दक्षिण कोरियाली संस्था र व्यक्तिगत लगानीकर्ताहरूले पछिल्ला वर्षहरूमा विदेशको रियलइस्टेट सम्पत्तिमा लगानी बढाइरहेका छन् । उनीहरूले बढाएको यो लगानीलाई परम्परागत इक्विटी र ऋणपत्रमा ओरालो लागेको नाफाबाट स्थिर लगानी लाभ उठाउने प्रयासको अंशका रूपमा हेरिएको छ ।
स्वदेशको न्यून वृद्धि छ र न्यून ब्याजदरबीच नाफा कमाउन संघर्ष गरिरहेको समयमा स्थानीय संस्थाहरूलाई विदेशको रियलइस्टेट लगानीको नयाँ वैकल्पिक स्रोत हुन सक्छ ।
गत साता दक्षिण कोरियाको केन्द्रीय बैंकले नीति दरलाई हालसम्मकै न्यून अर्थात १.२५ प्रतिशत कायम ग¥यो । एसियाको चौथो ठूलो अर्थतन्त्रलाई बलियो बनाउने प्रयासस्वरूप यो कदम चालिएको हो ।
गत वर्षको अन्त्यसम्ममा दक्षिण कोरियाली संस्थाहरूले व्यवस्थापन गरेको विदेशी सम्पत्ति आधारित कोष ११.२७ ट्रिलियन वन अर्थात् १ सय १० अर्ब डलर पुगेको थियो ।
यो २०१३ को ४.९३ ट्रिलियन वनको दाँजोमा बढी भएको कोरिया फाइनान्सियल इनभेस्टमेन्ट एसोसिएसनले उल्लेख गरेको छ ।यो कोष अगस्टको अन्त्यसम्ममा बढेर १६.८४ ट्रिलियन वन पुगेको थियो ।
मिरेई एसेट ग्लोबल इनभेस्टमेन्ट कम्पनीले अमेरिकाको रियलइस्टेट कम्पनीबाट टेक्सासमा रहेका चारवटा स्टेट फार्म कार्यालय भवन लिनका लागि ९ सय ५० अर्ब वनको सम्झौतामा हस्ताक्षर गरेको छ ।
यसलाई पछिल्लो लगानी कदमका रूपमा हेरिएको छ । यसका अतिरिक्त कम्पनीले वृद्धिको विविधता सुनिश्चित गर्नका लागि २००६ देखि अन्य विदेशका भवन र होटलहरूमा ५.२ ट्रिलियन वन लगानी गरेको छ ।
टेक्सासमा रहेको चारवटा भवनलाई स्टेट फार्म म्युचियल अटोमोबाइल इन्स्योरेन्स कम्पनीलाई भाडामा दिइएको छ । यो अमेरिकाकै ठूलो अटो बिमा गर्ने कम्पनी हो । यसलाई २१ वर्षे भाडामा दिइएको छ ।
अमेरिकामा सम्भावित दर वृद्धिकासाथ दीर्घकालीन भाडालाई स्थिर सम्झौताका रूपमा लिइएको छ । यसको ६ प्रतिशतको वार्षिक प्रतिफललाई उच्च मानिएको छ ।
विश्वव्यापी सम्पत्ति बजारमा चिनियाँ पैसाको बाढी आएको अवस्थामा राम्रो सम्पत्ति ओगट्न अन्तिम अवसर हुन सक्नेछ । विश्व वित्तीय संकट आएको समयमा अमेरिकी सम्पत्तिमा गरिने लगानी दक्षिण कोरियाली सम्पत्तिमा गरिने लगानीको तुलनामा बढी स्थिर र कम प्रभावित हुने विश्वास पालिँदै आएको छ ।
टेक्सासको चारवटा स्टेट फार्म कार्यालय भवनका अतिरक्त मिरेइ एसेट ग्लोबल इनभेस्टमेन्टले २००६ यता अन्य विदेशी भवन र होटलमा गरेको लगानी ५.२ ट्रिलियन वन पुगेको छ । यो पनि विविध किसिमका वृद्धि वाहकलाई सुनिश्चित गर्ने उद्देश्यबाट गरिएको हो ।
दक्षिण कोरियाको राष्ट्रिय पेन्सन कोष ५२० ट्रिलियन वनको सम्पत्तिसहित विश्वकै तेस्रो ठूलो हो । यसले २०११ देखि यो वर्षको मार्चसम्म विदेशको वैकल्पिक लगानीमा कुल ३३.९ ट्रिलियन वन खर्चिसकेको छ । सम्पत्तिको क्षेत्रमा गरिएको लगानी १६.४ ट्रिलियन वन अर्थात् कुलको ४८.४ प्रतिशत छ ।
केही साना ब्रोकरेज फर्महरूले पनि विदेशी मुलुकमा नाफा आर्जन गर्नका लागि रियलइस्टेटमा आफ्नो ध्यान पु¥याइरहेका छन् ।
“धितोपत्र र ऋणपत्रजस्ता परम्परागत लगानी बजारहरूमा गरिएको लगानीबाट नाफा आर्जन गर्न मुस्किल देखिएपछि विदेशको रियलइस्टेट तथा विमानमा गरिने लगानीलाई सही कदम हो जस्तो मलाई लाग्छ,” सानो ब्रोकरेज फर्मका एक वरिष्ठ अधिकारी भन्छन् ।
अझै पनि केही आलोचकले विदेशको रियलइस्टेटमा गरिने लगानीमाथि चासो व्यक्त गर्दै आएका छन् । अमेरिकाले ब्याजदर वृद्धि गर्न सक्छ भन्ने हल्लाबीच उनीहरूले उच्च मूल्यमा सम्पत्ति खरिद गरिरहेको कुरा उल्लेख गर्दै उनीहरूले विदेशको रियलइस्टेटमा गरिने लगानीप्रति आफ्नो चासो व्यक्त गरेका हुन् ।
गत महिना अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी अध्यक्ष जानेट यलनले पछिल्ला महिनाहरूमा ब्याजदर वृद्धिको अवस्था प्रबल बन्दै गएको बताएकी थिइन् ।
श्रमबजार लगातार सबल बनेको र आर्थिक गतिविधि तथा मुद्रास्फीतिको अवस्था पनि राम्रो भएको बताउँदै उनले ब्याजदर वृद्धिका लागि अनुकूल अवस्था सिर्जना भएको बताएकी थिइन् । अझै पनि उनले सम्भावित ब्याजदर वृद्धिको कुनै विशिष्ट समय भने उल्लेख गरिन् ।
ब्याजदरमा वृद्धि भएको अवस्थामा रियलइस्टेट जस्तो वैकल्पिक सम्पत्तिको प्रतिफल न्यून हुन जाने विज्ञहरू बताउँछन् ।
हाना फाइनान्सियल इन्भेस्टमेन्ट कम्पनीका विश्लेषक किम हुन गिल अमेरिकी रियलइस्टेटमा गरिने लगानी जोखिमपूर्ण हुन सक्ने बताउँछन् । उनले अमेरिकी तथ्यांकलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।
मार्चदेखि जुनसम्मको अवधिमा व्यापारिक रियलइस्टेटको आकार ओरालो लागेको छ । उनले अमेरिकी व्यापारिक रियलइस्टेटबाट आउने प्रतिफल विश्वव्यापी वित्तीय संकटको अवधिमा रहेको ६.२८ प्रतिशतबाट ६.३१ प्रतिशतमा झरेको बताएका छन् ।
योनहाप न्यूज एजेन्सीबाट अनूदित
• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण
• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित
• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत
• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने
• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स
• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान
• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट
• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन
• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा
• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून
• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा
• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा
• कोरियामा युवा बेरोजगार दर बढ्यो
• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन
• कोरियन मुद्रा वनको भाउ घट्यो
• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने
• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन
• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि
• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |