LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

अनिल कुमार गुरुङ्ग
सहसचिव श्रम तथा रोजगार मन्त्रालय
 
कोरियामा श्रम सहचारीको रुपमा नेपाली राजदूतावासमा प्राप्त गरेका अनुभवका आधारमा नेपाली कामदारहरुले सोध्ने प्रश्नहरु र तिनको जवाफहरुलाई समेटेर सानो लेख प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यो लेख दक्षिण कोरियामा रहेका खासगरि ई.पि.एस. अन्र्तगत कार्य गर्नुहुने सबैलाई लाभदायक हुनेछ ।

१. म आफनो सेवा अवधि सकेर नेपाल फर्कदै छु ।  म फर्कने दिन रातो विदा पर्छ, एयरपोर्टमा थेजिकमको पैसा बुझ्ने काउण्टर बन्द हुन्छ कि हुदैन ?
जवाफः विदाका दिन पनि एयरपोर्टका थेजिकम बुझ्ने काउटर खुला हुन्छन्  रातो विदाले कुनै फरक पर्दैन् ।

२. म कोरियामा ४ बर्ष १० महिना पुरा गरेर स्वदेश फर्कदै छु । म फेरी कोरिया आउन के गर्नु पर्ला ?
कोरियामा ३ बर्ष काम गरेपछि पनि पुनः १ बर्ष १० महिनाको करार अवधि थप भई, आफनो करार सकिनु अगावै स्वदेश फर्कने कामदारले सि.बि.टि. परीक्षा ( कम्प्युटरमा आधारित परीक्षा) उत्तिर्ण गरेर पुन कोरिया आउन सक्दछन् । यसरी कोरिया आउन चाहने कामदारको उमेर ३९ बर्ष ननाघेको हुनु पर्छ । तर कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा ४ बर्ष १० महिना काम गरेको कामदार भए, रोजगारदाताले चाहेमा अयmmष्ततभम धयचपभच को रुपमा करार अवधि समाप्त हुनु अघि स्वदेश फर्केमा यसरी स्वदेश फर्केको ३ महिना पछि पुनः कोरियामा कामदारको रुपमा (सोही कम्पनीमा) प्रवेश गर्न सक्दछन् । यसरी अयmmष्ततभम धयपभच आउने कामदारलाई उमेरको हद लाग्दैन तथा उसले भाषा परीक्षा पनि दिनु पर्दैन् ।

३. मैले साहुबाट लेटर लिएर कम्पनी परिवर्तन गर्न पाउने अवधि तीन महिना भित्र स्वदेश (नेपाल) विदामा जान चाहन्छु, मैले के गर्नु पर्ला ?
उत्तरः कम्पनी परिवर्तनको अनुमति रोजगार सेवा केन्द« ( नोर्दम्बु) प्राप्त गरेको कामदार स्वदेश विदामा जान चाहने कामदारले आफू स्वदेश कति अवधिको लागि जाने हो ,सो कुराको जानकारी रोजगार सेवा केन्द« ( नोर्दम्बु) मा गराई सो अवधिमा आफूलाई मेसेज नपठाउनु होला भनि अनुरोध गर्ने । स्वदेश विदामा जांदा अनिवार्य रुपमा रोजगार सेवा केन्द« ( नोर्दम्बु) बाट प्राप्त अनुमति पत्र लिएर जाने तथा फर्केर आउंदा साथै लिएर आउने । अध्यागमनले सोधपुछ गरेमा सो अनुमतिपत्र देखाउने ।

४. बिदामा घर जांदा मैले नेपालमा श्रम स्वीकृति लिनु पर्छ कि पर्दैन ?
आफूले यस अघि कोरिया प्रवेश गर्दा श्रम स्वीकृति ५ बर्षको लिएको छ भने बिदामा घर जांदा श्रम स्वीकृति लिनु पर्दैन । तर ३ बर्षको लिएको हो भने पुनः श्रम स्वीकृति लिनु पर्छ । आफनो श्रम स्वीकृति कति बर्षको छ भनेर जान्नका लागि आफनो राहदानीको पछिल्लो पानामा टांस गरिएको श्रम स्टीकर हेर्नु हुन मेरो सुझाव छ । सामान्यतः २०१२ नोबेम्बर पछि  कोरियामा रोजागारीका लागि आउनु भएकाहरुको श्रम स्वीकृति ५ बर्षको रहेको छ । कोरियामा रोजगार गर्नेहरुले श्रम स्वीकृति लिनका लागि ई.पि.एस.शाखा ग्र्वाकोमा सम्पर्क राख्नु पर्छ

५. मेरो राहदानी हस्तलिखितमा श्रम स्वीकृति थियो, हाल मैले नयां एम.आर.पि. लिए के गर्ने ?
हस्तलिखित राहदानीमा श्रम स्वीकृति लिएको तर हाल कोरियामा एम.आर.पिं लिएको भए पनि केही फरक पर्दैन् । आफू स्वदेश जांदा र फर्कदा हस्तलिखित राहदानी समेत साथै लिई वातागाता गर्ने ।  

६.  स्वदेश फर्कने दिन विमानस्थलबाट बीमा रकम लिन के गर्नु पर्छ ?
(बीमा कम्पनी साम्सुंगवाजेमा बीमा रकम भुक्तानीका लागि आवेदन गर्ने बेलामा विमानस्थलबाट भुक्तानी लिने भनेर उल्लेख गरेर आवेदन गर्ने । बिमा कम्पनीबाट सो सम्बन्धी कागजात अर्थात् बिमा रकम भुक्तानी प्रमाण उपलब्ध हुन्छ । उक्त प्रमाण सुरक्षित राख्ने । (स्वदेश फर्कने दिन पासपोर्ट(राहदानी),हवाई जहाजको टिकट, बिमा कम्पनीबाट प्राप्त बिमा रकम भुक्तानी प्रमाण विमानस्थलमा रहेको सम्बन्धित बैकमा पेश गर्ने । सम्बन्धित बैंकले जांच गरी सके पछि रकम भुक्तानीको लागि सटही आदेश पत्र (चेक) उपलब्ध गराउने छ ।  अध्यागमनको जांचबुझ शाखा पार गरेपछि डियुटी फ्रि (करमुक्त पसल) नजिकै रहेको मुद«ा सटही काउण्टरमा गई बैंकले दिएको सटही आदेश पत्र (चेक) बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद«ामा रकम प्राप्त गर्न सक्नेछन् । बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद«ामा रकम प्राप्त गर्न सक्नेछन् ।

७.  कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले बीमा रकम कसरी प्राप्त गर्ने ?
कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले आफनो देश फर्के पछि ई.पि.एस. (हाल ग्र्वाको ललितपुरमा) शाखामा निवेदन दिएर बिदेशी मुद«ा प्राप्त गर्न मिल्ने खाताको माध्यमबाट रकम प्राप्त गर्न सकिन्छ । (यस पटक नियम परिवर्तन गरी बिमा रकम भुक्तानी अवधि समाप्तिलाई २ बर्षबाट बढाएर ३ बर्ष बनाईएको छ ।

८. मेरो नाममा नेपालमा घर जग्गा छ । त्यो घर जग्गा म बेच्न चाहन्छु तर अहिले म नेपाल जान सक्दिन, के गर्ने ?
आफनो नाममा भएको घर जग्गा बेचबिखन वा नामसारी गरी दिन वा हक भोग अरुलाई दिन आफू तत्काल स्वदेश जान नसकेको खण्डमा अधिकृत वारेशनामाको माध्यमबाट बेचबिखन गर्न सकिन्छ । यस्तो अधिकृत वारेशनामा नेपालबाट मगाई, आफूले राजदूतावासमा उपस्थित भई,  सहिछाप गरी , प्रमाणित गराई पठाएमा आफू नगए पनि गए सरह काम गर्छ । यस्तो वारेशनामा कानूनले वारेश हुन मिल्ने जो कोहीलाई पनि दिई कार्य सम्पन्न् गर्न सकिन्छ ।

९. मेरो श्रीमति (वा श्रीमान्) लाई कोरिया घुम्न मगाउन चाहन्छु के गर्ने ?
ईपिएस कामदारका रुपमा ई ९ भिसामा कोरियामा आएका कामदारहरुले आफनो परिवार झिकाउने सुविधा सामान्तया प्राप्त गर्दैनन् ।

१०. कृषिमा कोरिया आएको कामदारले सि.बि.टि दिएर उत्पादन तर्फ आउन पाउंछ कि पाउदैन् ?
सि.बि.टि परीक्षा भनेको कम्प्युटरमा आधारित परीक्षा हो । ३ बर्ष पुरा गरी थप समय काम गरेर आफनो भिसा अवधि छदै स्वदेश फर्केको तथा ३९ बर्ष उमेर नपुगेको कामदारले यो परीक्षा दिन पाउंछ । यो परीक्षाको फारम भर्दा नै आफू कुन क्षेत्रमा जान चाहेको हो ? उल्लेख गरी कृषि क्षेत्रमा काम गरेकाले पनि उत्पादन क्षेत्रमा जान पाउछ ।

११. मेरो करारको (Contract) कम्पनी भन्दा फरक कम्पनीमा लगेर साहुले काममा लगाई राखेको छ के गर्ने ? आफूले जुन कम्पनीमा काम गर्न भनेर आएको हो त्यही कम्पनीमा काम गर्नु पर्ने हुन्छ । फरक कम्पनीमा काम गर्नु जोखिमयुक्त हुन्छ । साहुले फरक कम्पनीमा काममा लगाएमा साहुसंग आफनो कुरा राख्ने । नमानेमा सम्बन्धित निकाय अर्थात् नोर्दबुमा समेत जान सकिन्छ ।  

प्रकाशित मिति : २०७३ असार २२ (July 06, 2016)
Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal