इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

उदय राई

१) सम्पूर्ण अधिकार कम्पनी मालिकमा नीहित छ (प्रवासी मजदुरको नियुक्तिदेखि अवकाससम्म) ।

२) शुरुमा ३ वर्ष भन्दा बढी काम गर्न पाइदैन । १ वर्ष १० महिनाको अवधि कम्पनीले नचाहेमा थप हुदैन | यो अवधि बढाउनकोलागि कम्पनी मालिकको सधै आज्ञाकारी मजदुर जुनु पर्नेछ ।१ वर्ष १० महिनाको थप अवधि बढाउन कम्पनीलाइ बाध्य गराउन सकिने छैन ।

३)कम्पनीमा काम गार्हो भयो, वा बिरामी भएर काम गर्न सकिएन वा आफुलाई त्यो काम मन परेन वा कम्पनीको तलब सेवासुबिधा राम्रो लागेन, कम्पनीमा सुरक्षित तरिकाले काम गर्ने व्यवस्था छैन । यसै कारणले कम्पनी परिबर्तन गर्न चाहेको खण्डमा कम्पनीले परिबर्तन गर्ने अनुमति दिएन भने आफु खुशी कम्पनी परिबर्तन गर्न सकिदैन । बिना कारण  कम्पनी परिबर्तन गर्नकोलागि अनुमति दिन बाध्य गराउन सकिने छैन । सम्झौता गरिएको अवधिसम्म काम गर्नुपर्ने हुन्छ । सो अनुसार काम नगरे वा काममा ५ दिनसम्म उपस्थित नभए भिषा रद्द गरिदिने (अबैधानिक बनाइ दिने) अधिकार कम्पनीलाई  छ ।
जबरजस्तीकाम नगरेमा कोरियन कामदार र मालिकले घर फर्काइ दिने भनि धम्कि दिने गर्छन । रोजगार केन्द्रमा आफ्नो समस्याको सुनुवाई होलाकी भनेर गए पनि काम गर्न आएको गएर त्यहि काम गर भन्ने जवाफ धेरैले सुन्नु भएकै होला । त्यहाँ पनि कुनै सुनुवाई हुदैन त्यहाँ कर्मचारीले सहुकै समर्थन मात्र गर्छन, जसले गर्दा कम्पनीको दबाबमा जबर्जस्ति काम गर्नु पर्ने हुन्छ । सेवा सुविधा तलब राम्रो नदिने, भेदभाब गरेपनि सहनुपर्ने अनि अनेकौ अप्रिय घटना घट्ने साथै बिभिन्न शारीरिक समस्या आउने गर्छ ।  कम्पनीको बिना अनुमति स्वतन्त्र रुपमा परिबर्तन गर्न पाउने कानुन लागु गराउन सकिएमा ७०/७५ प्रतिसत  प्रवासी मजदुरको समस्या समाधान हुने एक अध्ययनले जनाएको छ ।

४) कम्पनीले चाहेमा बिना कारण जुनसुकै समयमा निस्कासन गर्न पाउछ ।

५) कम्पनीबाट निस्कासन भएको मजदुरले आफुले चाहेको कम्पनी छनोट गर्ने अधिकार छैन । आफूखुसी आफुले चाहेको कम्पनीमा काम गर्न पाइदैन ।

६) कम्पनी परिबर्तन गरेछि काम खोज्ने अवधि ३ महिना मात्र दिइन्छ ।

७ ) यदि कम्पनी मालिकले कम्पनी परिवर्तन गर्ने अनुमति दिएमा पहिलो ३ बर्षमा ३ पटक र पछी १० वर्ष १० महिनाको अवधि थप भए पछी २ पटक मात्र कम्पनी परिबर्तन गर्न पाइने छ ।

८ ) लगातार ४ बर्ष १० महिना भन्दा बढी काम गर्न पाइदैन । जसले गर्दा विभिन्न अधिकारबाट बन्चित हुने छौ ।

९ ) कम्पनी परिबर्तन गरेकोले सिबिटी नदिई आउन पाइदैन । ३ वर्ष भन्दा घटी अवधि काम गरेकोले सिबिटि दिन पाइदैन ।

१० )आफ्नो परिवार झिकाउन पाइदैन ।

११ ) मानिस ७० /८० बर्षसम्म काम गर्न सक्छ तर प्रवासी मजदुरलाई ४० बर्षपछि  काम गर्न सक्तैन भनेर काम गर्ने योग्य सुचीबाट हटाईन्छ ।

१२ )  कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाइदैन भने कृषि क्षेत्रको मजदुरलाई पूर्णरुपमा मजदुर कानुन लागु हुदैन ।

१३) थेजिकगुम पाउनकोलागि कोरिया छोड्नुपर्ने हुन्छ । यो गम्भीर भेदभाब हो ।

१४) मजदुर कानुन पूर्ण रुपमा लागु हुदैन ।

१५) ४ वर्ष १० महिना १ कम्पनीमा लगातार काम गरेपनि कम्पनी साहुले फेरी ल्याउन नचाहेमा सिधै आउन पाइदैन । सिबिटि पिबिटि मार्फत मात्र आउनुपर्ने हुन्छ । यसको अर्थ यो होकी प्रवासी मजदुरहरु जस्तो सुकै गार्हो काम ,सेवासुबिधा  र कम्पनीको काम गर्ने स्थितिको अवस्था नाजुक भए पनि सहेर काम गर भन्ने हो । कम्पनीमा साहुसंग सेवा सुविधाको लागि माग गर्ने कामदारलाई  अर्कोचोटी कोरिया बोलाउदैनन ।

प्रकाशित मिति : २०७३ भाद्र २० (September 05, 2016)

प्रतिक्रियाहरु


Gaire Binod wrote on 04 September, 2016
eps पद्धति अरु ठुला देशहरू जस्तै काम्दारको मनोबल वृद्धि हुने खालको हुनु पर्छ
niranjan mandal wrote on 24 October, 2016
I want to apply korea

तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal