LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा तपाईंले कोरिया उड्ने सपना देख्नु भएको छ भने पख्नुस् है ! भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरिया जानका लागि थुप्रै प्रक्रिया बाँकी हुन्छन् । तिनै प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका १९ हजारभन्दा बढी युवायुवती अझैं त्यहाँ जानबाट वञ्चित भएका छन् । कोरियन रोजगारदाताको छनोटमा नपर्दा उनीहरूको कोरिया जाने सपना चकनाचुर भइरहेको हो ।

ठूलो रकम र समय खर्चेर राजधानीमा कोरियन भाषा सिकेका युवायुवती कोरिया जान नपाएपछि यतिखेर निराश भइरहेका छन् । चार वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरेका दाङका टंक आचार्यले कोरिया प्रलोभनमा पर्दा ठूलो रकम र समय नष्ट भएको गुनासो गरे । भाषासिक्न ६० हजार रुपैयाँखर्चेका र एक वर्ष लगाएका आचार्यले अन्तिम समयमा उताबाट बोलावट नहुँदा कोरिया जाननपाएको बताए । ‘पहिला लिइएको भाषा परीक्षामा उत्तीर्ण भएका सबै नउडेसम्मअर्को भाषा परीक्षा सञ्चालन नगर्नु पर्नेमा सरकारी कर्मचारी चासो नै दिँदैनन्,’ उनले गुनासो गरे, ‘कोरियनले जे भन्छन् । त्यही मान्दा कैयौं युवा युवतीको बिचल्ली भइरहेको छ ।’

गर्दै आएको जागिर, व्यवसाय तथा अध्ययन छाडी भाषा सिकेर कोरिया जाने एक सूत्रीय अभियानमा लागेका युवायुवती अन्तिम समयमा छनोटमा पर्न नसकेपछि धोकाभएको भन्दै विभिन्न निकायमा गुहार गरिरहेका भेटिन्छन् । ‘कोरिया जानकालागि जिटुजी (दुवै देशको सरकारी निकाय) प्रक्रियाबाट छनोट गरिने भएकाले कमसेकम भाषा परीक्षा उत्तीर्ण भएकालाई जसरी पनि उड्न पाउने व्यवस्था हुनुपर्ने हो,’ चार वर्षअघि नै भाषा परीक्षा उत्तीर्ण गरेका विराटनगरका अवध कार्कीले भने, ‘कोरिया जाने भनेर राजधानी आइयो । भाषा परीक्षापनि उत्तीर्ण भइयो । तर, अन्तिम समयमा उताबाट बोलावट भएन। अब कसरी घर फर्कने ?’ कोरियामा गएर कमाइ गरेपछि मात्र बिहे गर्ने योजना बनाएको बताउने कार्कीले अब बिहे गर्ने  मुडसमेत नभएको गुनासो गरे ।

इपिएस कोरिया शाखाका अनुसार सन् २००८ देखि हालसम्म५० हजार ३ सय ६५ युवायुवतीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेपनि ४० हजार नौ सय ४५ मात्र उड्न सकेका छन् । शाखाका अधिकृत शोभाकर भण्डारी भाषा परीक्षा लिनेदेखि लिएर कापीजाँचगर्ने र कामदार बोलाउनेसम्मका सबै काम कोरियनअधिकारीले नै गर्छन् ।

भाषा परीक्षामा उत्तीर्ण भएकाको नामकोेरियाको मानव संशाधनविभागले रोस्टरमाप्रकाशित गरेपछि मात्रत्यहाँका रोजगारदाताले नेपालबाट कामदार बोलाउने अहिलेको प्रचलनहो । ‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौं,’ भण्डारीले भने, ‘भाषा परीक्षामा सफल भएकाहरूलाई कोरियन रोजगारदाताले नबोलाउन पनि सक्छन् ।’

कोरियन रोजगारदाता नेपालीकामदार बोलाउँदा त्यस्ता व्यक्तिले गर्ने कामको सैद्धान्तिक र प्रयोगात्मक सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको हुन्छ । भण्डारीका अनुसार रोजगारदाताले चाहने हो भने कामदारले नेपालमासिकेको भाषा परीक्षाको ज्ञान मात्रनभई सम्बन्धित काम प्रतिउसको प्रयोगात्मक ज्ञान पनि भिडियोमार्फत जान्ने व्यवस्था मिलाइएको हुन्छ ।

कोरियन भाषा उत्तीर्ण गरेकाव्यक्तिलाई दुई वर्षसम्मकुनै पनि रोजगारदाताले नबोलाए त्यस्ता व्यक्तिको नाम रोस्टरबाट हट्ने गर्छ । तीव्यक्तिले  कोरिया जानखोजे पुनःभाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । इपिएस कोरिया शाखाकाअनुसार सन् २००८ यता ५० हजार ३ सय ६५ युवायुवतीले कोरियनभाषाको परीक्षा उत्तीर्ण गरेपनिहालसम्म ४० हजार ९ सय ६५ मात्रकोरिया उड्न पाएका छन् । पछिल्लोपटक ६ महिनाअघिको भाषा परीक्षामा उत्तीर्ण भएका३हजार ५ सय १७जनाकोभने रोस्टरमा राख्ने काम भर्खर सकिएको छ ।

‘असोज ११ गतेसम्म ६ महिनाअघिको भाषा परीक्षामा सफलतथाअसोज ४ देखि ७गतेसम्मको स्वास्थ्य परीक्षणमा योग्य ठहरिएकाव्यक्तिको नामअभिलेख भइसकेपछि कोरियन रोजगारदाताले बोलाउनथाल्लान्,’ भण्डारीले भने । कोरियाले सन् २०१६ का लागि नेपालबाट लैजाने कामदारको कोटा ३ हजार १सय छुट्ट्याए पनि भाषा परीक्षामाभने ३हजार ५ सय १७ उत्तीर्ण भएकाथिए । कोरियाले छुट्ट्याएको कोटामा पर्न ६० हजार ६ सय २६ युवायुवतीले प्रतिस्पर्धा गरेकाथिए ।


हालसम्मकोरिया जाने खोज्ने र गएकाको विवरण

वर्ष (सन्)    प्रतिस्पर्धी    उत्तीर्ण    कोरिया उडेका
२००८         ३१५२५    ६७८६    २८१४
२००९           –            –        १९११
२०१०          ३६२०३    ४१८०    २३३९
२०११           ५००४३    १५६७८    ३९८३
२०१२              –           –          ६३३२
२०१३             ४४१२२    ८०५१    ५०४६
२०१४               ५८७४६    ३६६३    ६०२८
२०१५              ५११३७    ८४९०    ५८६६
२०१६                 ६०६२६    ३५१७    ६६२६
जम्मा                ३,३२,४०२    ५०,३६५    ४०,९४५

स्रोतः  इपिएस कोरिया शाखा

प्रकाशित मिति : २०७३ असोज २१ (October 07, 2016)

प्रतिक्रियाहरु


suman karki wrote on 16 December, 2016
ईपीएस भाषा परीक्षा अक्टुबरमा, यस बर्ष ८ हजार २ सय नेपालीलाई उत्तीर्ण गर्ने yo samchar really ho ??
himal kunwar wrote on 30 December, 2016
मेरो पनि १ बर्षा भैसको कैले नाम आउने हो कि होइन तनब भैसको
durga wrote on 09 August, 2017
2018 ko vasha parikshya kaile hola kei jankari pauna sakinxa??

तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितइपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारीकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो कोरियामा नेपालीको मृत्युको श्रृखंला, आत्महत्या किन गर्छन भनेर सोध्नेले नै गरे झुण्डिएर आत्महत्या
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal