सातौं कोरियन भाषा परीक्षा : ३१ सय कोटा, ६० हजार परीक्षार्थी

रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत नेपालमा सातौ कोरियन भाषा परीक्षा आउँदो शनिवार र आइतवार हुदैछ । रोजगारीका लागि दक्षिण कोरिया जान चाहाने युवाकालागि दुई दिनसम्म सञ्चालन हुने यस परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।

इपिएस कोरिया शाखाको सम्योजनमा सञ्चालन हुने भाषा परीक्षामा यस पटक ६० हजार ६ सय २६ जना परिक्षार्थी सहभागि हुने जनाइएको छ । उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रका लागि लिइने यो परीक्षामा ५२ हजार २ सय २२ जना पुरुष र ८ हजार ४ सय ४ जना महिला परीक्षार्थी रहेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए । यस बर्ष उत्पादनमुलक क्षेत्रका लागि २३ हजार ४ सय ५१ र कृषि तथा पशुपालन क्षेत्रका लागि ३७ हजार १ सय ७५ जनाले आवेदन फाराम भरेका छन् ।

यसबर्ष कोरियाले नेपाललाई ३ हजार १ सय कामदार कोटा तोकेको छ । परीक्षामा सहभागि हुने मध्ये ३ हजार १ सय जनालाई कोरियाले उत्तिर्ण गराउने भएको हो । उत्पादन मुलकमा एक हजार र कृषि तथा पशुपालनमा २ हजार १ सय कामदार कोटा दिएको हो । विगतमा उत्तिर्ण संख्या वढी हुने गरेको तर यस बर्ष परीक्षा सञ्चालन हुनु पूर्वनै कोटा तोकेपनि संख्या भने न्युन रहेको छ । इपिएस शाखाका अनुसार उत्तिर्णभई सवै प्रक्रिया पुरा गरेर रोष्टरमा रहेकालाई रोजगारीमा जाने शुनिश्चितताका लागि यसो गरिएको हो । यसवर्ष काठमाडौंमा १८ र पोखरामा ३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको इपिएस शाखाले जनाएको छ । पोखरावाट आवेदन दिइनेले त्यहीको केन्द्रमा परीक्षा दिन पाउँनेछन् ।

विगतको भन्दा कडाई, खेताला परीक्षार्थी निरुत्साहित गर्ने

यस बर्ष परीक्षा केन्द्रमा थप कडाई हुने इपिएस शाखाले जनाएको छ । यस्तै, परीक्षामा खेताला प्रथालाई पूर्णरुपमा निरुत्साहित गर्नेगरि सुरक्षा र चाँचवुझको व्यवस्था मिलाएको इपिएस शाखाको भनाई छ । विगतमा केही फरक व्यक्तिले अर्को व्यक्तिको परीक्षा लेख्न आएको पाइएकाले यसवर्ष थप कडाई भएको हो । परीक्षा केन्द्रमा सम्वन्धित परीक्षार्थी वाहेक अन्य व्यक्ति उपस्थित भएको पाइएमा कडाभन्दा कडा कारवाही गर्ने, त्यस्ता व्यक्तिको भिडियो खिचेर सार्वजनिक गर्ने तथा आगामी दिनमा समेत कोरियन भाषा परीक्षामा सहभागि हुन नपाउने व्यवस्था गरिएको इपिएस शाखाका निर्देशक बाँस्तोलाले जनाए ।


उत्पादनमुलक भन्दा कृषिमा वढी

यस बर्षको परीक्षामा उत्पादनमुलक क्षेत्रमा भन्दा कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि वढी आवेदन परेको छ । विगतका वर्षहरुमा उत्पादनमुलकको तुलनामा कृषि क्षेत्रमा कम आवेदन पर्ने गरेको थियो । कोरियाले पनि कृषि तथा पुशपालन क्षेत्रलाई बढी महत्व दिएर कामदार कोटा उत्पादनको तुलनामा दोब्वर वनाएपछि नेपालवाट सोही क्षेत्रमा रोजगारीका लागि आवेदन दिने बढेका हुन् । यस्तै, विगतमा रोजगारदाताले उत्पादनमुलक क्षेत्रमा उत्तिर्णलाई रोजगारीमा लैजादा पहिलो प्राथमिकता दिने गरेको थियो । सोही कारण विगतमा त्यो क्षेत्रमा नेपाली युवाको आकर्षण वढी थियो । कृषि क्षेत्रमा जानेको भन्दा उत्पादनमुलक क्षेत्रमा रोजगारी पाउनेले दोब्वर वढी कमाइ समेत गर्ने गरेका छन् ।

५५ सयको लेभर कन्ट्रयाक, ३ हजार जान वाँकी

गत बर्ष संञ्चालन भएको छैठौ भाषा परीक्षामा उत्तिर्ण भई रोष्टरमा रहेका मध्ये ५ हजार ५ सय जनाको श्रम करार (लेभर कन्ट्रयाक) आइसकेको इपिएसले जनाएको छ । गत बर्ष ८ हजार ४ सय जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए । ६ महिना अवधीमै यति धेरैको लेभर कन्ट्रयाक आएको यो नै पहिलो पटक हो । यस्तै, अघिल्लो बर्ष भएको पाँचौ कोरियन भाषा परीक्षा उत्तिर्णगरि रोष्टरमा रहेका ३ हजार ६ सय मध्ये अव ५० जना मात्र रोजगारीमा कोरिया जान वाँकी छन् । उनीहरु केही समयभित्रै जाने जनाइएको छ । यस्तै, विगतमा परीक्षा पास भएर इपिएसको रोष्टरमा रोजगारीको पर्खाइमा रहनेको संख्या ३ हजार छ । रोजगारदाताले माग गरे अनुसार क्रमैसंग रोजगारीमा जाने इपिएसले जनाएको छ । वाँकी रहेको संख्या बढीमा ६ महिनाभित्रै रोजगारीमा गइसक्ने इपिएस शाखाको अनुमान छ ।

३८ हजार गए, ७ हजार फर्किए

दक्षिण कोरियाले नेपालमा इपिएस अन्र्तगत सञ्चालन गरेको भाषा परीक्षा उत्तिर्णगरि हालसम्म रोजगारीका लागि कोरिया पुग्नेको संख्या ३८ हजार पुगेको छ । सन् २००८ देखि कोरियाले नेपालमा इपिएस अन्र्तगत भाषा परीक्षा सञ्चालन गरेको थियो । सन् २००७ मा नेपाल र कोरियाविच इपिएस अन्र्तगत कामदार लिने सम्झौता भएपछि अहिलेसम्म ६ पटक नेपालमा भाषा परीक्षा भइसकेको छ । यो बर्ष हुने भाषा परीक्षा सातौ हो ।

हालसम्मको परीक्षा उत्तिर्णगरि रोजगारीका लागि कोरिया पुगेका मध्ये करार अवधी पुरा गरेर स्वदेश फर्कनेको संख्या ७ हजार छ । कोरियाले तोकेको ४ बर्ष १० महिनाको करार अवधी पुरा गरेर उनीहरु स्वदेश फर्किएका हुन् । विगतमा निजी क्षेत्रवाट कामदार जाने गरेको भएपनि त्यसरी जादा ठूलो धनराशी खर्च हुने गरेको पाएकाले कोरियाले अहिले इपिएस प्रणाली वाहेक अन्य कुनैपनि प्रक्रियावाट नेपाली कामदार लैजाने गरेको छैन । इपिएस अन्र्तगत कोरियाको रोजगारीमा जानेले मासिक न्युनतम् एक लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् ।

- रातोपाटी

प्रकाशित मिति : २०७३ असार ०१ (June 15, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• इपिएसको सिविटी परिक्षाको नतिजा सार्वजनिक, ४ सय ८७ जना उर्तिण

• कोरियन भाषा परिक्षामा ५७ हजार १ सय ५९ सहभागी, परिक्षाफल साउन ११ गते आउने

• इपिएस भाषा परिक्षामा पहिलो दिन २८ हजार ७८२ सहभागी, ३१ नक्कली परीक्षार्थी समातिए

• कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एप्सबाटै

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु कति हो कति पीडा छ कोरियामा
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal