LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने


नेपाली सांगितिक  क्षेत्रकी  उदयीमान लोक गायिका सम्झना लामिछाने मगर हालैका दिनहरुमा निकै चर्चित बन्न पुगेकी छिन। सुमधुर स्वरकी  धनी लामिछानेका घरमा पराल  वारीमा बन्सो ,फूल फुलेर पहेँलै भयो, बनैमा फूल बसायो  जस्ता गीतहरु अत्याधिक रुचाइएका गीतहरु हुन । सालैजो भाकाबाट एल्बम निकाल्न सुरु गरेकी गायिकाले हरितालिका तीजका चार र लोक दोहोरीका चार वटा गरी आठ वटा एल्बम बजारमा  ल्याइसकेकी छिन् भने अन्य दर्जनौ  गीतहरुमा आफ्नो  स्वर दिएकी छिन। सुरिलो स्वर मात्र होइन उनको अभिनयको कला पनि तारिफ योग्य नै  छ जुन मगर चलचित्र ूम्यार्मिन ूमा  देख्न सकिन्छ । त्यस्तै परदेशी चलचित्रमा  उनको कमेडी  भुमिका रहेको छ। गला र कलामा आफ्नो राम्रो छवि  बनाउदै गरेकी गायिकाले इमेज अवार्ड २०७२ लगाएत थुप्रै सम्मान प्राप्त गरिसकेकी  छिन ।
भर्खरै एक साँस्कृतिक कार्यक्रमको लागि दक्षिण कोरिया आएको समयमा हेल्लोनेपालकोरिया डट कमका लागि पत्रकार झबिन्द्र बेल्वासेले लामिछानेसँग गर्नुभएको कुराकानी।

सम्झना जि नमस्कार कस्तो भयो  त कोरियाको अनुभव?

   कोरियामा दोस्रो पल्ट मलाई स्टेज कार्यक्रममा बोलाउनु भयो एकदम खुसी लाग्यो र चिसो मौसममा    हजारौ दर्शक आगाडी उभिएर  गाँउदा माहोल तात्यो  जे होस लोक दोहोरीको क्रेज अझै बढेर गएको अनुभूति भयो ।

कोरियामा दोस्रो पल्ट भन्नु भो  अनि कति देश पुग्नु भयो नि?

सबै गरेर चौध देश पुगिसके  र   मलेसिया ,दुबही  मा  धेरै पल्ट भैसक्यो  जे होस बिदेशमा लोक दोहोरी लाई धेरैले मन पराउनु हुन्छ ।

यो क्षेत्रमा लाग्न कसरी प्रेरित हुनुभयो?

मेरो सानै देखि रुचि भन्नुपर्छ   बास्तबमा मेरो दिदी र मम्मीले मलाई प्रेरित गर्नुभयो । स्कुल पढ्दा देखिनै   मैले  धेरै कार्यक्रममा भाग लिन्थे  ।धेरै कार्यक्रममा  पहिलो दोस्रो हुँदै पुरस्कृत हुँदा अझै उत्साह बढ्यो ।  रेडियोमा गीत बज्दा गाउन मन लाग्ने टेलिभिजनमा हेरेर नाच्न रहर लाग्ने यस्तै भन्नुपर्छ ।

आफ्नो पारिबारिक  पृष्ठभुमि बताईदिनु हुन्छ कि?

  जन्मघर अर्घाखाँचीको जुकेना गा.बि.स हो । मेरो  बुबा त्यही स्कुलमा शिक्षण गर्नुहुन्छ।सामान्य नै भन्नुपर्छ । बास्तबमा गाँउको माहोलमा हुर्किएकि  हुँ ।

सांगीतिक यात्राको थालनी कसरी गर्नु भो नि?

मलाई सुरु सुरुमा मेरो पेशा नै यहि  हो जस्तो त लागेको थिएन। २०६२ साल तिर काठमाडौ पढ्न  आएपछि आर आर क्याम्पसमा पढदै गर्दा  मैले दोहोरी साँझमा गीत गाउँन थाले   गाउने क्रममा मैले दोहोरी   सबाल जवाफ गर्न सिके । बिस्तारै मलाई आत्म बिश्वास  बढदै गयो  र मलाई लाग्यो कि यो क्षेत्रमा मैले प्रगती गर्न  सक्छु भनेर ।बिस्तरै म एल्बम र  स्टुडियोमा काम गर्न  सुरु गरे र एकाएक ब्यस्त भएकाले दोहोरी साँझमा समय दिन सकिन  एक त राति राती समय दिनु पर्ने गार्हो र  अर्को तिर
म स्टेज कार्यक्रममा पनि ब्यस्त  भएँ ।यसरी नै म निरन्तर आफ्नो पेशामा लागिरहेकी छु ।

गीत गाएर जीवन यापन गर्न  कत्तिको  सजिलो छ ?

मैले मेरो जीवन यापन गर्न अरु पेशा गरेको छैन। आजसम्म पुगेकै छ्।आफुलाई मन पर्ने पेशा भएकाले गार्हो भएपनि सजिलो लाग्छ ।

भनिन्छ नि बिबहिता नारी  लाई  विभिन्न ठाँउमा कार्यक्रम गर्न जान कतिको सहज हुन्छ?

म बिबाह गर्नु अघिनै मेरो पेशा गायिका हो भनेपछि मेरो पेशालाई मन पराउनेले नै मलाई मन पराएको हुँदा  घर परिवार बाट एकदमै सहयोग  छ। मेरो मान्छे बाट मैले सहयोग पाएकी छु ।

  सुरुमा रहर लागेर एल्बम निकाल्न शहर पस्ने अनि  असफल बनेका  उदाहरण छन नि तपाईं के भन्नु  हुन्छ?

हुनत रहर लाग्नु नराम्रो होइन पहिलो कुरा मलाई यो पेशा ठिक  छ छैन आफै बिचार गर्नुपर्छ । आत्तिने र मात्तिने पटक्कै गर्नु हुँदैन । प्रयास जारी गर्नु पर्छ एक दिन सफल पक्कै  भइन्छ । अर्को कुरा अरु  क्षेत्र पनि त छन आखिर सफल हुन अन्य क्षेत्र रोज्न पनि त सकिन्छ।

 अन्त्यमा के भन्न चाहानुहुन्छ तपाँइका श्रोता र दर्शक लाई?

मेरा सम्पूर्ण श्रोता र दर्शकहरु प्रति  आभारी छु। जसरी यहाँ सम्म आउनको लागि सबैको साथ र मायाँ  पाएकी छु आगामी दिन हरुमा पनि सबैको साथ  रहिरहोस ।हाम्रो  लोक संगीत लाई मायाँ  गरिरहनुहोस ।


प्रकाशित मिति : २०७२ फाल्गुन ०४ (February 16, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal