कोरियामा कार उत्पादनमा कमी

सन् २०१६ को अक्टोबर महीनामा दक्षिण कोरियाको अटो उत्पादन दोहोरो अङ्कले घटेको एक सरकारी प्रतिवेदनले देखाएको छ । सो अवधिमा केही कारनिर्माता कम्पनीमा भएको श्रम हडतालका कारण उत्पादन घटेको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालय (एम्ओटीआईई)ले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । अक्टोबरमा त्यहाँ कुल ३ लाख ४७ हजार ४ सय ७० ओटा सवारीसाधन उत्पादन भएको तथ्याङ्क छ ।

यो गतवर्षको सोही अवधिको तुलनामा १४ दशमलव २ प्रतिशतले कम रहेको मन्त्रालयले बताएको छ । हुण्डाई मोटर र किया मोटर्समा श्रम हडतालका कारण म्यानुफ्याक्चरिङ गतिविधि प्रभावित हुँदा उत्पादन घटेको बताइएको छ । गत महीना हुण्डाई र किया मोटर्सले क्रमशः १ लाख ४४ हजार ६ सय ७७ र १ लाख ११ हजार ७५ ओटा कार उत्पादन गरेका थिए । कार उत्पादनको यो सङ्ख्या गतवर्षको तुलनामा क्रमशः १७ दशमलव ९ प्रतिशत र २१ दशमलव ८ प्रतिशतले कम हो ।

त्यस्तै जेनरल मोटर्स कोरियाको कार उत्पादनमा पनि ४ दशमलव २ प्रतिशतको कमी आएको थियो भने रेनो सामसुङको कार उत्पादन चाहिँ ४२ दशमलव २ प्रतिशतले बढेको थियो । कर्मचारी आन्दोलनले कम्पनीलाई कुनै प्रभाव नपारेका कारण उत्पादन बढेको हो । त्यस्तै सो अवधिमा कार निर्यात पनि गतवर्षको तुलनामा १३ दशमलव १ प्रतिशतले घटेर २ लाख १६ हजार ९ सय ३१ मा पुगेको थियो भने घरेलु बजारमा कारको विक्री १० प्रतिशतले बढेको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति : २०७३ कार्तिक २८ (November 13, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुतकोरियामा अर्को दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal