LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

६ दशक अगाडिसम्म विश्वमा दक्षिण कोरियाको स्थान गरिब राष्ट्रहरू मध्ये आठौँमा थियो । आज उसको स्थान गरिब राष्ट्रलाई अनुदान दिने मुलुकहरू मध्ये आठौँमा छ ।

जुन बेला दक्षिण कोरिया चरम गरिबीमा थियो त्यसबेला नेपालबाट समेत दक्षिण कोरियामा उपभोग्य सामान निर्यात हुन्थ्यो, आज नेपाल कोरियामा कामदार पठाई रेमिट्यान्स भित्र्याउने प्रमुख मुलुहरूमध्ये एक बन्न पुगेको छ । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रको एउटा हिस्सा कोरिया पनि बन्न पुगेको छ ।

दोस्रो विश्वयुद्धमा जापानको पक्षबाट लडेको कोरिया विश्वयुद्धपश्चात् सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्त भएको हो । उपनिवेशबाट मुक्त भएलगत्तै कोरिया उत्तर र दक्षिण गरी दुई कोरियामा विभाजित भयो ।

सन् १९४५ देखि ४८ सम्म अमेरिकी सैनिक सरकारबाट शासित दक्षिण कोरियामा १९४८ मा गणतान्त्रिक सरकार स्थापना त भयो, तर सन् १९५० देखि ५३ सम्म भएको उत्तर र दक्षिण कोरियाबीचको युद्धले दुवैलाई थप तहसनहस बनायो ।

एकातिर विभक्त र अर्कातर्फ युद्धको चपेटामा परेर दयनीय अवस्थामा पुगेको मुलुकको आजको अवस्था हेर्ने हो भने त्यो विश्वकै लागि अनुकरणीय बन्न पुगेको छ ।

युद्धबाट क्षतिग्रस्त भएपश्चात् विकासविद्हरू अब १ सय वर्षमा पनि दक्षिण कोरिया माथि उठ्न नसक्ने विश्लेषण गर्थे, तर त्यो विश्लेषणलाई गलत सावित गर्दै ५० वर्षमै कोरियाले विश्वका विकसित मुलुकको सूचीमा आफ्नो नाम दर्ज गरायो ।

दोस्रो विश्वयुद्ध अगाडिको इतिहास हेर्ने हो भने दक्षिण कोरिया जापानी राजनीतिको क्रीडास्थल थियो । विश्वयुद्धपछि जापानी उपनिवेशबाट मुक्त भएपछि पनि अमेरिकी प्रभावबाट यो मुक्त भएन ।

​तर, विश्व राजनीतिको जतिसुकै प्रभाव परे पनि कोरिया विकासको पथबाट कहिल्यै विचलित भएन । संकटलाई शक्तिमा बदल्नुपर्छ भन्ने उदाहरण बन्यो ।

सम्भवतः दोस्रो विश्वयुद्ध नभएको भए कोरिया दुई भागमा विभक्त हुने थिएन होला, तर जापानी उपनिवेशबाट पनि मुक्त हुने थिएन । आज पनि कोरिया जापानी दासत्व स्विकारिरहेको हुने थियो कि ? विश्वयुद्धको विनाशलीलाबाट विकासको पाठ सिक्ने थोरै मुलुकमध्ये कोरिया अग्रस्थानमा रह्यो ।

दक्षिण कोरियाको विकासमा तीन कुराले महत्वपूर्ण भूमिका खेल्यो । पहिलो सरकारको विकास नीति, दोस्रो वैदेशिक सहयोग तथा तेस्रो जनताको सहभागिता र विकासमा प्रतिस्पर्धा ।

जब दुई कोरियाको युद्धबाट दक्षिण कोरिया तहसनहस भयो तब त्यहाँ त्यस्तो सरकारको आवश्यकता महसुस गरियो जसले दु्रततर विकासको नीति ल्याओस् । युद्धपछिका सरकारहरूले विकासका विभिन्न मोडल ल्याए ।

खासगरी सन् १९६१–७९ मा पार्क चुङ लि त्यहाँको राष्ट्रपति भएपछि उनको आर्थिक विकास नीतिले तीव्र गति लियो । त्यसैले त्यहाँका नागरिक उनलाई कोरियाली विकासका पिता मान्छन् । उनले आफ्ना विकासका नीतिहरू कार्यान्वयन गर्न केही कठोर कदमहरू पनि चाले । उनका ती कदमहरूले नै आज विश्वका सामु दक्षिण कोरियालाई चिनायो ।
युद्धको चपेटामा परेपश्चात् दक्षिण कोरियामा चरम गरिबीको चरण आयो । त्यहाँको विनाशसँगै अन्तरराष्ट्रिय आर्थिक सहयोगले पनि अघिल्लो समयमा पर्याप्त भूमिका खेल्यो । अमेरिका, जापान, युरोपियन मुलुक र अन्तरराष्ट्रिय गैरसरकारी निकायहरूले दक्षिण कोरियाको विकासका लागि अनुदान दिए ।

यो अनुदान सहयोगलाई कोरियाले राम्ररी सदुपयोग ग¥यो । त्यसैले प्रारम्भमा अनुदान सहयोगबाट विकास भएको सो मुलुक आज अन्य देशको विकासका लागि अनुदान दिन सक्ने भएको छ । त्यसो त कोरियाको विकासमा सबैभन्दा ठूलो योगदान नै त्यहाँका जनताको छ ।

जनताको साथले मात्र दिगो विकास सम्भव छ भन्ने कुराको उदाहरण दक्षिण कोरिया बन्न पुगेको छ । जनताको मेहनतकै कारण कोरिया विश्वको उदीयमान अर्थतन्त्रमा परिणत भएको छ । विकसित मुलुकहरूको संगठन जी–२० मा यतिबेला कोरिया सदस्य राष्ट्र बनिसकेको छ ।

आज विश्व अर्थतन्त्रको एक हिस्सा बनेको कोरियाको विकास मोडल संसारका लागि अनुकरणीय बनेको छ ।

सरकारको सही नीति, स्वदेशी तथा विदेशी सहयोग, स्रोत–साधनको सही सदुपयोग र जनताले मेहनत गर्ने हो भन्ने विकासका लागि अरू धेरै विचार र सिद्धान्तको जरुरत पर्दैन भन्ने उदाहरण दक्षिण कोरिया हो । आज कतिपय व्यक्ति प्रजातन्त्रलाई विकासको पूर्वसर्त भनेर राजनीति भजाउँछन् तर दक्षिण कोरिया विकासलाई प्रजातन्त्रको पूर्वसर्त भन्छ । प्रजातन्त्रले विकास हुने होइन, बरु विकासले प्रजातन्त्र टिकाउँछ ।
विकासले नै राजनीतिलाई डो¥याउँछ र विकसित राष्ट्रमा नै मानवअधिकारको पूर्ण प्रत्याभूति हुन्छ भन्ने कुरा कोरियाबाट सिक्न सकिन्छ । कोरियाले शिक्षामा ठूलो लगानी गरेको छ ।

कुनै समय त्यहाँको ठूलो संख्या अध्ययनका लागि अमेरिका जान्थ्यो । अमेरिकामा पढ्ने अन्य मुुलुकका विद्यार्थीहरूमा कोरियाली अधिक थिए । आज विश्वको ठूलो जनसंख्या सूचना प्रविधिलगायतको प्राविधिक शिक्षाका लागि कोरिया धाउँछ । त्यहाँको झन्डै शतप्रतिशत जनसंख्या शिक्षित छ । शिक्षित जनशक्तिको सदुपयोग पनि गरेको छ ।

उद्योगधन्दाको विकासमा छलाङ मारेको छ । आज कोरिया अनुदानदाता मात्र होइन, विश्वका गरिब मुलुकहरूका लागि रोजगारदातासमेत बनेको छ । विश्वप्रसिद्ध सामसुङ, हुन्डाई, एलजीजस्ता कम्पनीहरू कोरियामा स्थापित भएका छन् । त्यहाँको सूचना–प्रविधिमा विश्वकै महाशक्ति राष्ट्र मानिने अमेरिकाभन्दा पनि अगाडि छ ।

सूचना प्रविधिमा विश्वको केन्द्रबिन्दु कोरिया बनेको छ । यो विश्वमै सबैभन्दा उच्च गतिको इन्टरनेट भएको देश पनि हो । ९० प्रतिशत कोरियाली जनतामा इन्टरनेटको पहुँच छ, त्यहाँको अधिकांश दैनिक गतिविधि सूचना प्रविधिबाट चल्छ । डिजिटल दैनिकी छ भन्दा अत्युक्ति हुँदैन । उच्चस्तरीय सुरक्षा प्रबन्ध छ, तर त्यो सुरक्षा व्यक्तिले भन्दा प्रविधिले गर्छ ।

मुलुक बने जनता बन्ने कि जनता बने मुलुक बन्ने भन्ने पनि आधुनिक विश्वमा बहसको विषय बनेको छ । तर, कोरियाले मुलुक बने जनता बन्छन् भन्ने उदाहरण पेस गरेको छ । कोरियामा सन् १९५० मा प्रतिव्यक्ति आय अमेरिकी डलर ६३ रहेकोमा सन् १९७० मा आइपुग्दा १ हजार पुग्यो ।

सन् २००० मा वृद्धि भएर २० हजार डलर पुगेको प्रतिव्यक्ति आय अहिले ३७ हजार अमेरिकी डलर छ । सुन्दा पत्याउनै नसक्ने यो द्रुततर आयवृद्धि दक्षिण कोरियाली जनताको छ । तर, सँगै विभक्त भएको उत्तर कोरियाका जनताको जीवनस्तर निकै कष्टकर छ, जो पहिले दक्षिणभन्दा समृद्ध थियो ।

अहिले दक्षिण कोरिया विश्वमा विकासमा प्रतिस्पर्धा गरिरहेको छ भने उत्तर अस्त्र–शस्त्र र शक्तिको प्रतिस्पर्धा गर्न खोजिरहेको छ । दक्षिणको राजनीति जनमुखी छ, उत्तर कोरियाको राजनीति सरकारमुखी (सत्ताकेन्द्रित) छ । दक्षिण कोरियासँग अहिले पनि विभाजनको पीडा छ, तर पनि विकासले त्यो पीडामा केही हदसम्म मलम लागेको छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकले दक्षिण कोरियाजस्तो विकसित मुलुकबाट सिक्ने धेरै कुरा छन् । नेपालले कोरियामा कामदारहरू पठाएर रेमिट्यान्स भित्र्याउने  मात्र होइन, त्यहाँको विकासको मोडल भित्र्याउन सक्नुपर्छ । कोरियाली विकासको रहस्यलाई आत्मसात् गर्न सक्नुपर्छ ।

खासगरी दक्षिण कोरियाली विकासका तीन आधार सरकारको नीति, वैदेशिक सहयोग र जनताको सहयोगलाई नेपालको विकास मोडलका रूपमा अवलम्बन गर्न सकिन्छ । अहिले नेपालमा वैदेशिक सहयोगको बाढी लागेको छ । तर, सही रूपमा सदुपयोग हुन सकेको छैन ।
नेपाली स्रोतमा त भ्रष्टाचार छ नै, वैदेशिक सहयोगमा समेत भ्रष्टाचारको जालो लागेको छ । यसको नियन्त्रण आवश्यक छ । देश विकासका लागि हामीकहाँ जनशाक्तिको अभाव छैन ।

ठूलो संख्यामा रहेको बेरोजगार जनता जति पनि मेहनत गर्न तयार छन् । अब आवश्यकता छ त मात्र दूरदर्शी विकास नीतिको र पार्क लिजस्ता दूरदर्शी नेतृत्वको ।

नेपालको विकासमा सबैभन्दा ठूलो खाडल नै सरकारी नीतिको छ । राज्यसँग विकासको ठोस नीति छैन, मात्र टालटुले नीति छ । स्थिर सरकार छैन । सही नेतृत्वको विकास हुन सकेन । अर्को मुख्य समस्या राजनीतिक नेतृत्वसँग दूरदृष्टि छैन ।

देशका लागिभन्दा पनि पार्टीका लागि राजनीति गर्ने र पार्टीका लागिभन्दा गुटको राजनीति गर्ने अनि अझ त्यसबाट पनि संकुचित हुँदै व्यक्ति केन्द्रित राजनीति गर्ने परिपाटी बढ्दो छ । यसो हुँदा देशचाहिँ पछि पर्दै छ । देशको यो नियतिबाट मुक्त हुन हामीले खासगरी राजनीतिक नेतृत्वले दक्षिण कोरियाको विकास मोडलबाट केही सिक्ने हो कि ?

- कारोवार दैनिक

प्रकाशित मिति : २०७३ कार्तिक १३ (October 29, 2016)

प्रतिक्रियाहरु


ram krishna wrote on 28 November, 2016
amerikako puchhar bhayepaxi bhaihalxa ni bikash.yadi amerika jasto deshko saath nabhayeko bhaye yasko haal pani nepal jastai hunethyo.korea tala jharnu bhaneko amerikako lagi beijjatiko kura ho.paani sapha dekhdaima sapha bhanna mildaina.microscopele herepaxi kati phohor kitanuharu dekhinxan.sansaarmai sabbhanda dherai aatmahatya hune desh ho yo.korea yuddha huda lakhauko jyaan gayeko thiyo.praagupanibesh shabdako artha bhujhnuhola.korea tukreko kura samanya hoina.jutera gareko bikash po ramro h

तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु बिदेशी महिला कामदारलाइ जबर्जस्ति करणी गर्ने कोरियन कम्पनि मालिक लाइ ५ बर्षको जेल सजाय ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal