कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

विश्वव्यापी आर्थिक मन्दीसँगै बिक्री, माग र नाफा खुम्चिएर लामो समयदेखि सङ्घर्षरत दक्षिण कोरियाको आर्थिक मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रलाई सही मार्गमा ल्याउनेक्रममा एकपछि अर्को पीडादायी पुनर्संरचना र कर्मचारी कटौतीको सामना गर्नु परिरहेको छ ।
 
विश्लेषकहरुका अनुसार, कोरियाली सरकार र लगानीकर्ताहरुले औद्योगिक क्षेत्रको अधिक्षमता र व्यवस्थापकीय रुग्णतामा सुधार ल्याउने प्रयास जारी राखेका छन् ।

अर्थतन्त्रलाई नै प्रभावित तुल्याउने यी आर्थिक रुपमा समस्याग्रस्त कम्पनीहरुमा व्यापक पुनर्संरचना गर्ने सोचका साथ सरकारले यसअघि नै प्रमुख रुपमा पाँच किसिमका उद्योगहरु पानीजहाज निर्माण, सिपिङ, निर्माण, स्टील उत्पादन र पेट्रोकेमिकल्स पहिचान गरेको कोरियन समाचार एजेन्सी योनहापले जनाएको छ ।

विश्लेषकहरु भन्छन्, एसियाकै चौथो सर्वाधिक ठूलो अर्थतन्त्र रहेको कोरियाली सरकारले अन्य समस्याग्रस्त क्षेत्रमा समेत पुनर्संरचनाको अभियानलाई व्यापक बनाउने क्रममा छ ।

“उत्पादन लागत मुस्किलले धान्ने उद्योग व्यवसायहरुको संख्यामा बढोत्तरी भएको छ, खासगरी परम्परागत रुपका प्रतिस्पर्धी क्षेत्रहरु जस्तै पानीजहाज निर्माण र स्टील उत्पादन,” कोरिया इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीजका विश्लेषक पार्क सो–यून बताउँछन् । “मुख्य समस्या नै यिनीहरुमध्ये अधिकांशको प्रमुख व्यावसायिक समूहसँग सम्बन्ध छ, यसको अर्थ हो यिनीहरुको पुनर्संरचनाले मुलुककै अर्थतन्त्रमा दूरगामी प्रभाव पार्नेछ ।”

स्थानीय सिपिङ व्यवसायको सर्वाधिक खराब स्थितिबारे गतसाता प्रकाश पार्दै अर्थमन्त्री यू इल–होले व्यापक पुनर्संरचनाको कार्य अघि नबढाए सरकारले त्यस्ता कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिए । जी–२० सम्मेलनका लागि अमेरिका प्रस्थान गर्नुअघि उनले भने, “कमजोर र संवेदनशील उद्योगहरुलाई पुनर्संरचना गर्नेतर्फ ढिलाई भए त्यसलाई सरकारले स्वीकार्न सक्दैन ।”

घरेलु मागमा गिरावट र विश्व बजारमा कमजोर मागका कारण दक्षिण कोरियाली अर्थतन्त्रमा अद्यापि खैलाबैला छ, र त्यही कारण प्रमुख औद्योगिक क्षेत्रलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता भएको हो । यही साता, मुलुकको केन्द्रीय बैंकले यस वर्षका लागि आर्थिक वृद्धिदर अनुमानित २.८ प्रतिशत मात्र रहने संशोधित प्रक्षेपण गरेको छ, जबकी तीन महिना अघि यस्तो वृद्धि ३ प्रतिशत रहने अनुमान गरिएको थियो ।

स्थानीय अर्थतन्त्रको वृद्धिको दुईमध्ये एक स्तम्भका रुपमा रहेको निर्यात पनि घट्दो छ । दक्षिण कोरियाको निर्यात व्यापार गत वर्षको सुरुआतदेखि नै हरेक महिना घट्दो छ । चौतर्फी घेराउमा परेको पानीजहाज निर्माण र सिपिङ व्यवसायको पुनर्संरचना नै सरकारको पहिलो प्राथमिकतामा छ । यदि यी कम्पनीहरुले सुधारका कार्य अघि नबढाए सरकारले हस्तक्षेप गर्न सक्नेछ ।

मुलुककै पहिलो स्थानमा रहेको सिपिङ कम्पनी हानजीन सिपिङ र यसको स्थानीय प्रतिस्पर्धी हुन्डाई मर्चेन्टले सिपिङ दरमा आएको गिरावटका कारण सन् २०११ यता करिब १ ट्रिलियन वन (कोरियाली मुद्रा) नोक्सानी व्यहोरेका छन् ।

यी दुवै कम्पनीलाई आफ्नो स्वामित्वका मुख्य सम्पत्ति बेचबिखन गरी पुनर्संरचनाको कार्य अघि बढाउन दबाब दिइएको छ । तर उनीहरुको व्यावसायिक घाटा चार्टर्ड सिपिङका कारण उत्पन्न भएको छ । उनीहरु आफ्ना लगानीकर्ताहरुसँग समस्या सुल्झाउने उपायको खोजी गर्न वार्तामा छन् ।

सुधार गर्नुपर्ने अर्को प्रमुख क्षेत्र पानीजहाज निर्माणको हो । यो क्षेत्रले पानीजहाज निर्माणको ठेक्का रद्द हुने र विश्वव्यापी आर्थिक मन्दीका कारण पानीजहाज निर्माणमै कमी आएको तीतो अनुभव गर्नु परेको छ । मुलुकका तीनवटा ठूला पानीजहाज निर्माताहरु – हुन्डाई, डेऊ र सामसुङले गत वर्ष ६ अर्ब ४१ करोड डलरको नोक्सानी व्यहोर्नु परेको थियो । वर्षौंपछि यिनीहरुले पहिलोपटक यस्तो नोक्सानी खेपेका हुन् ।

औद्योगिक क्षेत्रका विज्ञहरुका अनुसार यी उद्योगहरुले नयाँ जहाज निर्माणको ठेक्का पाउन निकै संघर्ष गर्नु परिरहेको छ, र विगत तीन महिनायता ठूलो परिमाणमा ठेक्का पाएका छ्रैनन् । कच्चा तेलको मूल्यमा आएको गिरावटले पनि नयाँ जहाजको मागमा कमी आएको छ ।

विश्वव्यापी आर्थिक मन्दीसँगै विगत १२ वर्षमा कोरियाली पानीजहाज निर्माण सबैभन्दा तल्लो स्तरमा पुगेको छ । प्रमुख दक्षिण कोरियाली पानीजहाज निर्माताहरुले गत वर्षदेखि नै पुनर्संरचनाको काम थालिसकेका छन्, र यस्तो परिस्थितिमा तीनवटै ठूला कम्पनीलाई एकै बनाउनु पर्दछ भन्ने आवाज आउन थालेको छ । हाल, कोरियामा २० वटा पानीजहाज निर्माता कम्पनी क्रियाशील छन् ।

“सरकारले पनि पुनर्संरचनाको कार्यलाई पूर्ण सहयोग र समर्थन गर्नु पर्दछ,” कोरियाली उद्योग महासंघका वरिष्ठ अधिकारी चू क्वाङ–हो ले बताए । मुलुकको स्टील उत्पादन क्षेत्रले पनि चिनीया न्यून लागतका उत्पादनबाट व्यापक दबाबको सामना गर्नु परिरहेको छ ।

“पुनर्संरचनाको सूचीमा कुन कुन क्षेत्रलाई समावेश गर्ने भनी हामी विश्लेषण गरिरहेका छौं । यसका नतिजा आउनासाथ हामी विस्तृत योजना तयार गर्नेछौं,” वाणिज्य मन्त्रालयका एक अधिकारीले बताए ।

प्रकाशित मिति : २०७३ जेठ १० (May 23, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानितहिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छनेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोधएनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणाकोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टीकिम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal