारण देखाउँदै कामदार लिएन

 

कोरियामा पुगेका नेपाली कामदारले भोगेका समस्या बुझ्न गएको भदौ गतेदेखि एक सातासम्म विभागको टोलीले कोरियाको भ्रमण गरेको थियो   कामका लागि युवायुवतीलाई कोरिया पठाउन विभागको खासै भूमिका हुँदैन कोरियन भाषा उत्तीर्ण गरेकालाई त्यहाँका रोजगारदाताले बोलाएपछि मात्र जान पाउने हो त्यसैले भ्रमणको बेला कमसे कम कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीलाई जसरी पनि रोजगारी प्रदान गर्न त्यहाँका अधिकारीसँग आग्रह गरेका छौँ त्यस्तै नेपाली युवायुवतीका लागि कोरिया रोजगारी सर्वोत्कृष्ट भएकाले कोटा थप गर्न पनि भनेका छौँ कोरियाका रोजगारदाताले नेपाली कामदारलाई विशेष प्राथमिकता दिएका छन्  नेपाली कामदार काममा गम्भीर हुनाको साथै रोजगारदाताप्रति इमानदार हुने भएकाले त्यहाँका रोजगारदाताले मन पराएका हुन् कोरियामा गएका युवायुवतीमध्ये कृषि क्षेत्रमा काम गर्नेको केही समस्या देखिए पनि बाँकी सेक्टरको काम सन्तोषजनक नै पाइएको

 

 

हालसम्म कोरियन भाषा उत्तीर्ण गरेका कोरिया पुगेका कामदार संख्या 

वर्ष सन्मा    प्रतिस्पर्धी    उत्तीर्ण    कोरिया उडेका

२००८         ३१५२५    ६७८६    २८१४

२००९                  १९११

२०१०          ३६२०३    ४१८०    २३३९

२०११           ५००४३    १५६७८    ३९८३

२०१२                  ६३३२

२०१३         ४४१२२    ८०५१    ५०४६

२०१४         ५८७४६    ३६६३    ६०२८

२०१५         ५११३७    ८४९०    ५८६६

२०१६          ६०६२६    ३५१७    ६६२६

जम्मा       ,३२,४०२    ५०,३६५    ४०,९४५

स्रोतः ईपीएस कोरिया शाखा

 

 नागरिकन्यूजबाट साभार

प्रकाशित मिति : २०७३ असोज १८ (October 04, 2016)

प्रतिक्रियाहरु


Gurung sharmila wrote on 12 October, 2016
20015ma pass vyeka toliharu jatipani Korea Jana napayekaharuko aba LC auxakiaudaina please janakaripau ra reemedical kahiledekhi suruhunxhola bataidinuhna anurodh gardaxu
Birendra mandal wrote on 31 January, 2017
what do you do to go korea

तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भनेपालीबाटै पिडित छन कोरियामा नेपाली बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal