LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

अनिल गुरुङ्ग
कोरियामा प्रवाशी कामदार भित्राउने ईपिएस प्रणालीको (रोजगार अनुमति व्यवस्था) शुरुवात २००४ को अगस्त महिनाबाट भएको हो र २०१६ को अगस्त महिनामा यस पद्धतिले १२ बर्ष पूरा  गर्दैछ । हाल कोरियामा करीब ३२ हजार नेपालीहरु कामदारको रुपमा रहेको देखिन्छ साथै आगामी दिनहरुमा यो संख्यामा वृद्धि हुदै जानु स्वाभाविक छ । कोरियामा ईपिएस कामदारको रुपमा कार्य अवधि सकेर फर्कने बेलामा कतिपय कामदारहरु के गर्ने वा के नगर्ने भन्ने बिषयमा अन्यौलमा परेको पाएको हुनाले त्यसबारेमा  मेरो अनुभवको आधारमा निम्न बिषयहरु प्रस्तुत गरेको छु ।

 (१)कोरियामा कामदारको भिसा अवधि ४ बर्ष १० महिनाको अवधि सकिनु बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि) कम्पनीमा जानकारी गराई आफनो हिसाब किताब फर फारक गर्नु जरुरी छ । साथै थेजिकमको रकमको बारेमा सामसुंग फायर ईन्स्युरेन्स कम्पनीमा कम्पनी मार्फत वा सोझै पनि निवेदन दिई आफूले सामसुंगबाट पाउने रकम तथा नपुग भएको खण्डमा साहुले दिनु पर्ने रकम समेत सुनिश्चित गर्ने तथा साहुसंग लिने ।

(२) एउटै कम्पनीमा काम गरी पुनः सोही कम्पनीमा आउन चाहने प्रतिबद्ध कामदारहरुले बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि) साहु समेत नोर्दबुमा गई पुनः करार गर्ने तथा यथाशक्य एक प्रति करार पत्र साथै लिने ।

(३) यथाशक्य आफूले प्रस्थान गर्ने दिनको टिकट कम्तिमा एक महिना अगावै लिनु बेश हुन्छ किनकि सामसुंग बीमा कम्पनी तथा आवश्यकता अनुसार कार्यरत कम्पनीमा टिकट पेश गर्नु पर्ने हुन्छ । फेरि एक महिना अगावै टिकट लिदा सस्तो पनि पर्छ ।

(४) कोरियामा छंदा आफुले पुरानो राहदानीको साटो नयां राहदानी लिएको भए पुरानो राहदानी समेत साथै लिएर फर्कने । यदि हराएर नयां बनाएको हो भने यथाशक्य पुरानो राहदानीको फोटोकपि छ भने सो समेत साथै लिएर आउने । एलियन रजिष्टे«शन कार्डको फोटो कपि चार पांच वटा बनाउने तथा फोटोकपि साथै ल्याउने ।

(५) एउटै कम्पनीमा ४ बर्ष १० महिना काम गरी फर्केको तथा पुनः सोही कम्पनीमा जान चाहने कामदारहरुले नेपाल फर्केको सात दिन भित्र आफनो राहदानी तथा एलियन रजिष्ट्रशन कार्डको फोटो सहित ईपिएस. कार्यालय ग्र्वाकोमा सम्पर्क राख्ने । यस्ता कामदारहरु तीन महिना पछि पुनः कोरिया प्रवेश गर्न पाउंछन् ।

(६) कोरियाबाट फर्कने बेलामा थेजिकमका लागि ईन्छन एयरपोर्टको टिकट काउण्टर नजिक रहेको सम्बन्धित बैंकको काउण्टरबाट भुक्तानी आदेश लिई, भित्र पसी अध्यागमन काउण्टर पार गरेको लगतै बैंक काउटरबाट  थेजिकमको रकम भुक्तानी लिने । कथम कदाचित थेजिकमको रकम भुक्तानी लिन नभ्याएमा नेपाल फर्केपछि ईपिएसं कार्यालय ग्र्वाकोमा सम्पर्क राख्ने ।

(७) ईपिएस कामदार अनिवार्य रुपमा आफनो भिसा अवधि समाप्त हुनु अगावै फर्कनु पर्छ अन्यथा अवैधानिक भईन्छ । सम्पूर्ण भिसा अवधि सकेर फर्कदा आफनो एलियन रजिष्ट्रशन कार्ड एयरपोर्टको अध्यागमन शाखामा बुझाउनु हुुन ।

(८) कोरियामा ३ बर्ष पुरा गरेपछि पुनः १ बर्ष १० महिनाको भिसा लागे पछि नेपाल फर्केर  सि.बि.टि परीक्षा दिन ३ बर्ष पुरा भई  थप काम गरेको हुनै पर्छ अर्थात् ३ बर्ष पछि पनि काम गर्नु पर्छ । साथै उमेर ३९ बर्ष काटेको हुनु हुदैन ।

(९) ४ बर्ष १० महिना पुरा गरी नेपाल फर्केर पुनः कोरिया जादा पनि श्रम स्वीकृति भने लिनै पर्छ । ईपिएस. कामदारहरुले श्रम स्वीकृति ईपिएस शाखा ग्र्वाकोबाट लिंदा हुन्छ ।

(१०) कोरिया नेपाल फर्केका धेरैको राहदानी हराएको , एलियन कार्डको फोटोकपि हराएको जस्ता कुरा सुनिने हुंदा यस्तो कागज सुरक्षित रुपमा घरमा राख्नु हुन भयो भने पछि सहज हुनेछ ।

- अनिल गुरुङ्ग
सहसचिव, श्रम तथा रोजगार मन्त्रालय
( पूर्व श्रम सहचारी , नेपाली राजदूतावास, सोल)
प्रकाशित मिति : २०७४ मंसिर २८ (December 14, 2017)
Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal