LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

दक्षिण कोरियाली अर्थतन्त्र आगामी वर्ष २.५ प्रतिशतले विस्तार हुने देखिएको छ । आन्तरिक माग र लगानीमा कमी आउने भएकाले आर्थिक वृद्धिको अवस्था यो अनुपातमा रहने कोरिया इन्स्टिच्युट फर इन्डस्ट्रियल इकोनोमिक्स एन्ड ट्रेड (किट) ले जानकारी दिएको छ ।

“आगामी वर्ष अर्थतन्त्र अनुमानित २.५ प्रतिशतले विस्तार हुनेछ । निर्यातमा भएको झिनो सुधारलाई निर्माण लगानी र निजी उपभोगले मत्थर पार्ने भएसँग दक्षिण कोरियाको वृद्धिदर ओरालो लाग्न लागेको हो,” किटको अध्ययनमा भनिएको छ ।

यद्यपि, नयाँ अमेरिकी सरकारको आर्थिक नीति, सम्भावित अमेरिकी ब्याजदर वृद्धि, चिनियाँ मन्दी र  भूराजनीतिक जोखिमलगायत बाह्य अनिश्चित अवस्थाले वृद्धिमा असर पार्न सक्ने अध्ययनमा उल्लेख छ ।

थिंक ट्यांकले सन् २०१६ का लागि गरेको आफ्नो सुरुको प्रक्षेपणलाई अघिल्लो २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशत कायम गरेको छ । निर्माण क्षेत्रमा भएको राम्रो लगानीको सहयोगमा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा कोरियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.९ प्रतिशतले वृद्धि भएको थियो ।

अर्थतन्त्रको प्रमुख वाहक मानिँदै आएको निर्यात आगामी वर्ष २.१ प्रतिशतले वृद्धि हुने पनि संस्थाले जानकारी दिएको छ । विश्वव्यापी व्यापारमा सुधार र तेलको मूल्यमा वृद्धिका कारण निर्यात उकालो लाग्ने अपेक्षा गरिएको हो ।

स्थानीय रियल इस्टेट बजारमा भाएको वृद्धिले यो वर्षभरि एसियाकै चौथो ठूलो अर्थतन्त्र उकालो लाग्ने किटले जानकारी दिएको छ । कोरिया घट्दो अवस्थाको निर्यात र मन्द अवस्थाको उपभोगबाट प्रभावित हुँदै आएको छ ।

जीडीपीमा झन्डै ३० प्रतिशतको योगदान गर्दै आएको निर्यात वर्षको अन्त्यमा ६.९ प्रतिशतले घट्ने किटको अनुमान छ । यसैगरी निजी उपभोगमा २.५ प्रतिशतको वृद्धि हुने पनि संस्थाले जानकारी दिएको छ ।

यद्यपि निर्माण लगानी ९.८ प्रतिशतले वृद्धि हुनेछ । यसले अन्य लगानी र निर्यातमा आएको गिरावटलाई केही हदसम्म पूर्ति गर्नेछ ।

कोरियाका प्रमुख वस्तुहरू जहाज, स्टिल र मोबाइलको निर्यात यो वर्ष संघर्षरत अवस्थाबाट गुज्रने थिंक ट्यांकले जानकारी दिएको छ ।

यो क्षेत्रमा विश्वव्यापी आपूर्तिमा भएको वृद्धि र सबल बन्दै गएको व्यापार संरक्षणवादले देशको निर्यातमा थप दबाब सिर्जना गर्ने भएकाले यी क्षेत्रको निर्यात संघर्षरत अवस्थाबाट गुज्रने संस्थाको ठहर छ ।

प्रकाशित मिति : २०७३ मंसिर १३ (November 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउनेआइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal