अनिल गुरुङ्ग
सहसचिव, श्रम तथा रोजगार मन्त्रालय
( पूर्व श्रम सहचारी , नेपाली राजदूतावास, सोल)
कोरियामा प्रवाशी कामदार भित्राउने ईपिएस प्रणालीको (रोजगार अनुमति व्यवस्था) शुरुवात २००४ को अगस्त महिनाबाट भएको हो र २०१६ को अगस्त महिनामा यस पद्धतिले १२ बर्ष पूरा गर्दैछ । हाल कोरियामा करीब ३२ हजार नेपालीहरु कामदारको रुपमा रहेको देखिन्छ साथै आगामी दिनहरुमा यो संख्यामा वृद्धि हुदै जानु स्वाभाविक छ । कोरियामा ईपिएस कामदारको रुपमा कार्य अवधि सकेर फर्कने बेलामा कतिपय कामदारहरु के गर्ने वा के नगर्ने भन्ने बिषयमा अन्यौलमा परेको पाएको हुनाले त्यसबारेमा मेरो अनुभवको आधारमा निम्न बिषयहरु प्रस्तुत गरेको छु ।
(१)कोरियामा कामदारको भिसा अवधि ४ बर्ष १० महिनाको अवधि सकिनु बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि) कम्पनीमा जानकारी गराई आफनो हिसाब किताब फर फारक गर्नु जरुरी छ । साथै थेजिकमको रकमको बारेमा सामसुंग फायर ईन्स्युरेन्स कम्पनीमा कम्पनी मार्फत वा सोझै पनि निवेदन दिई आफूले सामसुंगबाट पाउने रकम तथा नपुग भएको खण्डमा साहुले दिनु पर्ने रकम समेत सुनिश्चित गर्ने तथा साहुसंग लिने ।
(२) एउटै कम्पनीमा काम गरी पुनः सोही कम्पनीमा आउन चाहने प्रतिबद्ध कामदारहरुले बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि) साहु समेत नोर्दबुमा गई पुनः करार गर्ने तथा यथाशक्य एक प्रति करार पत्र साथै लिने ।
(३) यथाशक्य आफूले प्रस्थान गर्ने दिनको टिकट कम्तिमा एक महिना अगावै लिनु बेश हुन्छ किनकि सामसुंग बीमा कम्पनी तथा आवश्यकता अनुसार कार्यरत कम्पनीमा टिकट पेश गर्नु पर्ने हुन्छ । फेरि एक महिना अगावै टिकट लिदा सस्तो पनि पर्छ ।
(४) कोरियामा छंदा आफुले पुरानो राहदानीको साटो नयां राहदानी लिएको भए पुरानो राहदानी समेत साथै लिएर फर्कने । यदि हराएर नयां बनाएको हो भने यथाशक्य पुरानो राहदानीको फोटोकपि छ भने सो समेत साथै लिएर आउने । एलियन रजिष्टे«शन कार्डको फोटो कपि चार पांच वटा बनाउने तथा फोटोकपि साथै ल्याउने ।
(५) एउटै कम्पनीमा ४ बर्ष १० महिना काम गरी फर्केको तथा पुनः सोही कम्पनीमा जान चाहने कामदारहरुले नेपाल फर्केको सात दिन भित्र आफनो राहदानी तथा एलियन रजिष्ट्रशन कार्डको फोटो सहित ईपिएस. कार्यालय ग्र्वाकोमा सम्पर्क राख्ने । यस्ता कामदारहरु तीन महिना पछि पुनः कोरिया प्रवेश गर्न पाउंछन् ।
(६) कोरियाबाट फर्कने बेलामा थेजिकमका लागि ईन्छन एयरपोर्टको टिकट काउण्टर नजिक रहेको सम्बन्धित बैंकको काउण्टरबाट भुक्तानी आदेश लिई, भित्र पसी अध्यागमन काउण्टर पार गरेको लगतै बैंक काउटरबाट थेजिकमको रकम भुक्तानी लिने । कथम कदाचित थेजिकमको रकम भुक्तानी लिन नभ्याएमा नेपाल फर्केपछि ईपिएसं कार्यालय ग्र्वाकोमा सम्पर्क राख्ने ।
(७) ईपिएस कामदार अनिवार्य रुपमा आफनो भिसा अवधि समाप्त हुनु अगावै फर्कनु पर्छ अन्यथा अवैधानिक भईन्छ । सम्पूर्ण भिसा अवधि सकेर फर्कदा आफनो एलियन रजिष्ट्रशन कार्ड एयरपोर्टको अध्यागमन शाखामा बुझाउनु हुुन ।
(८) कोरियामा ३ बर्ष पुरा गरेपछि पुनः १ बर्ष १० महिनाको भिसा लागे पछि नेपाल फर्केर सि.बि.टि परीक्षा दिन ३ बर्ष पुरा भई थप काम गरेको हुनै पर्छ अर्थात् ३ बर्ष पछि पनि काम गर्नु पर्छ । साथै उमेर ३९ बर्ष काटेको हुनु हुदैन ।
(९) ४ बर्ष १० महिना पुरा गरी नेपाल फर्केर पुनः कोरिया जादा पनि श्रम स्वीकृति भने लिनै पर्छ । ईपिएस. कामदारहरुले श्रम स्वीकृति ईपिएस शाखा ग्र्वाकोबाट लिंदा हुन्छ ।
(१०) कोरिया नेपाल फर्केका धेरैको राहदानी हराएको , एलियन कार्डको फोटोकपि हराएको जस्ता कुरा सुनिने हुंदा यस्तो कागज सुरक्षित रुपमा घरमा राख्नु हुन भयो भने पछि सहज हुनेछ ।
• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु
• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।
• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !
• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो
• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम
• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना
• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ
• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने
• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण
• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने
• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला
• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश
• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव
• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ
• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण
• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या
• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण
• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |