किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

दक्षिण कोरियाली अर्थतन्त्र आगामी वर्ष २.५ प्रतिशतले विस्तार हुने देखिएको छ । आन्तरिक माग र लगानीमा कमी आउने भएकाले आर्थिक वृद्धिको अवस्था यो अनुपातमा रहने कोरिया इन्स्टिच्युट फर इन्डस्ट्रियल इकोनोमिक्स एन्ड ट्रेड (किट) ले जानकारी दिएको छ ।

“आगामी वर्ष अर्थतन्त्र अनुमानित २.५ प्रतिशतले विस्तार हुनेछ । निर्यातमा भएको झिनो सुधारलाई निर्माण लगानी र निजी उपभोगले मत्थर पार्ने भएसँग दक्षिण कोरियाको वृद्धिदर ओरालो लाग्न लागेको हो,” किटको अध्ययनमा भनिएको छ ।

यद्यपि, नयाँ अमेरिकी सरकारको आर्थिक नीति, सम्भावित अमेरिकी ब्याजदर वृद्धि, चिनियाँ मन्दी र  भूराजनीतिक जोखिमलगायत बाह्य अनिश्चित अवस्थाले वृद्धिमा असर पार्न सक्ने अध्ययनमा उल्लेख छ ।

थिंक ट्यांकले सन् २०१६ का लागि गरेको आफ्नो सुरुको प्रक्षेपणलाई अघिल्लो २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशत कायम गरेको छ । निर्माण क्षेत्रमा भएको राम्रो लगानीको सहयोगमा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा कोरियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.९ प्रतिशतले वृद्धि भएको थियो ।

अर्थतन्त्रको प्रमुख वाहक मानिँदै आएको निर्यात आगामी वर्ष २.१ प्रतिशतले वृद्धि हुने पनि संस्थाले जानकारी दिएको छ । विश्वव्यापी व्यापारमा सुधार र तेलको मूल्यमा वृद्धिका कारण निर्यात उकालो लाग्ने अपेक्षा गरिएको हो ।

स्थानीय रियल इस्टेट बजारमा भाएको वृद्धिले यो वर्षभरि एसियाकै चौथो ठूलो अर्थतन्त्र उकालो लाग्ने किटले जानकारी दिएको छ । कोरिया घट्दो अवस्थाको निर्यात र मन्द अवस्थाको उपभोगबाट प्रभावित हुँदै आएको छ ।

जीडीपीमा झन्डै ३० प्रतिशतको योगदान गर्दै आएको निर्यात वर्षको अन्त्यमा ६.९ प्रतिशतले घट्ने किटको अनुमान छ । यसैगरी निजी उपभोगमा २.५ प्रतिशतको वृद्धि हुने पनि संस्थाले जानकारी दिएको छ ।

यद्यपि निर्माण लगानी ९.८ प्रतिशतले वृद्धि हुनेछ । यसले अन्य लगानी र निर्यातमा आएको गिरावटलाई केही हदसम्म पूर्ति गर्नेछ ।

कोरियाका प्रमुख वस्तुहरू जहाज, स्टिल र मोबाइलको निर्यात यो वर्ष संघर्षरत अवस्थाबाट गुज्रने थिंक ट्यांकले जानकारी दिएको छ ।

यो क्षेत्रमा विश्वव्यापी आपूर्तिमा भएको वृद्धि र सबल बन्दै गएको व्यापार संरक्षणवादले देशको निर्यातमा थप दबाब सिर्जना गर्ने भएकाले यी क्षेत्रको निर्यात संघर्षरत अवस्थाबाट गुज्रने संस्थाको ठहर छ ।

प्रकाशित मिति : २०७३ मंसिर १३ (November 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

• कोरियाका कम्पनीमा काम घट्दो, सामसङ जस्ता ठुला कम्पनीले गरे कामदार कटौति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेकोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुमअनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Sherpa pasang Sherpa pasang
Date of Birth : 20 December, 1987
Address: Ansan
Hometown : Ramechhap
Occupation : Student
Hobbies : Listing music singing dancing n traveling new place.. i am a hunger hunt thats why love too eat
E-mail : Pinasapasang@yahoo.con
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal