अध्यक्ष: मल्लिका श्रेष्ठ थकाली
वुमन फर वुमन, दक्षिण कोरिया
राप्तीको तुल्सिपुर दाङमा बुबा स्व. ओम बहादुर श्रेष्ठ र आमा स्व.बाल कुमारी श्रेष्ठको कोखबाट बि.सं.२०२४ मा उहाँको जन्म भएको हो । मुस्ताङ मार्फा निवाशी स्व।वसन्त कुमार हिराचन संग बि.सं. २०३८ मा बिबाह बन्धनमा बाधिंनुभएकी थकालीको दुई छोरा र दुई छोरी छन् ।
सात बर्ष अघि कोरिया आउनुभएकी थकाली नेपालमा रहंदा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।कोरिया आगमनसंगै आदिबासी जनजाती महा संघ कोरिया शाखाको सदस्य भएर सुरुवात भएको सामजिक जीवन हाल वुमन फर वुमन अध्यक्ष, आदिबासी जनजाती महासंघ कोरिया शाखा उपाध्यक्ष ,थकाली सेवा समाज उपाध्यक्ष र गैर आवाशिय नेपाली संघ (NRNA), नेपाली सम्पर्क समिती(NCC), नेवा पुच:, राप्ती सम्पर्क समिती आदि आधा दर्जन भन्दा बढी संघ संस्थामा सल्लाहकारको रुपमा रहदै आउनुभएको छ ।
प्रवाशमा महिलाहरुको हक अधिकार र समस्या समाधानसंग प्रत्यक्ष सरोकार र सहयोग गर्ने मात्र नभई नेपाली समुदायको संघ संस्थासंग हातेमालो र सहकार्य गर्न हरपल तत्पर रहेकी छिन् ।
कोरियामा सबैको साझा दिदी भनेर परिचित महिलाहरुको साझा संस्था वुमन फर वुमेन कि अध्यक्ष थकालीसंग तिज बिशेष अन्तरङग 'ऐश्वर्य श्रेष्ठ'ले गर्नुभएको अन्तरवार्ता ।
१.तिज र यसको महत्व बारेमा तपाईंको धारणा ?
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज नेपाली महिलाहरूको महत्वपूर्ण चाड हो । यो चाड नेपालका प्रायस् सबै समुदाय, जातजातिले हर्ष एवं उमङ्गका साथ मनाउँदै आएका छन् । तीजको पर्खाइमा विशेषगरी विवाहित महिला हुन्छन् भने यो अवसरमा बालबालिकादेखि वृद्ध तथा पुरुषहरूसमेत खुसी हुन्छन् ।
२. तिजमा व्रत किन बस्ने गरिन्छ ?
महिला दिदीबहिनीहरुले–आफ्नो श्रीमानको सु स्वास्थ्य र दीर्घायुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् ।यो रितिरिवाज परम्परादेखि चल्दै आएको एक धार्मिक आस्था र बिश्वाश पनि हो ।
३.तिजको महत्वपुर्ण पक्ष र बिशेषता के होला ?
यो हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व हो ।यस पर्व बिशेष गरेर नारी९महिला० हरुको एक बिशेष चाड भएकोले यस पर्वले नारिहरुलार्इ एकजुट भएर आफ्नो बर्ष भरिको पिर ब्यथा भुलेर साथीसंगीहरुसंग रमाउने अवसर मिल्छ।दर खान टाढा टाढाबाट माईत जाने गरिन्छ ।
४. नेपालमा हुँदा तिज कसरी मनाउनु हुन्थ्यो ?
तिजमा हामी बिबाहित महिलाहरु प्राय आफ्नो माइत जाने दर खाने र व्रत बसेर मन्दिरमा सबैजना जम्मा भएर सबैले आ आफ्नो बेदना र पिडा गित मार्फत ब्यक्त गरी नाचगान गरि हर्सोलाषपुर्वक मनाउने गर्दथियौं ।
५.तपाईं बिदेशी भुमिमा हुनुहुन्छरु यहाँ चाहिँ कसरी मनाउनु हुन्छ अथवा मनाउने तयारिमा हुनुहुन्छ ?
बिदेशमा रहे पनि हामिले आफ्नो परम्परा र संस्कृति जोगाउन हाम्रो महिलाहरुको साझा संस्था वुमन? फर वुमेनले प्रत्येक बर्ष कोरियामा रहनु हुने महिला दिदिबहिनिहरु र कोरियाको सम्पुर्ण नेपाली समुदायको संघ संस्थाको उपस्थितिमा नेपाली परिकार खाने , नाचगान गर्ने र औपचारिक कार्यक्रम गर्दै मनाउदै आइरहेका छौ ।पहिले होटल रेष्टुरेण्टमा गर्दै आएको थियौं यो पटक भने नेपाल हाउसमा सेप्टेम्बर ४ मा हामी तीज मनाउने तयारीमा जुटेका छौं ।
६.आजकाल संस्कृतिको नाममा बिकृती पनि बढ्दै गइरहेको छ ।यसको बारेमा केही बताइदिनु हुन्छ कि?
अवश्य पनि हाम्रो देशमा अहिले पश्चिमा संस्कृतिको बढ्दो प्रभाब छ १आफ्नो चल्दै आइरहेको मौलिक संस्कार र संस्कृतिलाई हाउभाउ मोर्डन तरिकाले मनाउने, तिजको गित र भिडियोहरु पनि उच्शृन्खल निकाल्ने, तिज आउनु महिना दिन अघि देखि मनाउन थाल्ने , पर्वको नाममा घर परिवारमा समस्या सृजना गर्ने , देखासेखी जस्ता केही समस्या देख्न र सुन्नमा आइरहेको छ । यस्ता नकारात्मक पक्षलाई निरुत्साहित बनाउन सकेमा मात्र मौलिक परम्पराको जगेर्ना गर्न सकिन्छ।
७.यस चाडले समाजमा दिन सक्ने सकारात्मक संदेश के होला ?
मेरो बिचारमा सबै भन्दा बिशेष सकारात्मक सन्देश नारीहरुको एकताको रुपमा लिन्छु।हामी जहाँ रहेपनी अथवा जुन्सुकै ठाँउका भएपनी नेपाली महिला दिदिबहिनिहरु एकजुट भएर एकआपसमा दुस्ख सुख साटदैं आत्मियता बढाउने गर्छौं ।एक अर्का प्रतिको रिस राग त्यागेर रमाइलो नाचगान गरेर मिलनको सुरुवात गर्नुका साथैं सबैले एक अर्का प्रती सम्मान,सहकार्य, बिश्वास र सद्भाव देखाउनु आदि सकारात्मक पक्ष हो । यसले समाजमा राम्रो संदेश दिन्छ झै लाग्छ।
८.तपाईको संस्थाले कस्तो सामाजिक भुमिका निर्वाह गर्दै आईरहेको छ ?
हाम्रो संस्था एउता सामाजिक संस्था र सामाजिक उतरदायित्व बोकेको हुनाले पक्कै पनि कोरियामा नेपाली समुदायको हरेक सामाजिक गतिविधि र कृयाकलापहरुमा प्रत्यक्ष अप्रत्यक्ष सरोकार राखिरहेका नै हुन्छौं ।वुमन फर वुमेन महिला हित, अधिकार र आपत्कालिन घडीमा सहयोग साथ र राह्त प्रदान गर्नु नै प्रमुख उदेश्य रहेको छ।महिलाहरुको समस्या हल गर्न, सामाजिक सहकार्य, महिला शशक्तिकरण कार्यक्रम र महिला एकताको निम्ति कोरियामा रहनु हुने महिलाहरुको साझा चौतारिको रुपमा पनि यो स्थापित छ।
९.हाल संस्थाले संचालन गरिरहेको गतिविधि र भाबी योजना बारेमा पनि केही प्रष्ट पारिदिनु हुन्छ कि ?
संस्थाले महिलाहरुको काम छोडेर अथवा बिबिध कारणबस कम्पनी छोडेर बाहिर बस्नु पर्दा धेरै समस्या आएकोले गर्दा सौलस्थित दोङ्देमुनमा बिगत केही बर्ष देखि समस्यामा परेको नेपाली दिदिबहिनिहरुलाइ खान बस्न मिल्ने एउता सेल्तर संचालन गर्दै आइरहेका छौ।
प्रत्येक महिनाको अन्तिम आइतबर कोरियन संस्थाको सहकार्यमा निशुल्क मेडिकल क्याम्प पनि संचालन गर्दै आइरहेका छौ । अन्य आपत बिपतमा समस्यामा परेकोलाई उद्दार सहयोग र हरेक सामाजिक क्षेत्रमा सबैसँग सम्मान सहकार्य गर्दै अझ आउदा दिनमा सेल्तरलाई दिर्घकालिन ब्यबस्थित बनाउने र रचनात्मक कार्ययोजना तर्फ निरन्तरता दिने सोच छ।भाषा पनि पढाउने गरेका छौं ।
१०.अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा देश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाइ दिदिबहिनिहरुमा आउदै गरेको हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।आजसम्म संस्थालाई स्थापना गरेर यो अबस्था सम्म पुर्याउन अमुल्य सहयोग र देन पुर्याउने अग्रज सहकर्मी र शुभचिन्तक सबैमा आभार प्रकट गर्दछु।आउँदा दिनमा पनि यहाँहरुको सल्लाह सुझाब लिएर काम गर्दै जाने प्रण गर्दछु।कतिपय दिदिबहिनीहरुलाई वुमन फर वुमन छ भन्ने थाहा छैंन् तसर्थ सेप्टेम्बर ४ तारिख नेपाल हाउसमा महिला दिदिबहिनीहरुलाई उपस्थित भइदिन निम्तो पनि गर्दछु।
यो पटक धेरै ठाँउमा तिज कार्यक्रम मनाउन गइरहेको हुँदा सबै कार्यक्रमहरुको सफलताको निम्ति पनि शुभकामना ब्यक्त गर्दछु ।
• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ
• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली
• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई
• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी
• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल
• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त
• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने
• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी
• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले
• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला
• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका
• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ
• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर
• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह
• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने
• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई
• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |